मिस वर्ल्ड–२०१८’ भोटिङमा श्रृंखलाको अग्रता कायमै



 

‘मिस नेपाल–२०१८’ श्रृंखला खतिवडा ‘मिस वर्ल्ड–२०१८’को भोटिङमा एक नम्बरमा कायम छिन् । भोटिङका लागि दिएको समय सकिनै लाग्दा श्रृंखला प्रतिस्पर्धीभन्दा निकै अगाडि छिन् ।

‘मिस वर्ल्ड–२०१८’को फाइनल यही मंसिर २२ गते चीनको सान्यामा हुनेछ । प्रतियोगिका विभिन्न चरणमध्ये अहिले भोटिङ भइरहेको छ । भोटिङमा अहिलेसम्म श्रृंखला ३७.०४ प्रतिशत भोट ल्याएर सबैभन्दा अगाडि छिन् ।

 

मंगोलियाकी सुन्दरीले १०.७६, भारतीकी सुन्दरीले ६.९४, काजकिस्तानकी सुन्दरीले ६.०१ प्रतिशत मत प्राप्त गरेका छन् । श्रंखलाले अन्तिम समयसम्म पनि आफ्नो अग्रता कायम राखिन् भने उनले मल्टिमिडया अवार्ड भने पाउने छिन् । त्यसपछि उनी आफैँले प्रतिस्पर्धीलाई पछि पार्नुपर्नेछ ।

 

सामाजिक सञ्जाल ‘मोभस्टार’मा गएर श्रृंखलाको तस्बिर तथा भिडियोमा लाइक, सेयर तथा कमेन्ट गरेका आधारमा उनको भोट काउन्ट भइरहेको छ । यस्तै फेसबुकमा गएर लाइक, कमेन्ट र सेयर गरेको खण्डमा पनि भोट काउन्ट हुन्छ । भोटिङका लागि खुला गरिएको समय भोलि (बुधबार) सकिँदैछ ।

 

विश्वका १२१ देशका सुन्दरीहरु प्रतियोगितामा सहभागी छन् । श्रृंखलाले सामाजिक सञ्जालबाट आफूलाई भोट गर्न आग्रह गरेकी छन् । जतिसक्दो धेरै आफ्ना तस्बिरमा लाइक, कमेन्ट र सेयर गर्न उनले आग्रह गरेकी छन् ।

 

उनले प्रतिस्पर्धी विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न र गीत गाउन आग्रह गर्दै भिडियो पोस्ट गरेकी थिइन् । उनले आफ्नो भिडियोमा आफूलाई भन्दा पनि नेपालको सुन्दरतालाई देखाएकी छन् । उनले बौद्ध स्तुपदेखि सगरमाथासम्मलाई भिडियोमा समावेश गरेकी छन् ।

जिन्दगी जिउनका लागि ७ आयुर्वेदिक तरिका, बुढ्यौलीसम्म राख्छ स्वस्थ्य

आयुर्वेद विज्ञानको पारम्पारिक तरिकाले दिनको सुरुवात गर्ने हो भने, दिनभर उमंगमय भाव जाग्नेछ । उर्जा र उत्साह जाग्नेछ । आयुर्वेद अनुरुप दिनचर्या पद्धती अपनाउने अभ्यास गरियो भने, त्यसबाट स्वास्थ्यमा पर्ने प्रभाव प्रत्यक्ष अनुभूत गर्न सकिनेछ ।

 

सूर्योदयसँग उठौं

आयुर्वेदले भन्छ, ‘दिनको सुरुवात सूर्योदयअघि गर्नुहोस् । नभए पनि सूर्योदयसँगै ओछ्यान छाड्नुपर्छ । यसरी उठ्दा पुरा दिन सही ढंगले म्यानेज गर्न सकिनेछ । बिहानको ताजा हावाले शरीरमा स्फूर्ति दिलाउँछ ।

 

बिहानको नित्यकर्म

बिहान उठ्नसाथ सबैभन्दा पहिला नित्यकर्म सक्नुपर्छ । यसले पाचन प्रणाली सञ्चालन हुन्छ र रातभर जम्मा भएको विषाक्त तत्व शरीरबाट बाहिर निस्कन्छ ।

 

पेट सफा गरेपछि नाकलाई ठिक डंगले सफा गर्नुपर्छ, ताकि शरीरमा राम्ररी अक्सिजन आपूर्ति होस् । साथसाथै नाडी पनि सफा होस् । नाक नाडीका बाटो हो । अब जिब्रोलाई सफा गरौं । यसमा पनि धेरै ब्याक्टेरिया रहेको हुन्छ ।

 

हरेक विहान योग

ब्रेकफास्ट गर्नुअघि खाली पेट व्यायाम वा योग गरौं । यसले शरीरलाई नयाँ उर्जा दिनका साथै रक्त संचार पनि राम्ररी हुन्छ । यदी खुला हावामा उभिएर ५ देखि १० मिनेटसम्म लामो लामो सास लिने हो भने श्वास सम्बन्धी समस्या हट्छ ।

 

फोक्सोलाई पूर्ण रुपमा खुला राख्न र शुद्ध वायु ग्रहण गर्नका लागि शुद्ध वायु लिनु र भरपुर मात्रामा अक्सिजन ग्रहण गर्नका लागि गहिरो सास लिनुपर्छ । सास लिइरहँदा त्यही प्रक्रियामा ध्यान केन्दि्रत गर्नु अझ उत्तम हो ।

 

कागती पानी पिउनुहोस्

व्यायामपछि दिनको सुरुवात कागती पानी वा अदुवा चियाबाट गर्नुपर्छ । यसले शरीरलाई भित्रैबाट सफाई गर्छ । साथसाथै भिटामिन सि पनि प्राप्त हुन्छ । अझ कागती पानीमा मह मिसाउने भने थप राम्रो हुन्छ ।

 

यद्यपी ध्यान राख्नुपर्ने कुरा के भने, मनतातो पानी भए त्यसले पाचन प्रणाली सही ढंगले सञ्चालन हुन्छ । कागतीमा रहेको एन्टिअक्सिडेन्टले छालाको कोशिकालाई सुरक्षित राख्छ । साथसाथै छालालाई अल्ट्राभाइलेट किरणबाट जोगाउँछ ।

 

स्वस्थ्य ब्रेकफास्ट

आयुर्वेद अनुसार बिहानको नास्ता अनिवार्य मानिन्छ । बिहान शरीरको मेटाबोलिज्म स्तर उच्च हुन्छ, त्यसैले जब स्वास्थ्यवर्द्धक खानेकुरा खाइन्छ, त्यो दिनभरको लागि उर्जामा रुपान्तरण हुन्छ । यसले गर्दा दिनभर उर्जावान् अनुभूत गर्न सकिनेछ । शरीर सञ्चालनका लागि त्यसको खास रेखदेख पनि आवश्यक हुन्छ । यदी बिहान नास्ता गरिएन भने एकाग्रतामा कमी आउँछ ।

 

अभयंग मजास

अभयंग मसाज एक प्रकारको आयुर्वेदिक मसाज हो । अभयंग मसाजले शारीरिक वा मानसिक स्वास्थ्यमा लाभ मिल्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । रक्तसंचार ठिक हुन्छ । जाडोमा न्यानो दिलाउँछ । शरीरका विषाक्त पदार्थ बाहिर निकाल्छ । अनिन्द्रको समस्या हटाउँछ । पुरा दिन उर्जावान बनाइराख्छ ।

 

स्वय्मका लागि समय

बिहानको समय नितान्त आफ्नो लागि निकाल्नुपर्छ, ताकि मस्तिष्कमा राम्रो बिचारको आगमन होस् । यसका लागि आँखा बन्द गरेर सकारात्मक भावलाई गहिराईसम्म सम्झने प्रयास गर्नुपर्छ । मनमनै आफ्नो क्षमता, खुबीको तारिफ गरौं ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका