भारतीय हास्य कलाकार कपिल शर्मा विवाह बन्धनमा बाधिने



 

भारतीय हास्य कलाकार कपिल शर्मा विवाह बन्धनमा बाधिने भएका छन्।

शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो विवाहको निम्तो दिएका हुन्। उनको ट्विटअनुसार विवाह डिसेम्बर १२ मा हुने भएको हो।

उनले गिन्नी चतरथसँग विवाह गर्न लागेका हुन्।

कपिलका अनुसार यी दुईको पहिलो भेट सन् २००५ मा भएको थियो।

गिन्नीको कलेजमा विद्यार्थीको अडिसन दिन जाँदा भेट भएको  थियो।

त्यही बेलादेखि उनले गिन्नीलाई मन पराएको बताएका छन्।

कपिलका अनुसार उनका बाबुले गिन्नीसँग विवाह गर्न अस्वीकार गरेका थिए। पछि उनी  राजी भएका थिए।

सन् २००७ मा लाप्टर च्यालेन्ज ३ को उपाधि जितेर कपिल बलिउडमा प्रवेश गरेका थिए।

सन् २०१३ बाट कमेडी नाइट विथ कपिल शो नामक टेलिभिजन कार्यक्रम सञ्चालन गरेका उनले सन् २०१५ मा अब्बास मस्तानको निर्देशनमा ‘किस किसको प्यार करु’ नामक फिल्ममा काम गरेका थिए।

यद्यपि, उनको फिल्मले राम्रो व्यापार भने गर्न सकेन।

प्रतिक्रिया दिनुहोस
नेप्सेमा सर्वाधिक वृद्धि, १११ बिन्दुले बढेपछि आजलाई बजार बन्द

    नेप्से परिसूचक आज उच्च अंकले बढेको छ । आज नेप्से एकै

बैंक मिटरब्याजीजस्तो हुनु हुँदैन : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्माले बैंकहरू मिटरब्याजीजस्तो हुन नुहने बताएका छन्

शेयर धितो र घरजग्गा कर्जामा नयाँ नीति

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत केही लचक नीतिहरू ल्याएको छ

अध्यक्ष ओलीद्वारा पुष्पलालको शालिकमा माल्यार्पण

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी संस्थापक नेता पुष्पलाल श्रेष्ठको