चीनको केमिकल प्लान्टमा बिस्फोटः २२ को मृत्यु, ५० ट्रक जले



हाम्रो इकोनोमि

 

उत्तरी चीनको एक केमिकल कम्पनीमा बुधबार बिस्फोट हुँदा कम्तीमा २२ को मृत्यु भएको छ भने २२ घाइते भएका छन् ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

ग्लोबल टाइम्सका अनुसार  बिस्फोट राजधानी बेइजिङबाट दुई सय किलोमिटर टाढा झांगजियाकोउस्थित हिबेई शेंगुआ केमिकल कम्पनीमा भएको हो ।

घटनामा ५० वटा साना–ठूला ट्रक पनि जलेको बताइएको छ । बिस्फोटका कारणबारे अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

युक्रेन र रुसको विवाद 

युक्रेन र रुसको विवाद लामो समयदेखि चल्दै आएको विवाद हो। विभिन्न विषयहरुलाई लिएर यी दुई मुलुकहरुको बीचमा तनाव सिर्जना हुने गर्छ। यस्तो अवस्थामा रुस र युक्रेनको बीचमा अर्को विवाद निस्किएको छ।

 

रुसले क्राइमिया नजिकको सामुद्रिक क्षेत्रबाट युक्रेनका तीनवटा नौसेनिक जहाजहरु नियन्त्रणमा लिएसँगै अहिले नयाँ विवाद देखिएको हो। रुसको उक्त कदमले सैनिक तनाव बढ्ने त्रास बढाएको छ। यसै विषयमा राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठकका लागि सोमबार नै अनुरोध गरेको छ। यसले पनि यो विषयको संवेदनशीलतालाई देखाउँछ।

 

युक्रेनको एफएसबी सुरक्षा सेवाले युक्रेनी जहाजमाथि रुसले हतियारको प्रयोग गरेको जनाएको छ। यसले रुसले युक्रेनमाथि दबाब बढाउन त्रास सिर्जना गर्ने प्रयास गरेको स्पष्ट देख्न सकिन्छ। युक्रेनी जहाजहरुलाई हतियार देखाएर कब्जा गर्नुले रुस युक्रेनलाई आफ्नो अनुमति विना समुद्रमा पनि तिमीहरुको कुनै अधिकार छैन भन्ने किसिमको संकेत दिन चाहन्छ। यद्यपि रुसले भने आफ्नो जलक्षेत्रमा युक्रेनी पानीजहाजहरु अनधिकृत रुपमा प्रवेश गरेको भन्दै आफ्नो बचाउ गरेको छ।

 

आइतबार के भएको थियो ? 
दुईवटा युक्रेनी साना युद्धपोत र एउटा टगबोट कर्च स्ट्रेट हुँदै आइतबार अगाडि बढेपछि यो सङ्कट देखिएको थियो। कर्च स्ट्रेट एउटा साँघुरो प्रवेश क्षेत्र हो जहाँबाट युक्रेन र रुस दुवैले प्रयोग गरिआएको अजोभ सागरमा प्रवेश गर्न सकिन्छ। अजोभ सागर दुवै देशको साझा हो।

 

युक्रेनले एउटा रुसी सीमा सुरक्षा जहाजले टगबोटमा एकाएक आक्रमण गरेको र त्यसपछि तीनवटै जहाज नियन्त्रणमा लिएको जनाएको छ। कर्च स्ट्रेटको साँगुरो जलमार्गमा रुसले ट्याँकर तेस्र्याएर बाटो अवरुद्ध गरेको थियो।

 

यो क्षेत्रमा रुसी सैनिक विमानहरुले आकाशबाट गस्ती गरिरहेको युक्रेनले बताएको छ। उसले रुसी आक्रमण भूलवश नभएको बताउँदै यो घटना नियतवश भएको, र युक्रेनलाई स्थायित्व खल्बल्याउने उद्देश्यबाट प्रेरित रहेको बताएको छ।

 

युक्रेनले रुसी आक्रमणबाट छ जना सैनिक घाइते भएको, र तीमध्ये दुईजना गम्भीर रहेको बताएको छ। तर रुसको एफएसबीले तीनजना मात्र सामान्य घाइते भएको जनाएको छ। उनीहरुको उपचार गरिएको छ।

 

के चाहन्छ रुस ? 
रुस सधैं युक्रेन आफ्नो अधीनमा रहोस् भन्ने चाहन्छ। साथै युक्रेनको जलक्षेत्रमा पनि आफ्नो प्रभुत्व विस्तार गर्दै युक्रेनलाई आफ्नो कब्जामा पार्न चाहन्छ। यद्यपि युक्रेनले भने यो कदमको सधैं विरोध गर्दै आएको छ। जसको कारण रुस युक्रेनलाई तर्साउन विभिन्न हतकण्डाहरुको प्रयोग गर्दै आएको छ। साथै रुसको नीति युक्रेनमा लगातार एकपछि अर्को आक्रमण गर्ने दिशामा अघि बढिरहेको पाइन्छ।

 

रुसले क्राइमिया प्रायःद्वीपलाई सन् २०१४ मा रुसमा विलय गरेको थियो। त्यसयता युक्रेनले आफ्नो भूमिलाई फिर्ताको लागि पहल गरिरहेको छ तर यस विषयमा उसको सुनुवाई हुन सकेको छैन।

 

अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया 
सन् २०१४ मा युक्रेनको क्राइमियामाथि कब्जा जमाएसँगै यो कदमको विरुद्धमा अन्तर्राष्ट्रिय समुदायले विरोध गर्दै रुसमाथि आर्थिक प्रतिबन्ध लगाउने निर्णय गरे। अझै पनि रुसमाथि युरोपियन युनियन (ईयू) र अमेरिकाको प्रतिबन्ध जारी छ। यद्यपि रुस भने यसको कुनै परवाह नगरी अघि बढिरहेको छ।

 

सुरुसुरुमा अमेरिका र ईयूले पनि युक्रेनको भूमि खोसिएको विषयमा संवेदनशील बन्दै उसप्रति सहानुभूति देखाए पनि बिस्तारै उनीहरुको भूमिका भने कमजोर हुन पुग्यो। रुसबाट सो भूमि फिर्ता गराउने सम्बन्धमा उनीहरुले कुनै दोस्रो चरणको कार्यक्रम ल्याएनन् यसबाट रुसको मनोबल बढ्न पुग्यो। यसपछि रुसले युक्रेनको भूमि फिर्ता दिएन।

 

फेरि पनि युक्रेनको आँखा युक्रेनमै गडेको देखिन्छ। क्राइमिया खासेर पनि नअघाएको रुस अझै पनि युक्रेनमा आफ्नो दबदबा बढाउने दिशामा उद्यत देखिन्छ। रुसको कदमको विरोध गरेको सजायका लागि पनि युक्रेनमाथि थप दबाब बढाउने पक्षमा रुस रहेको देखिन्छ। एउटा शक्ति राष्ट्र भएकै दम्भ युक्रेनमाथि बढाउने पक्षमा देखिन्छ।

प्रतिक्रिया दिनुहोस
८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...

सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...