मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी



हाम्रो इकोनोमि

 

यहि मंसिर ३ गते सम्पन्न साकार दाहाल ‘प्रकाश’को प्रथम पूण्यतिथिमा तत्कालीन खानेपानीमन्त्री बीना मगर र प्रकाशकी दोश्रो पत्नी सिर्जना त्रिपाठीबीच भएको केहि असामान्य व्यबहारबारे चर्चा चुलिएको छ ।

 

प्रकाशकी पहिलो पत्नी तथा तत्कालीन माआेवादीका शालिन नेता स्व. पोष्टबहादुर बोगटीकी छोरी प्रभा बोगटीले कडा टिप्पणी गरेकी छन् ।

 

प्रकाशको पहिलो स्मृति सभामा मन्त्री बीनाले अर्की पत्नी सिर्जनालाई अपमान गरेको समचार बाहिरीएपछि पहिलो पत्नी प्रभा बोगटीले आफ्नो फेसबुकमा स्टाटस लेखेर ‘गल्तीमाथि गल्ती नगर’ भन्दै सचेत गराएकी छन् ।

 

कमजोरी आफ्नामा पनि हन्छ भन्ने कुरा बुझे मात्र सहि निष्कर्ष निकाल्न सकिन्छ भन्दै घुमाउरो अर्थमा प्रभाले बीना मगरलाई बाण हानेकी छन् । स्मृति सभामा प्रकाश पत्नी बीना र उनका दिदिहरु गंगा र भरतपुर महानगपालिकाकी मेयर रेणु सँगै बसेका थिए । तर, सिर्जना भने पछिल्लो साइडको कुनामा बसेकी थिइन् । यसै क्रममा मन्त्री बीनाले यहाँ किन आउनु भएको भनेर भनेपछि घटनाक्रम सतहमा आएको हो ।

 

प्रभा र प्रकाशबीच शारिरिक सम्बन्ध नभएको र भाैतिक रुपमा मात्र नाता जोडिएकाले हामी खुशी राजीका साथ छुट्टिन चाहन्छाैं भनेर पार्टीमा निवेदन हालेपछि पार्टीकै निर्णयमा उनीहरु छुटेका थिए । मिडियाकर्मी समेत रहेकी प्रभा शालिन तथा बाैद्धिक रहेको उनी निकटका मानिसहरु बताउँछन् ।

प्रचण्ड निवासमा कान्छी बुहारी विनाले गरिन् जेठी बुहारी सृजनाको अपमान !

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एक मात्र पुत्र प्रकाश दाहालको सोमबार निधन भएको एक वर्ष पूरा भएको छ । ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा सोमबार स्मृति सभाको आयोजना गरिएको थियो । सो स्मृतिसभामा प्रकाशको निधन ताजा भएर आउँदा सबैको आँखा रसाएको थियो भने दाहाल परिवार अझै शोकमा डुबेको थियो ।

 

स्वर्गीय प्रकाशका बुवा प्रचण्ड आमा सीता, दिदी रेण, श्रीमतीद्वय सृजना र विनाको आँखाबाट आँशु बगिरहेको देखिन्थ्यो । तर, सबैमा शोकको पीडा त छँदै थियो, त्यसमाथि सृजनाले झनै बेसी पीडा सहनु परेको खुल्न आएको छ ।

 

प्रकाशको प्रथम पुण्य तिथीमा आयोजित सार्वजनिक कार्यक्रममा प्रचण्डकी बुहारी प्रकाश पत्नी खानेपानी मन्त्रीसमेत रहेकी प्रचण्डकी बुहारी बिना मगरले अर्की प्रचण्डकी बुहारी तथा प्रकाश पत्नी सिर्जनामाथि अपमानजनक व्यवहार भएको खुलेको छ । बिनाले सिर्जनालाई अपमान गरेको आरोप लागेको हो ।

 

प्रकाशको प्रथम स्मृतिमा प्रकाशन गरिएको स्मारिकामा पनि प्रकाश दाहालकी पत्नी भनेर बिना मगरको मात्रै नाम राखिएको, तर सृजनाको नाम उल्लेख नगरिएको बताइएको छ । संक्षिप्त परिचयमा सिर्जनाका छोरा प्रसिद्धको नाम राखिएको छ । तर पत्नीमा आफ्नो नाम नराखेर अस्तित्व स्वीकार नगरिएको तथा पूण्यतिथिमा अपमानजनक व्यवहार भएको भन्दै सिर्जनाले ‘सम्बन्धित ठाउँमा’ आपत्ति जनाएकी छन् ।

 

साथै सोमबार प्रचण्ड निवासमा भएको स्मृतिसभाको मञ्चमा बसेकी सृजनामाथि विनाले अपमान गरेको आरोप लागेको छ । आफू भन्दा पछाडी बसेकी सृजनालाई विनाले ‘तपाई किन आउनु भएको यहाँ ?’ भनेर प्रश्न गरेको चर्चा भएको छ । ‘मञ्चको दोस्रो लहरमा मोहन वैद्यसँगै प्रचण्डका छोरी रेणु, गंगा र बुहारी बिना बसेका थिए ।

 

त्यसबीचमा नेकपाका केही नेताहरुले कार्यक्रमस्थलको कुनामा बसेर हेरिरहेकी अर्की बुहारी सिर्जनालाई पनि मञ्चमा लगेका थिए । सिर्जना गएर मञ्चको तेस्रो लहरमा बस्नासाथ अघिल्लो लहरमा बसेकी बिना पछाडि फर्केर केही भनेको दृष्य भिडियोमा कैद छ ।

 

बिनाले पछाडि फर्केर सिर्जनालाई केही भनेलगत्तै रेणु गंगा र बिना मञ्चबाट केहीबेर बाहिरिए । उनीहरु उठेपछि सिर्जना पनि उठेर पत्रकार दीर्घाको कुर्सीमा गएर बसेकी थिइन्’ अनलाइनखबरले समाचार प्रकाशित गरेको छ । सृजना पट्टीको छोरा प्रचण्ड निवासमै बस्छन् भने सृजना छुट्टै बस्दै आएकी छन् । सोमबारको स्मृतिसभामा पनि उनलाई आमन्त्रण नगरिएको पनि बताइएको छ ।

 

यद्यपी यसबारे हालसम्म दाहाल परिवारबाट कुनै प्रतिक्रिया आएको छैन । सृजनाले यसबारे बोल्न नचाहेको बताइएको छ भने विनाले पनि कुनै प्रतिक्रिया दिएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...