हामीलाई माधव नेपालले होइन ओली-प्रचण्डले उचाल्नुभएको हो – जगन्नाथ खतिवडा



हाम्रो इकोनोमि

 

पार्टी अध्यक्षद्वयलाई भेट्न नपाएपछि महासचिव विष्णु पौडेललाई ज्ञापनपत्रमार्फत असन्तुष्टिका चाङ बुझाएका नेकपाका २२ केन्द्रीय सदस्यहरू यतिबेला राजनीतिको केन्द्रबिन्दुमा छन् ।

 

पार्टी एकीकरण हुँदा हस्ताक्षर गर्न बाहेक केन्द्रीय समिति बैठक बस्न सकेको छैन । पार्टी एकता भएको ६ महिना वितिसक्दा केन्द्रीय समिति बैठक बस्न नसक्दा केन्द्रीय नेताले ‘बिजनेश’ पाउन सकेका छैनन् ।

 

विहीबार सचिवालय बैठक बस्नुअघि पूर्व एमालेका युवा नेताहरुले एकीकृत पार्टीको केन्द्रीय समिति बैठक नबसकेको र पार्टी निर्णयहरु व्यक्ति केन्द्रीत हुन थालेको भन्दै आपत्ति जनाउँदै ज्ञापनपत्र बुझाएका हुन् ।

 

केन्द्रीय समिति बैठक र असन्तुष्टिका विषयमा विहीबारदेखि बस्ने सचिवालय बैठकमा छलफल होस् भन्नका लागि बैठक अगाडि असन्तुष्टि व्यक्त गरिएको हो । विहीबार कुनै निर्णय विनै सकिएको सचिवालय बैठक शुक्रवार पनि बस्दैछ । आज बस्ने बैठकमा असन्तुष्ट २२ सदस्यहरुले बुझाएको ज्ञापनपत्र बारे छलफल हुने जनाइएको छ ।

 

असन्तुष्ट २२ केन्द्रीय सदस्यमध्येका एक जगन्नाथ खतिवडा प्रश्न गर्छन्, ‘४४१ केन्द्रीय सदस्यको एक अर्कासँग राम्रोसँग परिचय पनि भएको छैन, यस्तो बेलामा तत्काल केन्द्रीय समिति बैठक बोलाउनुस् भनेर हामीले भन्नु के गल्ती हो ?’

 

लोकान्तरसँग कुराकानी गर्दै खतिवडाले पार्टी विधि र मापदण्ड अनुसार नेता र कार्यकर्ताहरूलाई जिम्मेवारी नदिइएको गुनासो गर्दै भन्छन्,‘पार्टीले गरेका निर्णयहरू सरकारले कार्यान्वयन गरेको छैन । बैठकमा छलफल भएको छैन, पार्टी एकता भएको छ महिना बितिसक्दा पनि केन्द्रीय समिति बाहेक अन्य कमिटीहरु एकता हुन सकेका छैनन् ।

 

अध्यक्षहरू आफ्नो हिसाबले दौडने, केन्द्रीय नेताहरुलाई वास्ता नगर्ने प्रवृत्ति बढेको छ ।  पार्टी र सरकारमाथि आलोचनाका स्वरहरू बिस्तारै तेज हुँदै गइरहेका छन्’ उनले भने,‘यस्तो अवस्थामा छलफल गरेर विधिपूर्वक अघि बढिएन भने पार्टीको भविष्य नै डामाडोल हुने स्थिति छ ।’

 

‘संचारमाध्यमहरूमा माधव नेपाल, झलनाथ खनाल वा त्यस्तै अन्य नेताको नाम लिएर हामीलाई उचाले भन्ने अफवाह फैलिएको छ ’ खतिवडाले भने,‘ तर वास्तवमा हामीलाई कसैले उचालेको होइन । हामीलाई उचाल्ने स्वयं केपी ओली र प्रचण्ड हुनुहुन्छ । वहाँहरूले नै भन्नुभएको हो, पार्टी विधि र प्रक्रिया अन्तर्गत चलाउनु पर्छ, एकतालाई भावनात्मक तहसम्म लग्नुपर्छ भनेर । हामीले उहाँँहरूले उठाएको विषयलाई नै सम्झाएका हौँ र यो स्वतन्त्र पहल हो’ खतिवडा थप्छन् ।

 

नेता खतिवडाका अनुसार अहिले नेकपा संक्रमणकालीन अवस्थामा छ । यो बेलामा पार्टीका नेता कार्यकर्ताहरूमा के सोच्ने र के गर्ने भन्ने कुराको अन्यौलता छ । ६० वर्षपछि पार्टीले प्राप्त गरेको यो उपलब्धीलाई नास हुन नदिन गरिएको यो स्वतन्त्र पहलले कोही कसैलाई चुनौती दिएको छैन । यो पहल बहुमत जुटाएर नेतृत्वलाई धम्की दिन नगरिएको खतिवडाको दाबी छ ।

 

महासचिव विष्णु पौडेल मार्फत अध्यक्ष द्वयलाई सम्बोधन गर्दै बुझाइएको ज्ञापन पत्र फिर्ता लिन प्रधानमन्त्री ओलीको सचिवालयबाट दबाब आएका समाचारहरु सार्वजनिक भएका छन् । खतिवडा भन्छन्,‘ ‘यो प्रभाव र स्वाभावको विषय हो । कोही प्रभावमा पर्न सक्छन् । पार्टीभित्र भाँडोभैलो भएको देखेपनि कसैको स्वाभाव नेताविरुद्ध नजाने, नबोल्ने हुन सक्छ । तर हामीले पहल लिएका छौं यो पहल कसैका विरुद्ध पनि लक्षित छैन । हामी पार्टीको भविष्यप्रति चिन्तित छौं ।’

असन्तुष्ट केन्द्रीय सदस्यहरु नेकपा नेता माधव नेपाल निकट मानिने नेता हुन् ।

 

ज्ञापनपत्र बुझाउनेमा डा. विजयकुमार पौडेल, जगन्नाथ खतिवडा, ठाकुर गैरे, सत्रुघन महतो, जयन्ती राई, ममता गिरी, रामकुमारी झाँक्री, निरज आचार्य लगायत छन् ।

ज्ञापनपत्रमा नेकपा राजनीतिक र सांगठानिक रुपमा सिथिल भएको भन्दै तत्काल बैठक बोलाउन माग गरिएको छ ।

 

तत्काल पोलिटव्यूरो गठन गर्नुपर्ने, सचिवालयलाई सर्वेसर्वा बनाउन नहुने, स्थायी कमिटीलाई कार्यकारी बनाउनुपर्ने र छरितो प्रक्रियाबाट पार्टी एकीकरणका काम टुंग्याउनु पर्ने, सरकार र संसदीय दल व्यवस्थापन, सुशासन कायम गर्ने, पार्टी नेताहरु राष्ट्रप्रमुख र उपप्रमुखहरु सुविधाभोगको लपेटामा बेरिदै गरेकोले सरकार नेता तथा जनप्रतिनिधिहरुलाई उदहाहरणीय बनाउन ठोस कार्य योजना अगाडि बढाउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...