प्रकाश र बीनाबारे चर्चित पत्रिकाले छापेको थियो यस्तो समाचार, मन्त्रीले कसरी भुलिन अतित ?



 

नेकपाका अध्यक्ष प्रचण्ड छोरा प्रकाशको निधनले विक्षिप्त बनेकै बेला खानेपानीमन्त्री रहेकी बुहारी बीना मगरका कारण तनावमा परेका छन् ।

 

बुहारी सिर्जना त्रिपाठी र बीना मगर उपस्थित प्रकाशको प्रथम पूण्य तिथिमा खानेपानी मन्त्री समेत रहेकी बीनाले सिर्जनालाई अपमान गरेपछि विवाद सतहमा आएको हो ।

 

उसो त बीना पनि आफनो पहिलो पतिलाई छाडेर प्रकाशसँग भागेकी थिइन् । तत्कालीन माआेवादीका पूर्णकालिन कार्यकर्ता शंकर अधिकारीसंग विवाह बन्धनमा बाँधिएकी बीना सरस्वति क्याम्पसको सभापति भएकै खण्डमा प्रकाशसँग भागेर विवाह गरेकी हुन् । जतिबेला प्रकाश पत्नी सिर्जना त्रिपाठीले यसबारे खासै मुख खोलन चाहेकी थिइनन् ।

 

तर, बीनाले आफू समेत कसैलाई धोका दिएर प्रकाशसंग विवाह गर्न पुगेकी हुँ भन्ने भुलेर सिर्जनाको अपमान गर्दा सिर्जनाको फेसबुकवालमा भने उनको पक्षमा विभिन्न टिकाटिप्पणीहरु भएका छन् ।

 

अधिकांश उनका समर्थकले अब बोल्न पर्ने बेला आएको भन्दै सिर्जनालाई थप उर्जा समेत दिएका छन् । तर, सिर्जना भने प्रचण्डको मुख हेरेर चुप लाग्ने गरेको उनी निकट स्रोत जनाउँछ ।

 

(जनआस्था साप्ताहिकले २०६९ जेठ ३१ मा प्रकाशन गरेको समाचार जस्ताको तस्तै)

बीनासँग हिमाल चढ्दा बबाल

काठमाडौं । अन्तिममा राज्यकोषबाट प्राप्त अनुदान त्यागेर शान्तियात्राका लागि सगरमाथा उक्लेका प्रचण्डपुत्र प्रकाशसहितको टोली काठमाडौं फर्किसकेको छ । तर, ‘राम्रो’ का लागि सर्वोच्च शिखर आरोहणमा निस्किएका प्रकाशले मन थाम्न नसक्दा टोलीभित्रै खैलाबैला मच्चिएको छ ।

 

सगरमाथा आरोहणपूर्व अभ्यासका क्रममा रसुवाको एलापिक हिमाल जाँदैमा प्रचण्डपुत्र प्रकाश र सरस्वती क्याम्पसकी स्ववियु सभापति बीना मगरबीच सम्बन्ध झांगिएको थियो । यही सम्बन्ध सर्वोच्च शिखर आरोहण दलका सदस्यका लागि निकै टाउको दुखाइको विषय बन्न पुग्यो ।

 

पुगेको एक सातामै नाम्चे बजारको लजमै प्रकाश र बीना यति व्यस्त भए कि यी दुईले आरोहण दलका अन्य सहकर्मीलाई उति समय दिनै भ्याएनन् । आरोहण दलका एक सदस्यले बताएअनुसार आधारशिविर नपुग्दै दिङबोचेमा यिनीहरूले देखाएको चर्तिकला हेर्न नसकेर नदेखेझैँ गर्नुपरेको थियो ।

 

जब उनीहरू अन्य सहकर्मीसँगै चौथो शिविर पुगे, झनै अचाक्ली भयो । युद्धकालदेखि केही समयअघिसम्म मात्रै प्रचण्डको बडिगार्डका रूपमा खटिएका शरदले जब प्रकाश र बीनालाई चौथो शिविरको टेन्टभित्र आफैँले अप्ठ्यारो अवस्थामा भेट्टाए, त्यहीबेला उनले चेतावनी पनि दिए ।

 

तर, त्यो घनिष्टता कुनै चेतावनीका सामु झुक्ने कुरै थिएन । अति भएपछि शरद, कृष्ण केसी र जनमुक्ति सेनाका ब्रिगेड कमान्डर सरल सहयात्रीले प्रकाशलाई सम्झाए । तर, त्यो सम्झाइको पनि कुनै काम लागेन । दोस्रो शिविर उक्लिनुअघिको रात बीना बिरामीको निहँुमा बाटो देखाउन गएका सहयोगी (शेर्पा)सागै पालमा पसिन् ।

 

त्यो बसाइ भने कुनै अनुचित प्रकारको नभएर महिला र पुरुष हार्दिकतासाथ पुरुष–पुरुष वा महिला–महिला कम्युनमा बसेजस्तो बस्न सक्छन् भन्ने सन्देश दिनेखालको थियो । तर, चौथो शिविर उक्लिएपछि ती शेर्पा बीनाको साथबाट हटाइए । बीनासँगै गएकी ईशु भट्ट स्वास्थ्यले साथ नदिएका कारण तीन–चार रात बीनासँगै बिताएर फर्किइन् ।

 

अनि, खाली भएको बीनाको टेन्टमा प्रकाशलाई निम्त्याउन सुरु भयो । कहिले बीनाकहाँ, कहिले प्रकाशकहाँ यी दुईको आवत–जावत बढी नै हुन थालेपछि शरद, सरल र कृष्णले दुवैलाई राखेर ठाउँको ठाउँमै ‘वार्निङ’ दिए । तर, दुवैले ‘हैन–हैन, कहाँ त्यस्तो हुनु ?’ भन्दै कुरा टारे ।

 

यसबारे वास्तविकता बुझ्न आरोहण दलका सदस्य शिव डाँगीलाई जनआस्थाले फोन गर्दा उनले सुरुमा ‘एकछिनपछि भन्छु’ भने । तर, त्यसपछिका फोन उठाएनन् । बरु, प्रकाशलाई रिपोर्टिङ गरिभ्याएछन् र प्रकाशले फोन गरेर भने, ‘दाइ, शिव डाँगीलाई केही सोध्नुभएको थियो रे ? त्यस्तो केही पनि होइन दाइ ! नछापिदिनुस् है ।

प्रचण्ड निवासमा कान्छी बुहारी विनाले गरिन् जेठी बुहारी सृजनाको अपमान !

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एक मात्र पुत्र प्रकाश दाहालको सोमबार निधन भएको एक वर्ष पूरा भएको छ । ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा सोमबार स्मृति सभाको आयोजना गरिएको थियो । सो स्मृतिसभामा प्रकाशको निधन ताजा भएर आउँदा सबैको आँखा रसाएको थियो भने दाहाल परिवार अझै शोकमा डुबेको थियो ।

स्वर्गीय प्रकाशका बुवा प्रचण्ड आमा सीता, दिदी रेण, श्रीमतीद्वय सृजना र विनाको आँखाबाट आँशु बगिरहेको देखिन्थ्यो । तर, सबैमा शोकको पीडा त छँदै थियो, त्यसमाथि सृजनाले झनै बेसी पीडा सहनु परेको खुल्न आएको छ ।

 

प्रकाशको प्रथम पुण्य तिथीमा आयोजित सार्वजनिक कार्यक्रममा प्रचण्डकी बुहारी प्रकाश पत्नी खानेपानी मन्त्रीसमेत रहेकी प्रचण्डकी बुहारी बिना मगरले अर्की प्रचण्डकी बुहारी तथा प्रकाश पत्नी सिर्जनामाथि अपमानजनक व्यवहार भएको खुलेको छ । बिनाले सिर्जनालाई अपमान गरेको आरोप लागेको हो ।

 

प्रकाशको प्रथम स्मृतिमा प्रकाशन गरिएको स्मारिकामा पनि प्रकाश दाहालकी पत्नी भनेर बिना मगरको मात्रै नाम राखिएको, तर सृजनाको नाम उल्लेख नगरिएको बताइएको छ । संक्षिप्त परिचयमा सिर्जनाका छोरा प्रसिद्धको नाम राखिएको छ । तर पत्नीमा आफ्नो नाम नराखेर अस्तित्व स्वीकार नगरिएको तथा पूण्यतिथिमा अपमानजनक व्यवहार भएको भन्दै सिर्जनाले ‘सम्बन्धित ठाउँमा’ आपत्ति जनाएकी छन् ।

 

साथै सोमबार प्रचण्ड निवासमा भएको स्मृतिसभाको मञ्चमा बसेकी सृजनामाथि विनाले अपमान गरेको आरोप लागेको छ । आफू भन्दा पछाडी बसेकी सृजनालाई विनाले ‘तपाई किन आउनु भएको यहाँ ?’ भनेर प्रश्न गरेको चर्चा भएको छ । ‘मञ्चको दोस्रो लहरमा मोहन वैद्यसँगै प्रचण्डका छोरी रेणु, गंगा र बुहारी बिना बसेका थिए ।

 

त्यसबीचमा नेकपाका केही नेताहरुले कार्यक्रमस्थलको कुनामा बसेर हेरिरहेकी अर्की बुहारी सिर्जनालाई पनि मञ्चमा लगेका थिए । सिर्जना गएर मञ्चको तेस्रो लहरमा बस्नासाथ अघिल्लो लहरमा बसेकी बिना पछाडि फर्केर केही भनेको दृष्य भिडियोमा कैद छ ।

 

बिनाले पछाडि फर्केर सिर्जनालाई केही भनेलगत्तै रेणु गंगा र बिना मञ्चबाट केहीबेर बाहिरिए । उनीहरु उठेपछि सिर्जना पनि उठेर पत्रकार दीर्घाको कुर्सीमा गएर बसेकी थिइन्’ अनलाइनखबरले समाचार प्रकाशित गरेको छ । सृजना पट्टीको छोरा प्रचण्ड निवासमै बस्छन् भने सृजना छुट्टै बस्दै आएकी छन् । सोमबारको स्मृतिसभामा पनि उनलाई आमन्त्रण नगरिएको पनि बताइएको छ ।

 

यद्यपी यसबारे हालसम्म दाहाल परिवारबाट कुनै प्रतिक्रिया आएको छैन । सृजनाले यसबारे बोल्न नचाहेको बताइएको छ भने विनाले पनि कुनै प्रतिक्रिया दिएकी छैनन् ।

 

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

यहि मंसिर ३ गते सम्पन्न साकार दाहाल ‘प्रकाश’को प्रथम पूण्यतिथिमा तत्कालीन खानेपानीमन्त्री बीना मगर र प्रकाशकी दोश्रो पत्नी सिर्जना त्रिपाठीबीच भएको केहि असामान्य व्यबहारबारे चर्चा चुलिएको छ ।

 

प्रकाशकी पहिलो पत्नी तथा तत्कालीन माआेवादीका शालिन नेता स्व. पोष्टबहादुर बोगटीकी छोरी प्रभा बोगटीले कडा टिप्पणी गरेकी छन् ।

 

प्रकाशको पहिलो स्मृति सभामा मन्त्री बीनाले अर्की पत्नी सिर्जनालाई अपमान गरेको समचार बाहिरीएपछि पहिलो पत्नी प्रभा बोगटीले आफ्नो फेसबुकमा स्टाटस लेखेर ‘गल्तीमाथि गल्ती नगर’ भन्दै सचेत गराएकी छन् ।

 

कमजोरी आफ्नामा पनि हन्छ भन्ने कुरा बुझे मात्र सहि निष्कर्ष निकाल्न सकिन्छ भन्दै घुमाउरो अर्थमा प्रभाले बीना मगरलाई बाण हानेकी छन् । स्मृति सभामा प्रकाश पत्नी बीना र उनका दिदिहरु गंगा र भरतपुर महानगपालिकाकी मेयर रेणु सँगै बसेका थिए । तर, सिर्जना भने पछिल्लो साइडको कुनामा बसेकी थिइन् । यसै क्रममा मन्त्री बीनाले यहाँ किन आउनु भएको भनेर भनेपछि घटनाक्रम सतहमा आएको हो ।

 

प्रभा र प्रकाशबीच शारिरिक सम्बन्ध नभएको र भाैतिक रुपमा मात्र नाता जोडिएकाले हामी खुशी राजीका साथ छुट्टिन चाहन्छाैं भनेर पार्टीमा निवेदन हालेपछि पार्टीकै निर्णयमा उनीहरु छुटेका थिए । मिडियाकर्मी समेत रहेकी प्रभा शालिन तथा बाैद्धिक रहेको उनी निकटका मानिसहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य

बाढीपहिरोमा परी २३९ को मृत्यु , १८ जना अझै बेपत्ता

    अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु