तराई टुक्र्याउने यस्तो रहेछ सिके राउतको खर्तनाक योजना



 

राज्यविरुद्ध अपराध गरेको आरोपमा रौतहट कारागारमा रहेका सिके राउतलाई थुनामै पठाउने या रिहा गर्ने भन्ने निक्र्याेलमा पुग्नुअघि यस प्रकरणको पेनड्राइभ झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । के छ त्यसमा ? कौतुहलताको विषय बन्ने नै भयो ।

 

पाठकवृन्द, उक्त पेनड्राइभमा रहेका महत्वपूर्ण दस्ताबेज जनआस्थाले फेला पारेको छ । नौ वटा फोल्डर रहेको पेनड्राइभमा ४ वटा भिडियो छन् भने ५ वटा तस्बिर समावेश छ । जहाँ मधेस स्वराज संक्षिप्त रोडम्याप शीर्षकमा तीन वटा भिडियो छन् ।

 

पहिलो ५ मिनेट ३३ सेकेण्ड, दोस्रो भाग ३८ मिनेट १२ सेकेण्ड लामो र तेस्रो भाग १ घण्टा ३० मिनेट ४२ सेकेण्डको छ । उनले अलग्गै मधेश राज्यको छुट्टै झण्डा र २ मिनेट १५ सेकेण्ड लामो राष्ट्रिय गानसमेत तयार पारेको प्रमाण त्यसैमा छ ।

 

उनको भिडियो अभिव्यक्ति मधेसी जनतालाई केन्द्रीय सरकारमाथि जाइलाग्न भड्काउने प्रकारको छ । भिडियोको सुरुमै राउतले सुनेका कुरा खुला दिमागले सोच्न आग्रह गरेका छन् । आफ्ना अभिव्यक्तिलाई अमृतवचन भन्दै उनले त्यो सुन्नेले दिमागमा जमेको पुरानो विचार (जसलाई डब्बामा बिग्रिएको अचारको ) संज्ञा दिइएको छ । जसलाई फालेर अमृत राख्नका लागि ढक्कन खोल्न आग्रह गरिएको छ ।

 

भनेका छन्, ‘हाम्रो हात नेपाली फिरंगीले बाँधिदिएको छ । तसर्थ आजादी ल्याउनका लागि सबैभन्दा पहिला हात खोल्नुपर्छ ।’ केन्द्रीय सरकारले मधेसका जनकपुर, विराटनगर, वीरगञ्जजस्ता नाकाबाट राजस्व उठाउने तर त्यो राजस्व हामीलाई नदिने ? राजस्व उठाउने हामी, प्रयोग गर्ने नेपालीले ?’

 

नेपालीले मधेसका मालपोेत, साधन स्रोत, जंगल सबै लिएर गइरहेको तर मधेसीले प्रयोग गर्न नपाएको भिडियोमा सुन्न पाइन्छ । उनले मधेश स्वतन्त्र बनाउन फिरंगी सेनालाई मधेसबाट फिर्ता गराउनुपर्नेसमेत बताएका छन् ।

 

भनेका छन्, ‘९५ प्रतिशत सेना मधेसबाहिरबाट आएका फिरंगी हुन् । जबसम्म तिनलाई फर्काएर मधेसीलाई नै सेना बनाउन सकिन्न तबसम्म जतिसुकै नयाँ संविधानको कुनै मतलव हुँदैन, आजको जनआस्था साप्ताहिकमा समाचार छ । मधेस स्वतन्त्र बन्न आफ्नै सेना चाहिने उनको अभिव्यक्ति सो भिडियोमा छ ।

 

सात वर्षको अवधिमा ६ प्रतिशतबाट ३६ प्रतिशत पहाडी मधेस झरेको र कब्जा जमाउँदै गएको हुँदा पहाडियालाई तराई झर्नबाट नरोके मधेसी आफ्नै भूमिमा शरणार्थी बनेर जिउन बाध्य हुनुपर्ने अभिव्यक्तिसमेत भिडियोमा सुन्न पाइन्छ ।

 

राउतले मधेस सरकार नभई स्वतन्त्र मधेस आन्दोलन पूरा नहुने बताएका छन् । त्यसका लागि १० लाख मधेसी जनता एकीकृत हुने, नेपालका संसद्मा जति पनि मधेसी सांसद चुनिएका छन् उनीहरूलाई राजीनामा गर्न लगाएर मधेस सरकारको आफ्नो छुट्टै निर्वाचन गर्न लगाउने र स्वतन्त्र मधेस सरकारको घोषणा गर्नेसम्मको उनको योजना समावेश छ पेनड्राइभमा ।

राजेन्द्र महतो र महन्थ ठाकुरको बोलचमल बन्द, राजपा फुटने पक्का

सिङ्गो मधेस क्षेत्रमा राजनीतिक प्रभाव जमाएर बसेको राष्ट्रिय जनता पार्टीभित्र नयाँ विषयमा विवादको विजारोपण भएको छ । अध्यक्षमण्डलको संयोजक परिवर्तन भएको महिना दिन नपुग्दै सिङ्गो पार्टीभित्र प्रदेश तह र केन्द्रमा विवाद चुलिएको हो ।

राजेन्द्र महतो र महन्थ ठाकुरको बोलचमल बन्द भएकोे छ । महन्थ ठाकुरले राजपा फुटाएर भएपनि आफु अध्यक्ष बन्ने बताएको स्रोतको दाबी छ ।

 

राजेन्द्र महतोलाई अध्यक्षमण्डलको संयोजक तोकेपछि अन्य सदस्यका असन्तुष्टि बाहिर आएका छन् । महन्थ ठाकुर पक्षधर मात्र नभई अन्य शीर्ष नेताहरूले पनि महतोको संयोजकत्वलाई स्वीकार नगरी आलोचना गर्न शुरु गरिसकेका छन् ।

 

विवाद किन बढ्यो ?

निवर्तमान महन्थ ठाकुर संविधान संशोधन वा संशोधनको सुनिश्चितता नभई सरकारमा जान हुँदैन भन्ने पक्षमा अडिग छन् । तर, महतोलगायतले सरकारमा जान गृहकार्य शुरु गरेका छन् । ठाकुरलाई हटाएको अध्यक्षमण्डलका बहुमत सदस्यले सरकारलाई समर्थन गरेपछि मन्त्रिमण्डलमा सहभागी हुनुपर्ने नयाँ विषयलाई पार्टीभित्र प्रवेश गराएका छन् ।

 

अब आउने महाधिवेशनमा कसको वर्चश्व रहने भन्ने विषयभन्दा सरकारमा सहभागी हुने वा नहुने भन्ने विषय राजपाभित्र पेचिलो बन्दै गएको छ ।

 

तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), सद्भावना पार्टी (सपा), राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा), तराई मधेस सद्भावना पार्टी (तमसपा), मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) र नेपाल सद्भावना पार्टी (नेसपा) मिलेर राजपा पार्टी बनेको थियो । त्यतिबेला, तमलोपाको ११, सपाको पाँच, रामसपा र तमसपाको तीन–तीन र फोरम गणतान्त्रिक र नेसपाको एक–एक सांसद थिए ।

 

समानुपातिकतर्फ तमलोपाले एक लाख ८१ हजार, सपाले एक लाख ३३ हजार, रामसपाले ७९ हजार, तमसपाले ६२ हजार, फोरम गणतान्त्रिकले ३३ हजार र नेसपाले २५ हजार भोट ल्याएका थिए ।

 

पार्टी एकीकरणपछि २५ हजार भोट भएको र १ लाख ८१ हजार भोट ल्याएका पार्टी अध्यक्षको समान हैसियत निर्धारण भयो । त्यही हैसियतलाई निरन्तरता दिन एक पक्षले महाधिवेशनसम्म सरकारमा जानुपर्ने विषयमा जोड दिँदै आएको छ ।

 

अध्यक्षमण्डलका संयोजक महतो, सदस्यहरू शदत्सिंह भण्डारी, महेन्द्र राय यादव र राजकिशोर यादवको टोलीले कि सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने होइन भने मन्त्रिमण्डलमा सहभागी हुनुपर्ने भन्दै अर्का सदस्य महन्थ ठाकुरलाई दबाब दिएको स्रोतले जनायो ।

 

उता अध्यक्षमण्डल संयोजकमा नयाँ नेतृत्व आएपछि महाधिवेशनपछिको पार्टी संरचना कस्तो बनाउने भन्ने विषय पनि विवादित बन्न पुगेको छ । ठाकुरबाहेकका सबै अध्यक्षमण्डलका सदस्य यही प्रणालीलाई महाधिवेशनपछि पनि निरन्तरता दिनुपर्ने अडानमा छन् । तर, ठाकुर भने अध्यक्ष एक व्यक्ति मात्र हुनुपर्ने पक्षमा देखिन्छन् ।

 

विवाद बढ्दै गएकोले महतो अध्यक्षमण्डलको संयोजक बनेपछि बैठक बस्न सकेको छैन । सोमबार बोलाइएको बैठक आन्तरिक विवादकै कारण बसेन । मंगलबार पनि बैठक कहिले बस्ने भन्ने विषयमै विवाद निम्तियो ।

 

राजपाले महाधिवेशन ७ वैशाखका लागि तोकेको छ । अध्यक्षमण्डलको संयोजक बन्न सबै सदस्यलाई नेतृत्वको अवसर दिन दुई–दुई महिनामा संयोजक परिवर्तन हुने भनिएको थियो ।

 

तर, आगामी ७ वैशाखसम्म शरत्सिंह भण्डारी र महेन्द्र राय यादवलाई त्यो अवसर मिल्छ वा मिल्दैन यसै भन्न सक्ने अवस्था देखिँदैन । ठाकुरलाई हटाएर महतोलाई संयोजक बनाउने बहुमतको निर्णय विधानअनुसार अवैध भएको भन्दै केही नेताले विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस र एमाले रवि लामिछानेसँग किन तर्सिएको : प्रचण्ड

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैभन्दा सहकारी ठगहरु अहिले सत्ताको

दुर्घटनामा फुटबल खेलाडी कपिलवस्तुको निशान न्यौपानेको निधन

  कपिलवस्तुको बाणगंगा ६ का न्यौपानेको सोमबार राती स्कुटर दुर्घटनामा मृत्यु भएको हो। 

रविमाथिको अनुसन्धानमा प्रचण्ड बोल्नु गलत : गृहमन्त्री लेखक

  गृहमन्त्री रमेश लेखकले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

रौतहटमा स्कारपियो दुर्घटनामा ८ जनाको मृत्यु

  रौतहटमा स्कारपियो गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । पाँच