काभ्रेपलाञ्चोकमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



हाम्रो इकोनोमि

 

बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोको नमोबुद्ध नगरपालिका–२ बुच्चकोटमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार काठमाडौँबाट भकुण्डेतर्फ गइरहेको को २८ प १३१४ नं को मोटरसाइकल अर्को सवारी साधनसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार मोरङ जिल्ला सानोपोखरा–७ बस्ने वर्ष ३९ को पूर्णबहादुर मगर घाइते भएको र धुलिखेल सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु हो ।

प्रहरीका अनुसार सो मोटरसाइकललाई कुन सवारी साधनले ठक्कर दियो भन्ने कुरा खुल्न सकेको छैन ।

ठक्कर दिने सवारी साधनको खोजी कार्य भइरहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...