नेपालमा ‘सैनिक कू’ को खतरा छ : भट्टराई



 

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले ‘सैनिक कू’को खतरा रहेको संकेत गरेका छन् । पत्रकार जगत नेपालद्वारा लिखित ‘बीपीको विद्रोह’ पुस्तक विमोचन समारोहमा पूर्वप्रधानमन्त्री भट्टराईले नेपालीमा राणा, प्रजातन्त्र, पञ्चायत र २०४६ सालपछि पटकपटक सेनाको बलमा प्रजातान्त्रिक व्यवस्था विरोधी साशनसत्ता चलेको पनि स्मरण गरे ।

 

बीपीको नेतृत्वमा सञ्चालित पञ्चायत विरोधी सशस्त्र आन्दोलन प्रजातन्त्र र सेनालाई लोकतान्त्रिक शक्तिकै मातहत राख्नका लागि भएको पनि उनले बताए । सेना पूर्ण रुपमा लोकतन्त्रिक सरकार मातहत रहनुपर्ने त्यसो नभए परिस्थिति जटिल बन्दै जनआन्दोलन र जनयुद्धबाट प्राप्त उपलब्धि गुम्नसक्ने उनको भनाइ थियो ।

 

चित्रबहादुर केसीले भने नेपालमा राजतन्त्र पूर्नस्थापना हुन्छ

राष्ट्रिय जनमोर्चाले अझैपनि मुलुकमा राजतन्त्र पूर्नस्थापना हुने खतरा रहेको औंल्याएको छ । यसप्रति सबै सचेत हुनुपर्ने उसको अपिल छ ।

 

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पार्टीले आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै यस्तो खतरा औंल्याएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले भारतमा हिन्दुवादीहरुको सरकार भएकोले नेपालमा पनि पूर्वराजा र राजावादीहरु हिन्दू धर्मको नामबाट जनतामा भ्रम फैलाउन अभ्यस्त रहेको गम्भिर आरोप लगाए ।

 

उनले भने,‘अहिले पूर्वराजा र राजवादीहरु नेपालमा धर्मको नाममा राजनीति गरिरहेका छन् । र, भारतको अनुकुलतामा नेपालमा संघीयता आएकोले यो व्यवस्था कमजोर हुन्छ । त्यही कमजोरीमाथि टेकेर राजतन्त्र व्यँतिने खतरापनि उत्तिकै छ । संघीयता खारेजी नगरिकन नेपालमा गणतन्त्र सुदृढ हुने अवस्था देखिँदैन् ।’ कार्यक्रममा पार्टीको अवधारणापत्र अध्यक्ष केसीले वाचन गरेका थिए ।

 

कार्यक्रममा नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले सही वस्तुगत अवस्था नभई जनवादी गणतन्त्र आउने अवस्था नभएको हुँदा तत्काल् यही गणतान्त्रिक व्यवस्थालाई नै सुदृढ गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

 

त्यस्तै कार्यक्रममा मोहन बैद्य नेतृत्वको नेकपा क्रान्त्रिकारी माओवादीको पोलिटव्यूरो सदस्य दिनेश शर्माले प्रतिगामी खतराको विरुद्ध आफूहरु क्रान्तिकारी एकजुट भएर जानुपर्ने बताए । उनले भने,‘त्यसको लागि संयुक्त कार्यक्रम बनाएर जानुपर्छ ।’

 

“नेपाली सेना लोकतान्त्रिक शक्ति (सरकार) मातहत हुनुपर्छ । अहिले पनि पूर्ण रुपमा लोकतान्त्रिक सरकार मातहत सेना होस् भन्ने हाम्रो धाणा हो,” तत्कालिन नेकपा माओवादीका वरिष्ठ नेतासमेत रहेका भट्टराईले भने, “कुनै दुर्घटना (कू) भयो भने सेनाकै कारण हुने छ, त्यसको खता अहिले पनि छ ।”

 

यसका लागि संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको पक्षमा रहेका सबै शक्ति एकजुट हुनुपर्ने उनले बताए ।

 

“राणाबाट खोसेर सेनालाई दरबारमा लगेर बुझाएकोप्रति २००७ सालका रक्षामन्त्री बबरशमशेरले बीपीसँगको कुराकानीमै तपार्इंहरुले सेना दरबारमा बुझाएर गल्ती गर्नुभयो भनेर असन्तुष्टि जनाएका थिए,” भट्टराईले भने, “हामीले अहिले पनि सेनालाई लोकतान्त्रिक शक्ति मातहत राख्न सकेनौं भने ठूलो जोखिमको सामना गर्नुपर्ने छ ।”

भट्टराईले राणा शासनदेखि नै नेपालको आन्तरिक राजनीतिमा भारतले भूमिका खेलेको र त्यो नेपालकै नेताका कारण भएको पनि बताए ।

ज्ञानेन्द्रको डान्समा कोमल र पारस ताली, किन गइनन् हिमानी ?

पूर्व राजपरिवारका सदस्यहरुले दरबारमार्गको एक रेष्टुरेन्टमा पार्टी गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह सहितको टोली नारायणहिटी दरबारनजिकै रहेको त्रिसरा रेष्टुरेन्टमा पार्टी गरेर रमाएका हुन् ।

 

त्रिसरा रेष्टुरेन्टले पूर्व राजा ज्ञानेन्द्रको परिवार रमाइरहेको तस्बिर सार्वजनिक गरेको हो । आफ्नो फेसबुक पेजमा सार्वजनिक गरिएको तस्बिरमा ज्ञानेन्द्रको परिवार निकै दंग मुद्रामा देखिन्छ । ज्ञानेन्द्रले डान्समा श्रीमती कोमल र छोरा पारसले ताली बजाइरहेको दृश्य देख्न सकिन्छ ।

 

किन गइनन् हिमानी ?
तस्बिरमा बुहारी हिमानी भने देखिएका छैनन् । रेष्टुरेन्ट स्रोतका अनुसार पार्टीमा ज्ञानेन्द्रको परिवारको सबैभन्दा प्रिय सदस्य हिमान अनुपस्थीत थिइन् । ज्ञानेन्द्र आफ्ना छोरा पारससँग निकै दंग मुद्रामा गफ गरीरहेको दृश्य देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा