बाटो काट्दै गरेका पाँच बालबालिकाको कारको ठक्करबाट मृत्यु
उत्तरपूर्वी चीनमा विद्यालय जान लागेका स–साना बालबालिकाले बाटो काट्ने क्रममा कारले ठक्कर दिएपछि पाँचजनाको मृत्यु भएको छ ।
बाटो काट्दै गरेका उनीहरूलाई एक कारले ठक्कर दिएपछि पाँच बालबालिकाको मृत्यु हुनुको साथै अन्य १८ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
लिआओनिङ प्रान्तको हुलुदाओ शहरमा यो दुर्घटना भएको हो । ठक्कर दिने कारको चालकलाई हिरासतमा लिई अनुसन्धान बुरु गरिएको स्थानीय टेलिभिजनले जानकारी दिएको छ ।
सो कार गलत दिशाबाट आएको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् । गलत दिशाबाट आएकोले बाटो काटिरहेका बालबालिकालाई ठक्कर दिएको उनीहरूको भनाइ छ ।
यसै महिनाको शुरुमा चोङकिङ प्रान्तमा एक सडक दुर्घटनामा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको थियो । गत सेप्टेम्बरमा हुनान प्रान्तमा भएको एक सडक दुर्घटनामा ११ व्यक्तिको मृत्यु भएको थियो ।