राजाबाबु चौधरी हत्या प्रकरण : भाईसँगको बदला लिन दाजुको गोली हानी हत्या !



हाम्रो इकोनोमि

 

भाईसँगको झगडाको बदला लिन दाइको हत्या गर्दा स्थानीय नेता राजाबाबु चौधरीको हत्या भएको खुलेको छ ।

 

शुक्रबार राती गोली प्रहारबाट हत्या गरिएका स्थानीय नेता राजाबाबु चौधरीको हत्याको आरोप लागेका शुद्धोधन गाउँपालिका–४ मोतीभारीका अजित पाण्डे पक्राउ परेपछि यो रहस्य खुलेको हो ।

 

शुक्रबार बेलुका राजाबाबुका भाई जितेन्द्रको पाण्डेसँग बजारमा भनाभन भएपछि स्थानीयले झडप हुनबाट रोकेपछि रातको समयमा चौधरीका घर जान भनि हिँडेका पाण्डे समूहले बीचबाटोमै दाजु दीपेन्द्र (राजाबाबु)लाई भेटेपछि अन्धाधुन्ध गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

 

स्थानीय नेता चौधरीको हत्या विरोधमा पाण्डेयको मोतीभारीस्थित दुई तल्ले घर, गोठ, गोदाममा स्थानीयले शनिबार आगजनी समेत गरेका थिए ।

 

हत्याको विरोध गर्दै मृतक चौधरीका आफन्तजन, समर्थक र सर्वधारणले सो आगजनी गरेका हुन् । हत्याको आरोपी पाण्डेयको घरमा रहेको एक थान ट्याक्टर, एक थान हार्वेस्टर कम्बाइन, चार थान मोटरसाइकलमा आगजनी हुँदा उक्त धनमाल जलेर पूर्ण नष्ट भएको थियो ।

के तपाईले कफी पिउने गर्नुहुन्छ?? यदि पिउने गर्नुहुन्छ भने एकपटक अवस्य हेर्नुस

कफी पिउँदा के हुन्छ ?

एजेन्सी, १९ असोज । कफि स्वास्थका लागि निकै फाइदाजनक छ । यसमा पाइने कैफीनले शरीरमा ऊर्जाको सञ्चार गर्दछ ।

 

कफिको दैनिक सेवनले आलस्यता टाढा भाग्छ । दैनिक कफि सेवन गर्ने मानिसको स्वास्थमा कफिले धेरै नै सकरात्मक असर पार्छ । यसले शरीरको तौल, डायबेटिजलाई काम गर्ने, लिभरको सुरक्षा गर्ने, पाचन शक्तिमा सुधार गर्ने र केही प्रकारका क्यान्सरको प्रतिरक्षा गर्ने काममा पनि मद्दत पुर्‍याउँछ । साथै यसले मुटु रोगबाट पनि बचाउँछ । कफि स्वादमा जति मिठो हुन्छ यसको फाइदा पनि त्यति नै धेरै हुन्छ ।

 

बेलायतको द वर्ल्ड क्यान्सर रिसर्च फण्डले गरेको शोधमा कफिले सर्वाइकल लिवर क्यान्सरको खतरालाई कम गर्ने देखिएको छ । यद्यपि, यस शोधमा यी कुरालाई प्रमाणित गर्ने पर्याप्त प्रमाणहरु नभएको शोधमा संलग्न विज्ञहरु बताउँछन् ।

 

तर विज्ञहरुले दिनमा तीनपटकसम्म कफि सेवन गर्ने बानीले क्यान्सरको खतरालाई पचास प्रतिशत कम गर्ने बताएका छन् । कफिको सेवनले हेप्टोसेल्युलर कार्सिनोमा एचसीसीको खतरा पनि कम हुने बताइन्छ । यो एक आम प्रकारको लिवर क्यान्सर हो ।

 

कफिको सेवनले मुडलाई असल राखेर तनाव कम गर्छ । सियोल नेशनल युनिभर्सिटीद्वारा गरिएको एक शोधमा कफिमा पाइने तत्वले तनाव भगाउने बताइएको छ । यस शोधमा रातमा कफिको सेवनले राम्ररी निद्रा आउने पनि पाइएको छ ।

 

दमजस्तो श्वासको बिमारका लागि कफि लाभदायक हुने बताइएको छ । कफिमा पाइने कैफिन र थियोफायलिन नामका तत्वले दमबाट ग्रसित बिमारीहरुको स्वासको गतिलाई ठीक राख्छ । २०१२ मा प्रकाशित एक अनुसन्धान प्रतिवेदनको अनुसार नियमितरुपमा कफि सेवन गर्ने मानिसलाई पार्किंसन बिमारीको खतरा पनि कम हुन्छ ।

 

नेचर न्युरोसाइन्स नामक पत्रिकामा प्रकाशित एक रिपोर्टको अनुसार कफिको सेवनले मस्तिष्कको क्षमता पनि बढ्ने र स्मरणशक्ति बढाउनका लागि सहायक हुने उल्लेख छ ।

 

ब्लैक कफि स्वास्थका लागि सधै असल मानिन्छ । यसमा कैलोरीको मात्रा धेरै कम हुन्छ र यसमा कैल्शियम र पोटाशियम जस्ता पोषक तत्व पाइन्छ । मधुमेहका रोगीका लागि चिनी बिनाको ब्ल्याक कफि निकै फाइदाजनक हुन्छ ।

 

ग्रीन कफि कुनै फरक प्रकारको कफि हुँदैन । यो बन्नका लागि सामान्य कफिको बियाको प्रयोग गरिन्छ । कफिको बियालाई नभुटेपछि यो हरियो नै रहन्छ । यही बियाले ग्रीन कफि तयार हुन्छ ।

 

यस्ता बियामा विशेष किसिमका क्लोरोजेनिक एसिड हुन्छ जुन कफिको बियालाई भुट्दा नास भएर जान्छ । वैज्ञानिकले त्यो तत्व स्वास्थ्यका लागि निकै फाइदाजनक हुने बताइएको छ । तर दिनमा तीन कपभन्दा धेरै कफिको सेवनले स्वास्थमा नकरात्मक असर पार्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...