पाल्पाले किसानलाई बिउ वितरण



हाम्रो इकोनोमि

 

 

रम्भा गाउँपालिका पाल्पाले किसानलाई अनुदानमा बीउवितरण गरेको छ ।

गाउँपालिकाभित्रका पाँचवटै वडाका किसानलाई मागका आधारमा उन्नत जातको आलु तथा गहुँको बीउ वितरण गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

गाउँपालिकाभरिका किसानलाई तरकारी खेतीमा आत्मनिर्भर गराउन ५० प्रतिशत अनुदानमा भृकुटी र गौतम जातको गहुँ तथा कार्डिनल जातको आलुको बीउ वितरण गरिएको हो । गाउँपालिकाभित्र २२० क्विन्टल आलु तथा दुई हजार ५६० किलोग्राम गहुँको बीउ वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

रम्भा गाउँपालिकाको वडा नं १ हुँगी, वडा नं ३ को पिपलडाँडा गहुँ उत्पादनका लागि राम्रो क्षेत्र मानिन्छ । वडा नं ५ ताहुँ, वडा नं १ हुँगी–३ को पिपलडाँडा, वडा नं ४ हुमिन आलु खेतीका लागि प्रशस्त सम्भावना रहेको क्षेत्र मानिन्छ ।

गाउँपालिकाको ५० प्रतिशत र किसानले ५० प्रतिशत लगानी गरी आलुमा रु पाँच लाख २९ हजार २०० तथा गहुँमा रु एक लाख ६६ हजार ४०० गरी रु छ लाख ९५ हजार ६०० को बीउ खरिद गरिएको किसान एवत सारुले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...