नेपालसँगै बिदेशमा ‘प्रसाद’लाई उच्च शो



हाम्रो इकोनोमि

 

प्रतिक्षित मानिएको चलचित्र ‘प्रसाद’को माग बिदेशमा उच्च देखिएको छ ।

युरोप वितरणको अधिकार लिएका सुरज कार्कीका अनुसार युरोपका ११ देशमा चलचित्र प्रसादको प्रदर्शन कन्फर्म भइसकेको छ ।

उनका अनुसार ११ देशमा २० शो बुक भइसकेको र अन्य देशबाट पनि चलचित्रको माग बढीरहेको छ ।

डेनमार्क, पोल्याण्ड, माल्टा, जर्मनी, फिनल्याण्ड, अष्ट्रीया, पोर्चुगल, बेल्जियम, नर्वेलगायतका देशमा प्रदर्शन कन्र्फम भएको प्रसादको पहिलो युरोप शो डिसेम्बर १४ मा फिनल्याण्डमा हुनेछ ।

एक दर्जन बढी चलचित्रको युरोप वितरकका रुपमा काम गरेका कार्कीका अनुसार ‘छक्का पञ्जा ३’ पछिको हाई डिमाण्डेड मुभी प्रसाद हो ।

यसअघि छक्का पञ्जा ३ ले युरोपमा अहिले सम्मकै उच्च ३० शो पाएको थियो ।

युरोपका अन्य देशबाट प्रसादको माग बढीरहेको भन्दै उनले छक्का पञ्जा ३ कै हाराहारीमा प्रसादको शो हुने बताएका छन् ।

यता अष्ट्रेलियामा सेम डे चलचित्र प्रदर्शनको तयारी भएको छ ।

अष्ट्रेलिया प्रदर्शनको अधिकार लिएको गोर्खे इन्टरटेनमेण्टका नविन मानन्धरका अनुसार ७, ८, ९ र १० डिसेम्बरमा चलचित्र प्रसाद अष्ट्रेलियामा प्रदर्शन हुनेछ ।

अष्ट्रेलियामा पनि चलचित्रको माग उच्च भएकोले सेम डे प्रदर्शनको तयारी थालेको बताइएको छ ।

अष्ट्रेलियाका विभिन्न शहरहरुमा चलचित्र प्रदर्शन हुनेछ ।
यता युके, जापान नर्वे र हङकङलगायतका देशमा पनि चलचित्र प्रसादको माग उच्च देखिएको सम्वन्धित देशका वितरकहरुले जनाएका छन् ।

उनीहरुका अनुसार सम्वन्धित देशमा चाँडै नै चलचित्रको प्रदर्शन मिति तय हुनेछ ।
मंसिर २१ गतेबाट प्रदर्शन हुने चलचित्रमा विपिन कार्की, निश्चल बस्नेत, नम्रता श्रेष्ठ, बसुन्धरा भुषाललगायतका कलाकारको अभिनय रहेको छ ।

सुभाष थापा प्रोडक्सनको व्यानरमा सुभाष थापाले निर्माण गरेको चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन ।

चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, लोकेश बज्राचार्यको सम्पादन, हिमाल केसीको द्वन्द्व र सुशिल पौडेलको लेखन रहेको छ ।

विकास सुबेदी चलचित्रका एसोसियट निर्देशक हुन ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...