काँग्रेसको प्रश्न : ‘देशमा सरकार छ भने कहाँ छ ?’



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्ष दल काँग्रेसले सरकारको नौ महिने अवधि पूर्णत असफल रहेको निष्कर्ष निकालेको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको नौ महिनामा मुख्य  नौ प्रश्नमा सही जवाफ पस्कन नसकेको भन्दै संघीयता कार्यान्वयन, शान्ति सुरक्षा, सुशासन, मुल्यवृद्धि नियन्त्रण लगायतका कुनैपनि विषयमा सरकार सफलतातर्फको बाटोमा जान नसकेको बताए ।

 

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले वर्तमान सरकार गठन भएको ९ महिना पुगेपनि ‘नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ ?’  भनेर छोटो तर कारुणीक प्रश्न सार्वजनिक गर्नुपर्ने
अवस्था बनेको बताए ।

 

वर्तमान सरकारको ९ महिना
५.     मंसीर ३ गते वर्तमान सरकार गठन भएको ९ महिना पुगेको छ । ९ महिना पुगेको यो घडीमा “नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ” भनेर छोटो तर कारुणीक प्रश्न सार्वजनिक गर्नुपर्ने अवस्था बनेको छ । यो ९ महिनामा मुख्य ९ प्रश्नमा सहि जवाफ पस्कन सरकार असफल  भएको वस्तुगत तथ्य जगजाहेर छ ।

 

(क) लोकतान्त्रिक संस्कृतिः लोकतान्त्रिक प्रकृयाको चर्चा मात्रै त्यसको मानक किमार्थ होइन ∕

(ख) राष्ट्रवादः पुरानो दावी र पछिल्लो स्थितिको तुलना ∕

(ग) संघियताः कम्यूनिष्ट दर्शनले नहिडेको बाटो, असफल तुल्याउने सुनिश्चित षडयन्त्र ?

(घ) सुसासनः नमच्चीने पिङको सय झड्का ∕

(ङ) बजारमूल्यः कम्युनिष्ट सरकार बन्न अघि ०७४ माघ महिनाको बजार मूल्यसँग तुलना गर्दा सहज ∕

(च) शान्ति सुरक्षाः प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा २ को हत्या ∕

(छ) न्यायालयः साझा आस्थाको थलोमा राजनैतिक आस्थाको अतिक्रमण ∕

(झ) संविधानप्रति अपनत्व विस्तारः सत्तालाई बलियो बनाउन वार्गेनिङ्ग चिप्स, प्रगति शुन्य ∕

(ञ) समृद्धि यात्राः विना प्रतिस्पर्धा गेजुवालाई वुढी गण्डकी । निजगढ विमानस्थल कागजमै अलमल, केरुङ–काठमाण्डौं–रक्सौल, रेल चर्चा फायलमा बन्द ∕

 

महासमितिको बैठक तीव्र गतिमा : प्रवक्ता शर्मा
काँग्रेसले आगामी मंसिर २८ देखि पुष ३ सम्म काठमाडौमा हुने नेपाली काँग्रेसको महासमिति वैठकको तयारी तिव्र गतिमा भई रहेको जनाएको छ । काँग्रेस प्रवक्ता  शर्माले महासमितिमा प्रस्तुत गर्ने राजनैतिक दस्तावेज एवं पार्टीको आर्थिक  नितिका सम्वन्धमा प्रदेशस्तरीय अलगअलग छलफल सम्पन्न भएको बताएका छन् ।

 

त्यस्तै  उनले पार्टीको विधानमा समसामयीक संशोधनका लागि देशमा १२ स्थानमा केन्द्रीकृत ढंगले  सुझाव संकलन गरीएको पनि जानकारी दिए ।

 

केन्द्रीय समितिको सहभागितासँगै महासमिति  सदस्य, महाधिवेशन प्रतिनिधी, जिल्ला नेतृत्व, भातृ एवं शुभेच्छुक संस्थाको नेतृत्व तथा शुभचिन्तक वुद्धिजिविहरु समेतको विचार समाविष्ट गरी छलफलवाट सवै दस्तावेज निर्माण  अन्तिम क्रममा पुगेको जनाएको छ ।

 

पत्रकार सम्मेलनमा महामन्त्रीद्वारा प्रस्तुत गरिने सांगठनिक प्रतिवेदन एवं कोषाध्यक्षको प्रतिवेदन आन्तरीक तयारीको अन्तिम क्रममा रहेको र महासमिति वैठक तयारीकै मुल  विषयमा केन्द्रीत रहेर मंसीर ९ गते केन्द्रीय समितिको वैठक वोलाइएको दोहोर्याए ।

 

विधान  संशोधन मस्यौदा समितिले तयार गरेको प्रस्तावित मस्यौदा वैठकमा पेश हुनेछ । काँग्रेसले  महासमितिको वैठक काँग्रेस केन्द्रीय कार्यालयको प्राङगणमै गर्ने निश्चित गरेको पनि  जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...