कांग्रेस केन्द्रीय समिति बैठक सुरुः विधान मस्यौदा पेस हुँदै



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय बीपीनगर सानेपामा सुरु भएको छ । आइतबार बिहान ८ः३० बजे बैठक बोलाइए पनि दुई घण्टा ढिला गरी बैठक सुरु भएको पार्टी कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा महामन्त्री तथा विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले विधानको मस्यौदा पेस गर्ने कार्यक्रम रहेको छ ।

लमो समयदेखि मस्यौदामा जुधिरहे पनि सहमति जुट्न नसकेपछि महामन्त्री खड्काले फरक मतसहितको विधानको मस्यौदा केन्द्रीय कार्यसमितिमा पेस गर्ने छन् ।

पदाधिकारी र संसदीय समितिको संख्याका साथसाथै चयन प्रक्रिया, अनुशासन समिति, पार्टीको सदस्यता लगायतका विषयमा मस्यौदा समितिमा सहमति जुट्न नसकेपछि केन्द्रीय समितिमै दफावार छलफल हुनेछ ।

महामन्त्री खड्काले विधानको मस्यौदा पेस गरेपछि पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अध्ययनका लागि दिइने छ । यससंगै फेरि केही दिन मस्यौदा पढ्नका लागि सदस्यहरुले समय पाउने छन् ।

त्यसपछिमात्र फेरि केन्द्रीय समितिको बैठक बस्ने र निरन्तर छलफल हुने जनाइएको छ ।

अब हरेक बैठक पार्टीको महासमिति बैठक केन्द्रीत हुनेछ । महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म बस्नेछ । यसअघि मंसिर ५ देखि गर्ने तय भएकामा तयारी नपुगेको भन्दै कार्तिक २० गते बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म गर्ने निर्णय गरेको थियो ।

महासमिति बैठक अगाडि नै विधानको टुंगो लगाउन काँग्रेस प्रयत्नरत छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...