सु कीसँगै क्याम्बोडियाका प्रधानमन्त्री नेपाल आउँदै



 

युक्रेन र रुसको विवाद लामो समयदेखि चल्दै आएको विवाद हो। विभिन्न विषयहरुलाई लिएर यी दुई मुलुकहरुको बीचमा तनाव सिर्जना हुने गर्छ। यस्तो अवस्थामा रुस र युक्रेनको बीचमा अर्को विवाद निस्किएको छ।

 

रुसले क्राइमिया नजिकको सामुद्रिक क्षेत्रबाट युक्रेनका तीनवटा नौसेनिक जहाजहरु नियन्त्रणमा लिएसँगै अहिले नयाँ विवाद देखिएको हो। रुसको उक्त कदमले सैनिक तनाव बढ्ने त्रास बढाएको छ। यसै विषयमा राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठकका लागि सोमबार नै अनुरोध गरेको छ। यसले पनि यो विषयको संवेदनशीलतालाई देखाउँछ।

 

युक्रेनको एफएसबी सुरक्षा सेवाले युक्रेनी जहाजमाथि रुसले हतियारको प्रयोग गरेको जनाएको छ। यसले रुसले युक्रेनमाथि दबाब बढाउन त्रास सिर्जना गर्ने प्रयास गरेको स्पष्ट देख्न सकिन्छ। युक्रेनी जहाजहरुलाई हतियार देखाएर कब्जा गर्नुले रुस युक्रेनलाई आफ्नो अनुमति विना समुद्रमा पनि तिमीहरुको कुनै अधिकार छैन भन्ने किसिमको संकेत दिन चाहन्छ। यद्यपि रुसले भने आफ्नो जलक्षेत्रमा युक्रेनी पानीजहाजहरु अनधिकृत रुपमा प्रवेश गरेको भन्दै आफ्नो बचाउ गरेको छ।

 

आइतबार के भएको थियो ? 
दुईवटा युक्रेनी साना युद्धपोत र एउटा टगबोट कर्च स्ट्रेट हुँदै आइतबार अगाडि बढेपछि यो सङ्कट देखिएको थियो। कर्च स्ट्रेट एउटा साँघुरो प्रवेश क्षेत्र हो जहाँबाट युक्रेन र रुस दुवैले प्रयोग गरिआएको अजोभ सागरमा प्रवेश गर्न सकिन्छ। अजोभ सागर दुवै देशको साझा हो।

 

युक्रेनले एउटा रुसी सीमा सुरक्षा जहाजले टगबोटमा एकाएक आक्रमण गरेको र त्यसपछि तीनवटै जहाज नियन्त्रणमा लिएको जनाएको छ। कर्च स्ट्रेटको साँगुरो जलमार्गमा रुसले ट्याँकर तेस्र्याएर बाटो अवरुद्ध गरेको थियो।

 

यो क्षेत्रमा रुसी सैनिक विमानहरुले आकाशबाट गस्ती गरिरहेको युक्रेनले बताएको छ। उसले रुसी आक्रमण भूलवश नभएको बताउँदै यो घटना नियतवश भएको, र युक्रेनलाई स्थायित्व खल्बल्याउने उद्देश्यबाट प्रेरित रहेको बताएको छ।

 

युक्रेनले रुसी आक्रमणबाट छ जना सैनिक घाइते भएको, र तीमध्ये दुईजना गम्भीर रहेको बताएको छ। तर रुसको एफएसबीले तीनजना मात्र सामान्य घाइते भएको जनाएको छ। उनीहरुको उपचार गरिएको छ।

 

के चाहन्छ रुस ? 
रुस सधैं युक्रेन आफ्नो अधीनमा रहोस् भन्ने चाहन्छ। साथै युक्रेनको जलक्षेत्रमा पनि आफ्नो प्रभुत्व विस्तार गर्दै युक्रेनलाई आफ्नो कब्जामा पार्न चाहन्छ। यद्यपि युक्रेनले भने यो कदमको सधैं विरोध गर्दै आएको छ। जसको कारण रुस युक्रेनलाई तर्साउन विभिन्न हतकण्डाहरुको प्रयोग गर्दै आएको छ। साथै रुसको नीति युक्रेनमा लगातार एकपछि अर्को आक्रमण गर्ने दिशामा अघि बढिरहेको पाइन्छ।

 

रुसले क्राइमिया प्रायःद्वीपलाई सन् २०१४ मा रुसमा विलय गरेको थियो। त्यसयता युक्रेनले आफ्नो भूमिलाई फिर्ताको लागि पहल गरिरहेको छ तर यस विषयमा उसको सुनुवाई हुन सकेको छैन।

 

अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया 
सन् २०१४ मा युक्रेनको क्राइमियामाथि कब्जा जमाएसँगै यो कदमको विरुद्धमा अन्तर्राष्ट्रिय समुदायले विरोध गर्दै रुसमाथि आर्थिक प्रतिबन्ध लगाउने निर्णय गरे। अझै पनि रुसमाथि युरोपियन युनियन (ईयू) र अमेरिकाको प्रतिबन्ध जारी छ। यद्यपि रुस भने यसको कुनै परवाह नगरी अघि बढिरहेको छ।

 

सुरुसुरुमा अमेरिका र ईयूले पनि युक्रेनको भूमि खोसिएको विषयमा संवेदनशील बन्दै उसप्रति सहानुभूति देखाए पनि बिस्तारै उनीहरुको भूमिका भने कमजोर हुन पुग्यो। रुसबाट सो भूमि फिर्ता गराउने सम्बन्धमा उनीहरुले कुनै दोस्रो चरणको कार्यक्रम ल्याएनन् यसबाट रुसको मनोबल बढ्न पुग्यो। यसपछि रुसले युक्रेनको भूमि फिर्ता दिएन।

 

फेरि पनि युक्रेनको आँखा युक्रेनमै गडेको देखिन्छ। क्राइमिया खासेर पनि नअघाएको रुस अझै पनि युक्रेनमा आफ्नो दबदबा बढाउने दिशामा उद्यत देखिन्छ। रुसको कदमको विरोध गरेको सजायका लागि पनि युक्रेनमाथि थप दबाब बढाउने पक्षमा रुस रहेको देखिन्छ। एउटा शक्ति राष्ट्र भएकै दम्भ युक्रेनमाथि बढाउने पक्षमा देखिन्छ।

 

 

सु कीसँगै क्याम्बोडियाका प्रधानमन्त्री नेपाल आउँदै

म्यानम्यारकी स्टेट काउन्सिलर आङ सान सु की नेपाल आउने भएकी छिन् । काठमाडौँमा आगामी नोभेम्बर ३० देखि डिसेम्बर २ सम्म आयोजना हुने एसिया प्यासिफिक समिटमा भाग लिन सुकी नेपाल आउन लागेकी हुन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा सु की नेपाल आउने छिन् ।स्टेट काउन्सिलरको रुपमा सु कीको यो पहिलो नेपाल भ्रमण हुनेछ । उनी यसअघि सन् २०१४ को जुनमा विपक्षी दलको नेताको रुपमा काठमाडौँ आएकी थिइन् ।

 

यसअघि म्यानमारका राष्ट्र उ विन मिन्ट गत अगस्तमा विमस्टेक सम्मेलनमा भाग लिन नेपाल आएका थिए ।यता, क्याम्बोडियाका प्रधानमन्त्री सामदेक टेको हुन सेन पनि उक्त सम्मेलनमा भाग लिन नेपाल आउँदैछन् ।

 

२९ र ३० नोभेम्बरसम्म हुने उनको नेपाल भ्रमणका दौरान उनले प्रधानमन्त्री ओलीसँगै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ब्यूँतियो समाजवादी मोर्चा, आलोकनगरमा बैठक जारी

    समाजवादी मोर्चाको बैठक सुरू भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय

विहेको उमेरहद १८ वर्ष कायम गर्न संसदीय समितिको सुझाव

     प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहको

कांग्रेसका मन्त्रीहरू देउवा निवास बूढानीलकण्ठमा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका

विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी