जहाँ हुदैछ चन्द्रमामा जाने टिकट बुकिङ, पहिलो टिकट यी अर्बपतिलाई



हाम्रो इकोनोमि

 

आकाशमा निकै मनमोहक देखिने चन्द्रमामा जानु अब कुनै नौलो कुरा होइन । अब भने मानिसहरु चन्द्रमामा घुम्नका लागि जानसक्ने भएका छन् । यसका लागि टिकट बुकिङको काम पनि सुरु भएको छ । पहिलो टिकट एक अर्बपति सहति छ जनाले लिएका छन् । यो टिकट काटेसँगै अबको केही वर्षमा मानिसहरु घुम्नका लागि चन्द्रमामा जानसक्ने भएका छन् ।

एलोन मस्कको एयरस्पेसले चन्द्रमामा जाने पहिलो व्यक्तिको नाम घोषणा गरेको छ । पहिलो पटक चन्द्रमा घुम्न जाने यात्री ४२ वर्षीय करोडपति युसाकु मायेजावा रहेका छन् । यो योजनाका लागि स्पेसएक्सले सन् २०२३ सम्मको योजना तय गरेको छ । अमेरिकाको क्यालिफोर्नियामा रहेको स्पेसएक्सले केही समयअघि यो योजना सार्वजनिक गरेको थियो ।

 

यद्यपि यसका लागि रकेट कहिले बन्ने हो भन्ने कुरामा निर्भर रहनुपर्ने हुन्छ । अहिलेसम्म रकेट पूरा बनिनसकेको कारण चन्द्रमाको लागि उडान भर्ने वा नभर्ने भन्ने विषय अन्योलको कुरा रहेको बताइएको छ । पहिलोपटक चन्द्रमा घुम्नको लागि टिकट काट्ने व्यापारी यासाकु जापानी नागरिक हुन् ।

 

अहिलेसम्म २४ जना मानिसहरु चन्द्रमामा गएका छन् । यी सबै अमेरिकी नागरिक रहेका छन् । सन् १९७२ मा अमेरिकी स्पेस एजेन्सी नासाले अन्तिमपल्ट चन्द्रमामा मानिसलाई उतारेको थियो । अहिले ल्याइएको योजनाअन्तर्गत मानिसहरु चन्द्रमामा उत्रिने भने छैन । उनीहरु केवल चन्द्रमाको भ्रमणमा जानेछन् ।

 

सन् २०१७ मा एलोन मस्कले दुई मानिसहरुलाई चन्द्रमाको परिक्रमा गराउने योजनामा पठाउने बताएका थिए । एरोस्पेस कम्पनी स्पेसएक्सको स्थापना सन् २००२ मा भएको थियो । सन् २०१७ मा कम्पनीको डिजाइन रकेट अन्तरिक्षमा पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...