हिमालय रोडिज सिजन टुको उपाधी भैरवाका आयुसलाई



हाम्रो इकोनोमि

 

हिमालय रोडिज सिजन टु ‘वाइल्ड वाइल्ड वेस्ट’ को बिजेताको उपाधी आयुस श्रेष्ठले जितेका छन ।

काठ्माण्डौ उपत्यकाको  हात्तिवन सामुदायिक जंगलमा फाइनल प्रतिश्पर्धा गराइएको थियो जसमा आयुस श्रेष्ठ, पिरबीर घले र तेजश बस्नेत फाइनलिस्टको रुपमा प्रतिस्पर्धा गरेका थिए ।

हिमालय टेलिभिजन मार्फत प्रशारण भएको  यो एड्भेन्चर रीयालिटी शोमा श्रेष्ठले बुट्वल अडिसनबाट प्रतिश्पर्धामा सहभगिता जनाएका हुन ।

अडिसनमा सहभागी हजारौँ प्रतिश्पर्धीहरु मध्यबाट  जर्नि राउन्डमा छानिएका  उत्कृष्ट १३ प्रतिश्पर्धिलाई  पछि पार्दै उनि बिजयी भएका हुन ।

बिजेताको उपाधी सँगै आयुसले दश लाख नब्बे हजार रुपैँया  नगद र यामाहा एफ.जेड. २५० सिसीको बाइक पुरस्कार स्वरुप प्राप्त गरेका छन ।

बिजेताले कुल २० लाख रुपैँया प्राप्त गर्न सक्ने थिए तर जर्नि राउन्डमा खेलाइएका खेलहरु मार्फत प्रतिश्पर्र्धीहरुले कुल रु। दश लाख नब्बे हजार जित्न सके ।

सबैलाई पछि पार्दै आयुसले उक्त रकम आप्mनो हात पार्न सफल भए ।
हिमालय रोडिजमा प्रतिश्पर्धिहरुको शारिरीक मानसिक र बौद्दिक क्षमता मात्र नभएर उनिहरुको सामाजिक ब्यावहरको पनि मुल्यांकन हुन्छ ।

भाग्यले पनि महत्वपुर्ण भुमिका निर्वाह गर्ने यस रीयालीटी शोमा  प्रतिश्पर्धिबिचको आपसि बिवाद र खिचातानीले अझ रोमान्चकता थप्छ ।

भारत लगाएत दक्षिण एसियामा नै निकै प्रख्यात रहेको यो एड्भेन्चर रीयालटी शो एम टिभी रोडिज, भायकम अठारको फ्रेन्चाइज हो ।

यामाहा एफ. जी. मोटरसासइकल मुख्य प्रयोजक रहेको हिमालय रोडिजमा प्रतिस्पर्धीको खोजको क्रमका नेपालका पाँच ओटा शहरहरुमा अडिसन गरीएको थियो ।

अडिसनमा मेन्टरहरुको मन जित्न सफल प्रतिस्पर्धीलाई पर्सनल इन्टरभ्यु राउन्डमा प्रवेश गराइएको थियो ।

पर्सनल इन्टरभ्युर राउन्डबाट उत्कृष्ट १३ जनालाई प्रतिस्पर्धाको लागी नेपालको सुदुर पश्चिम लगिएको थियो र सुदुर पश्चिमका विभिन्न राष्टिय निकुन्ज तथा अन्य आकर्षक ठाउँमा प्रतिस्पर्धा गराइएको थियो ।

गत वर्षको सिजन जस्तै यसपाली पनि निर्णायक टिममा रेमन दाश श्रेष्ठ, दिया मास्के र आशिष राना (लाउरे) थिए भने गत सिजनका विजेता समन श्रेष्ठ र अनिमेश शाही प्रश्तोताका रुपमा उपस्थित थिए ।

लोकप्रियता संग सँगै अनेकन विवाद खेपिरहने यो रियालीटी शोको निेर्देशन अमन प्रताप अधिकारीले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...