जहाँ हुदैछ चन्द्रमामा जाने टिकट बुकिङ, पहिलो टिकट यी अर्बपतिलाई



हाम्रो इकोनोमि

 

आकाशमा निकै मनमोहक देखिने चन्द्रमामा जानु अब कुनै नौलो कुरा होइन । अब भने मानिसहरु चन्द्रमामा घुम्नका लागि जानसक्ने भएका छन् । यसका लागि टिकट बुकिङको काम पनि सुरु भएको छ । पहिलो टिकट एक अर्बपति सहति छ जनाले लिएका छन् । यो टिकट काटेसँगै अबको केही वर्षमा मानिसहरु घुम्नका लागि चन्द्रमामा जानसक्ने भएका छन् ।

एलोन मस्कको एयरस्पेसले चन्द्रमामा जाने पहिलो व्यक्तिको नाम घोषणा गरेको छ । पहिलो पटक चन्द्रमा घुम्न जाने यात्री ४२ वर्षीय करोडपति युसाकु मायेजावा रहेका छन् । यो योजनाका लागि स्पेसएक्सले सन् २०२३ सम्मको योजना तय गरेको छ । अमेरिकाको क्यालिफोर्नियामा रहेको स्पेसएक्सले केही समयअघि यो योजना सार्वजनिक गरेको थियो ।

 

यद्यपि यसका लागि रकेट कहिले बन्ने हो भन्ने कुरामा निर्भर रहनुपर्ने हुन्छ । अहिलेसम्म रकेट पूरा बनिनसकेको कारण चन्द्रमाको लागि उडान भर्ने वा नभर्ने भन्ने विषय अन्योलको कुरा रहेको बताइएको छ । पहिलोपटक चन्द्रमा घुम्नको लागि टिकट काट्ने व्यापारी यासाकु जापानी नागरिक हुन् ।

 

अहिलेसम्म २४ जना मानिसहरु चन्द्रमामा गएका छन् । यी सबै अमेरिकी नागरिक रहेका छन् । सन् १९७२ मा अमेरिकी स्पेस एजेन्सी नासाले अन्तिमपल्ट चन्द्रमामा मानिसलाई उतारेको थियो । अहिले ल्याइएको योजनाअन्तर्गत मानिसहरु चन्द्रमामा उत्रिने भने छैन । उनीहरु केवल चन्द्रमाको भ्रमणमा जानेछन् ।

 

सन् २०१७ मा एलोन मस्कले दुई मानिसहरुलाई चन्द्रमाको परिक्रमा गराउने योजनामा पठाउने बताएका थिए । एरोस्पेस कम्पनी स्पेसएक्सको स्थापना सन् २००२ मा भएको थियो । सन् २०१७ मा कम्पनीको डिजाइन रकेट अन्तरिक्षमा पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...