भारतीय हास्य कलाकार कपिल शर्मा विवाह बन्धनमा बाधिने



हाम्रो इकोनोमि

 

भारतीय हास्य कलाकार कपिल शर्मा विवाह बन्धनमा बाधिने भएका छन्।

शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो विवाहको निम्तो दिएका हुन्। उनको ट्विटअनुसार विवाह डिसेम्बर १२ मा हुने भएको हो।

उनले गिन्नी चतरथसँग विवाह गर्न लागेका हुन्।

कपिलका अनुसार यी दुईको पहिलो भेट सन् २००५ मा भएको थियो।

गिन्नीको कलेजमा विद्यार्थीको अडिसन दिन जाँदा भेट भएको  थियो।

त्यही बेलादेखि उनले गिन्नीलाई मन पराएको बताएका छन्।

कपिलका अनुसार उनका बाबुले गिन्नीसँग विवाह गर्न अस्वीकार गरेका थिए। पछि उनी  राजी भएका थिए।

सन् २००७ मा लाप्टर च्यालेन्ज ३ को उपाधि जितेर कपिल बलिउडमा प्रवेश गरेका थिए।

सन् २०१३ बाट कमेडी नाइट विथ कपिल शो नामक टेलिभिजन कार्यक्रम सञ्चालन गरेका उनले सन् २०१५ मा अब्बास मस्तानको निर्देशनमा ‘किस किसको प्यार करु’ नामक फिल्ममा काम गरेका थिए।

यद्यपि, उनको फिल्मले राम्रो व्यापार भने गर्न सकेन।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...