अब हिन्दू चुप बस्दैनन् , अयोध्यामा दुई लाख राम भक्तको धर्म सभा



 

भारतको अयोध्यामा आइतबार रामभक्तको धर्म सभा भइरहेको छ । विश्व हिन्दू परिषद विहिपको धर्मसभामा दुई लाख रामभक्त भेला हुने जनाइएको छ ।  साढे ४ घण्टासम्म चल्ने सभाबाटै विहिपले सरकारसंग राम मन्दिरका लागि अध्यादेश ल्याउन माग गर्नेछ ।

 

हजारौंको संख्यामा सन्तहरु पनि भेला भएका छन् । अयोध्यामा कुनै दुर्घटना नहोस् भन्नका लागि ७० हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ ।  उक्त सभामा भारतीय जनता पार्टी भाजपाका केही चिनिएका नेताहरु पनि सहभागी छन् ।

 

शिवसेना प्रमुखको हुंकार
यसैबीच शिवसेना प्रमुख उद्धव ठाकरेले पत्रकार सम्मेलन गर्दै आफ्नो अयोध्या यात्रा सफल भएको बताएका छन् । उनले हिन्दू तागतबर भएको र मार नखाने बताएका छन् । उनले चुनावका बेलामा सबैले राम राम भन्ने तर राम मन्दिर अझैसम्म नबनेकाले अब यसलाई लडाइँ लड्ने बताएका छन् ।

 

उनले कानुन बनाउ वा अध्यादेश ल्याउ तर राम मन्दिर छिट्टै बनाउ भन्दै सरकारसंग आग्रह पनि गरेका छन् । ठाकरेले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार मजबुद् भएकाले छिट्टै राममन्दिर बन्ने विश्वास पनि लिएका छन् ।

 

उनले ‘अब हिन्दू चुप बस्दैनन्’ भन्दै यसका लागि संघर्ष गर्न तयार रहेको पनि बताएका छन् । हिन्दूको भावनामाथि खेलवाड नगर्न समेत उनले चुनौती दिएका छन् । उनले आफू कि मन्दिर जाने कि जेल जाने भनेका छन् । उनले यो सरकार बनोस् वा नबनोस् मन्दिर जरुर बन्ने बताए ।

 

ज्ञानेन्द्रको डान्समा कोमल र पारस ताली, किन गइनन् हिमानी ?

पूर्व राजपरिवारका सदस्यहरुले दरबारमार्गको एक रेष्टुरेन्टमा पार्टी गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह सहितको टोली नारायणहिटी दरबारनजिकै रहेको त्रिसरा रेष्टुरेन्टमा पार्टी गरेर रमाएका हुन् ।

 

त्रिसरा रेष्टुरेन्टले पूर्व राजा ज्ञानेन्द्रको परिवार रमाइरहेको तस्बिर सार्वजनिक गरेको हो । आफ्नो फेसबुक पेजमा सार्वजनिक गरिएको तस्बिरमा ज्ञानेन्द्रको परिवार निकै दंग मुद्रामा देखिन्छ । ज्ञानेन्द्रले डान्समा श्रीमती कोमल र छोरा पारसले ताली बजाइरहेको दृश्य देख्न सकिन्छ ।

 

किन गइनन् हिमानी ?
तस्बिरमा बुहारी हिमानी भने देखिएका छैनन् । रेष्टुरेन्ट स्रोतका अनुसार पार्टीमा ज्ञानेन्द्रको परिवारको सबैभन्दा प्रिय सदस्य हिमान अनुपस्थीत थिइन् । ज्ञानेन्द्र आफ्ना छोरा पारससँग निकै दंग मुद्रामा गफ गरीरहेको दृश्य देखिन्छ ।

 

चित्रबहादुर केसीले भने नेपालमा राजतन्त्र पूर्नस्थापना हुन्छ

राष्ट्रिय जनमोर्चाले अझैपनि मुलुकमा राजतन्त्र पूर्नस्थापना हुने खतरा रहेको औंल्याएको छ । यसप्रति सबै सचेत हुनुपर्ने उसको अपिल छ ।

 

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पार्टीले आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै यस्तो खतरा औंल्याएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले भारतमा हिन्दुवादीहरुको सरकार भएकोले नेपालमा पनि पूर्वराजा र राजावादीहरु हिन्दू धर्मको नामबाट जनतामा भ्रम फैलाउन अभ्यस्त रहेको गम्भिर आरोप लगाए ।

 

उनले भने,‘अहिले पूर्वराजा र राजवादीहरु नेपालमा धर्मको नाममा राजनीति गरिरहेका छन् । र, भारतको अनुकुलतामा नेपालमा संघीयता आएकोले यो व्यवस्था कमजोर हुन्छ । त्यही कमजोरीमाथि टेकेर राजतन्त्र व्यँतिने खतरापनि उत्तिकै छ । संघीयता खारेजी नगरिकन नेपालमा गणतन्त्र सुदृढ हुने अवस्था देखिँदैन् ।’ कार्यक्रममा पार्टीको अवधारणापत्र अध्यक्ष केसीले वाचन गरेका थिए ।

 

कार्यक्रममा नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले सही वस्तुगत अवस्था नभई जनवादी गणतन्त्र आउने अवस्था नभएको हुँदा तत्काल् यही गणतान्त्रिक व्यवस्थालाई नै सुदृढ गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्