मिस वर्ल्ड–२०१८: श्रृंखला खतिवडाको भोटिङमा एक नम्बर कायमै, जित्ने पक्का



हाम्रो इकोनोमि

मिस नेपाल(२०१८’ श्रृंखला खतिवडा ‘मिस वर्ल्ड–२०१८’को भोटिङमा एक नम्बरमा कायम छिन् । भोटिङका लागि दिएको समय सकिनै लाग्दा श्रृंखला प्रतिस्पर्धीभन्दा निकै अगाडि छिन् । ‘मिस वर्ल्ड(२०१८’को फाइनल यही मंसिर २२ गते चीनको सान्यामा हुनेछ । प्रतियोगिका विभिन्न चरणमध्ये अहिले भोटिङ भइरहेको छ ।

 

भोटिङमा अहिलेसम्म श्रृंखला ३७।०४ प्रतिशत भोट ल्याएर सबैभन्दा अगाडि छिन् । मंगोलियाकी सुन्दरीले १०।७६, भारतीकी सुन्दरीले ६।९४, काजकिस्तानकी सुन्दरीले ६।०१ प्रतिशत मत प्राप्त गरेका छन् ।

 

श्रंखलाले अन्तिम समयसम्म पनि आफ्नो अग्रता कायम राखिन् भने उनले मल्टिमिडया अवार्ड भने पाउने छिन् । त्यसपछि उनी आफैँले प्रतिस्पर्धीलाई पछि पार्नुपर्नेछ । सामाजिक सञ्जाल ‘मोभस्टार’मा गएर श्रृंखलाको तस्बिर तथा भिडियोमा लाइक, सेयर तथा कमेन्ट गरेका आधारमा उनको भोट काउन्ट भइरहेको छ ।

 

यस्तै फेसबुकमा गएर लाइक, कमेन्ट र सेयर गरेको खण्डमा पनि भोट काउन्ट हुन्छ । भोटिङका लागि खुला गरिएको समय भोलि सकिँदैछ । विश्वका १२१ देशका सुन्दरीहरु प्रतियोगितामा सहभागी छन् । श्रृंखलाले सामाजिक सञ्जालबाट आफूलाई भोट गर्न आग्रह गरेकी छन् । जतिसक्दो धेरै आफ्ना तस्बिरमा लाइक, कमेन्ट र सेयर गर्न उनले आग्रह गरेकी छन् ।

 

उनले प्रतिस्पर्धी विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न र गीत गाउन आग्रह गर्दै भिडियो पोस्ट गरेकी थिइन् । उनले आफ्नो भिडियोमा आफूलाई भन्दा पनि नेपालको सुन्दरतालाई देखाएकी छन् । उनले बौद्ध स्तुपदेखि सगरमाथासम्मलाई भिडियोमा समावेश गरेकी छन् ।

 

नेपाल आइडलमा बचेका ६ प्रतिस्पर्धीमध्ये सुमित पाठक एक अब्बल प्रतिस्पर्धी हुन। हरेक गीतमा आफ्नो प्रस्तुति दिएर दर्शक तथा जजहरुको मन बस्न सफल भएका सुमितका प्रशंसक पनि थुप्रै रहेका छन् ।

 

आफ्नो गायकिले दर्शकहरुमाझ लोकप्रिय बनेका सुमितले अहिलेसम्म कयौंपटक सबभन्दा बढी भोट बटुल्दै नेपाल आइडलको अग्रस्थानमा रहेका छन्।आफनै प्रतिस्पर्धा चलिरहेको बेला सुमितले हाम्री नेपाली चेली बिश्व सुन्दरी प्रतियोगितामा भाग लिएकी शृंखला खतिवडाका बारेमा समर्थन जनाउँदै साथै भोट माग्दै यस्तो भन्छन्:

 

आफनै प्रतिस्पर्धा चलिरहेको बेला सुमितले हाम्री नेपाली चेली बिश्व सुन्दरी प्रतियोगितामा भाग लिएकी शृंखला खतिवडाका बारेमा समर्थन जनाउँदै साथै भोट माग्दै यस्तो भन्छन्:“सगरमाथाको देश , बुद्ध जन्मिएको देश , गोर्खालिहरुको बिरगाथा बोकेको देश , सिता माता जन्मिएको भुमी अनि एस्तै एस्तै अरु धेरै यथार्थले चिनिएको हाम्रो देश अब थप यो पल्ट फरक तरिकाले चिनिन खोज्दैछ ।

 

आदर्णिय दिदी श्रीन्खला खतिवडा “MISS WORLD 2018″ को एक दाबेदार प्रतिस्पर्धी हुनुहुन्छ अनि वहाँलाई जिताउनु हामी सबैको दायित्व पनि रहन्छ । तसर्थ आउनुहोस वहाँकोलागी सक्दो भोट गरी देशको नाम यो बिधामा पनि सुनौलो अछ्यरले लेखाउन मद्दत गरौ । म मरे पनि मलाई मेरो देशको माया छ ❤”

 

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...