राष्ट्रपति भण्डारीको दुर्लभ तस्वीर



हाम्रो इकोनोमि

 

राष्ट्रपति विद्यादेवी भण्डारीको दुर्लभ तस्वीर यतिबेला भाइरल भइरहेको छ । तस्वीरमा राष्ट्रपति भण्डारीलाई गाउँले परिवेशमा देखिएको छ । उनी सागबारीमा देखिएकी छिन् । बच्चा बोकेको अवस्थामा उनले मेक्सी लगाएर तस्वीर खिचाएकी थिइन् ।

 

यो तस्वीर र अहिलेको राष्ट्रपतिको स्टाटसलाई लिएर सामाजिक संजालमा तस्वीर भाइरल भएको हो ।  राष्ट्रपतिको पहिलेको अवस्था र अहिलेको अवस्थामा कति परिवर्तन आयो त भनी विष्लेषणसमेत गरिएको छ ।

 

सादा गाम्ले जीवनबाट अगाडि बढेकी राष्ट्रपतिको यहाँसम्मको प्रगतिलाई सकारात्मकदेखि नकारात्मक टिप्पणीसमेत गरिएको छ ।

 

नेपालकी पहिलो महिला राष्ट्रपति भण्डारीले विभिन्न कीर्तिमान राखेकी छिन् । अहिलेसम्म कुनै पनि नेपाली महिला यो शिखरमा पुग्न सकेको थिएन ।

 

त्यसैगरी उनी नेपालकै दोस्रो राष्ट्रपति हुन् । अर्कातिर कम्युनिष्ट पृष्ठभूमिकी विद्यादेवीको अहिलेको शौखिन शैलीलाई लिएर भने चर्को आलोचना भइरहेको छ । यसमै जोडिएको छ उनले किन्न खोजेको १८ करोडको गाडीको चर्चासमेत ।

 

चर्चा परिचर्चा जे भए पनि यो आर्काइभ तस्वीरले भने नेपालको परिवेशलाई झल्काउँछ । एकपटक मदन भण्डारीकी पत्नी भनेर चिनाउने गरेको विश्लेषण पनि सामाजिक संजालमा गरिएको छ ।

कमल रिजालले लेखे राष्ट्रपतिलाई यस्तो खर्तनाक चिट्ठी !

महामहिम राष्ट्रपति महोदया ! हार्दिक नमन । बोल्ने मन त थिएन तर अन्तरात्माले चिमोटेर चुप रहन दिएन र मुख खोल्न बाध्य भएको छु । यही रूपमा बुझिदिन आग्रह गर्छु ।

महामहिमज्यू !

यो हप्ता तपाईंसम्बन्धी दुई विषय निकै आलोच्य रहे – ‘मौजुदा प्रहरी तालिम केन्द्र हटाएर राष्ट्रपति भवन विस्तार गर्ने र राष्ट्रपतिको निजी प्रयोगका लागि रु १८ करोड बराबरको गाडी खरीद गर्ने प्रकरण ।’ यसो त टीका प्रकरणको लम्पसारवाद र तपार्इंको मौन समर्थनको आलोचना पनि सेलाएको छैन ।

 

यिनै विषयलाई लिएर थुप्रै समाचार प्रकाशित भए, लेखहरू छापिए, कार्टूनहरू आए, सामाजिक सञ्जालका भित्ता रङ्गिए । यसमा तपाईं आफैं पनि जानकार हुनुपर्छ । नभएपनि सचिवालयमार्फत जानकारी लिन सक्नुहुन्छ । तपाईंलाई लाग्ला, आलोचना गर्नेहरू बजारमा थुप्रै छन् । यसमा एक अर्को थपियो त के फरक पर्छ र ।’

 

तर यहाँ आलोचना गर्नकै लागि उपस्थित भएको छैन । हामी सञ्चारकर्मी जनगुनासोप्रति बढी नै सचेत हुन खोज्छौं । त्यस्तो हुनु पनि पर्छ । यो हाम्रो पेशागत धर्म नै हो । तपाईं सम्बन्धित उल्लिखित विषयले जनतामा राम्रो सन्देश दिएको छैन  ।

 

जनआक्रोश बढ्दै छ । राष्ट्रपतिपदप्रति नै वितृष्णा बढ्दैछ, गरिमामाथि नै आँच आउन खोज्दैछ । यसले अन्ततः तपाईं आफैंलाई पनि फाइदा गर्दैन । श्रद्धेय नेता मदन भण्डारी साइकल चढ्ने गर्नुहुन्थ्यो । तपाईं उहाँकै अर्धांगिनी हुनुहुन्छ । जनताले तपार्इंमा पनि उहाँको जस्तै सादा जीवन र उच्च विचार चाहेका छन्, खोजेका छन् ।

 

 

पंक्तिकारलाई गोरखापत्रको सम्पादक हुँदा एउटा भेटमा तपाईंले भन्नुभएको कुरो अझै सम्झना छ । तपाईंले बिर्सनुभयो होला, यसले बिर्सेको छैन । त्यतिबेला तपाईंले भन्नुभएको थियो, राष्ट्रपति पदको गरिमा र जिम्मेवारीप्रति सचेत छु । तपार्इंको भनाइ गोरखापत्रको पानामा अझै सुरक्षित छ । नपत्याए भोजपुर क्याम्पसको स्वर्ण महोत्सवको बेला प्रकाशित गोरखापत्रको तपाईंसित सम्बन्धित कुराकानीको प्रति मगाएर हेर्न सक्नुहुन्छ ।

 

 

भो छाडौं यी कुरा । अहिलेलाई विषयवस्तुमै केन्द्रित हुने अनुमति चाहन्छु । प्रहरी तालिम केन्द्रबाट हुने होहल्लाका कारण महामहिमको सुकला, भोजन लगायतका दैनिक क्रियाकलाप प्रभावित भएका कारण सरकारले प्रहरी तालिम केन्द्र उपत्यका बाहिर कतै शायद पनौतीतिर हो क्यारे सारेर तपार्ईंको निवास विस्तार गर्ने निर्णय गरेको रहेछ ।

 

 

साथसाथै सरकारले जनजीवनका गतिविधिले महामहिमको आवागमनमा बाधा पुर्‍याएकाले राष्ट्रपति निवासभित्रै हेलिप्याड सहितको आधुनिक सुविधासम्पन्न भवन निर्माण गरिदिने निर्णय समेत गरिसकेको रहेछ ।

 

अलिकति मनन गर्नुस् त, के यो जायज छ ? तपाईंलाई लागेको हुन सक्छ सरकारले निर्णय गर्‍यो त मेरो के दोष ? हुन सक्छ तपाईंलाई जानकारी नै पो छैन कि । सचिवालयले जानकारी गराउनै पनि आवश्यक ठानेन कि । यदि त्यसै हो भने तपाईं आफैंले यसको जानकारी लिनु पनि पर्छ र त्यसको विरुद्ध बोल्ने आँट पनि गर्नुपर्छ । जनताले यतिबेला तपाईंसित यही अपेक्षा गरेका छन् ।

 

 

झण्डै ८० वर्षको इतिहास बोकेको तालिम केन्द्र प्रहरीको इतिहास हो । इतिहास मेट्नुहुन्न । अन्यथा उनीहरूको चित्त दुख्न सक्छ । रक्षा र सुरक्षा निकाय भनेका मुलुकका खम्बा हुन् । उनीहरूको चित्त दुखाउनु हुन्न । परेको बेला तिनीहरू नै काम लाग्छन् । देश बचाउने भनेको उनीहरूले नै हो । शक्तिको आडमा निर्णय लाद्न त सकिएला तर उनीहरूको मनमा लागेको घाउ मेटाउन सकिन्न ।

 

आफ्नै अङ्ग काटेर डाँडो कटाएको टुलुटुलु हेर्न विवश निकायले कुन मनोबलले काम गर्ला र हामीले सुरक्षाको अनुभूति गर्ने ? साँच्चै प्रहरी तालिम केन्द्रकै कारण तपाईंको दैनिक क्रियाकलाप प्रभावित भएको हो भने राष्ट्रपति भवनलाई नै उपत्यका बाहिर कतै फराकिलो स्थानमा सार्न सकिन्छ ।

 

संविधानतः तपाईं आलङ्कारिक राष्ट्रपति हो । आलङ्कारिक राष्ट्रपतिको काम नै के हुन्छ र त्यस्तो, कार्यकारी निकायको नजिक बसिरहनुपर्ने । आलङ्कारिक राष्ट्राध्यक्षको काम भनेको सरकारले गरेको निर्णय प्रमाणित गर्ने न हो । यो त जहाँ बसेर पनि गर्न सकिन्छ । हो, स्थान भने सुगम हुनुपर्छ, ताकि विदेशी पाहुनाको आवागमन असहज नहोस् ।

 

दोस्रो कुरो हो, रु १८ करोड बराबरको निजी सवारी साधन खरीदको । यो पनि त्यत्तिकै मननीय छ । के गरीब देशको राष्ट्राध्यक्षलाई गरीब जनताले तिरेका करबाट एकैसाथ त्यति ठूलो रकमको सवारी साधन खरिद गर्नु जायज छ ? एकाध करोडको सावरी साधनले काम चलाउन सकिन्न ? त्यसो हुने हो भने बाँकी रकमले एउटा राम्रै उद्योग चलाउन सकिन्छ । गरीबका छोराछोरीले काम पाउँछन् ।

 

उत्पादन बढ्छ । राजस्वमा टेवा पुग्छ । यहाँ पनि तपाईं भन्न सक्नुहुन्छ यो पनि सरकारकै निर्णय त होइन नि ? हो, निर्णय सरकारको हो यसमा तपार्इंको हात छैन तर तपाईं भनेको अभिभावक हो । अभिभावकको नाताले सरकारी निर्णयलाई अस्वीकार गर्न सक्नुहुन्छ, सच्याउन आग्रह गर्न सक्नुहुन्छ ।

 

गणतन्त्रमा जनता नै सबैथोक हुन् भने उनीहरूको गाँस काटेर खरीद गरिने विलासिताको सामानलाई तपार्ईंले अस्वीकार गर्नु पनि पर्छ । भो मलाई पुगेको छ, चाहिन्न भन्न सक्नु पनि पर्छ । आफैंलाई अप्ठ्यारो लागे सचिवालयमार्फत भनाउन सक्नुहुन्छ ।

 

यसो गर्दा तपाईंको उचाइ घट्दैन, बरू बढ्छ । यसै पनि अभिभावकले सकेसम्म सन्तान सबैको चित्त बुझाउनुपर्छ नभएपनि आफ्नो कारणले उनीहरूको चित्त दुख्ने काम गर्नु हुन्न ।

राष्ट्रपतिज्यू ! एउटा हितैषीको नाताले चिठी लेखेको हुँ । आगे तपाईंको मर्जी ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...