लाब्दीखोलामा निर्माणाधीन पुल अलपत्र



हाम्रो इकोनोमि

 

बुद्धसिं मार्गअन्तर्गत पर्ने लाब्दीखोलामा निर्माणाधीन पुल विगत पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको छ ।

साविकको देउराली र छिम्केश्वरी गाविस जोड्ने करीब ४० मिटर लामो उक्त पुलको ठेक्का बिटी–जयबाबा जेभिजका प्रोपाइटर श्यामकुमार श्रेष्ठले काम गर्न छाडेपछि पुल निर्माण कार्य अलपत्र बनेको हो ।

करीब रु तीन करोड ७८ लाखमा सम्झौता गरी निर्माण कार्य थालिएको सो पुल निर्माणका लागि २०७० चैत १९ मा सम्झौता भएको थियो । विसं २०७२ मा निर्माण कार्य सम्पन्न गर्नुपर्ने प्रावधान सम्झौतामा रहेको भएपनि २०७५ मङ्सिर महीना बित्न लाग्दासमेत काम शुरु नभएको जिल्ला प्राविधिक कार्यालयका इञ्जिनीयर पोषराज पौडेलले बताउनुभयो ।

विसं ०७५ भदौमा जिल्ला प्राविधिक कार्यालयले सूचना प्रकाशित गरेपछि सात दिनभित्र ठेकेदार श्यामकुमार श्रेष्ठ सम्पर्कमा आई जिल्ला समन्वय समितिको समेत रोहबरमा कागज गरी तत्कालै काम अघि बढाउने सहमति भएकोमा त्यसपछि ठेकेदार सम्र्पकविहीन हँुदै आएको इञ्जिनीयर पौडेलले जानकारी दिनुभयो ।

निर्माणाधीन पुलको हालसम्म दुवै साइडको पिल्लरको तीन वटा लिफ्टको काम मात्रै भएको एलआरविपीका टेक्निकल अफिसर सन्तोष गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...