कम्युनिष्ट सरकारसँग डराए निक्षेपकर्ता, तरलता अभाव अझै चर्किने, टाट पल्टदैँ बैकहरु



 

पछिल्लो समयको वित्तीय बजारमा लगानी योग्य पुँजीको अभावले वित्तीय बजारमा निकै चर्चा आएको छ । हरेक वर्ष यो समयमा केही तरलता अभावको समस्या आउने गरेको भएपनि यो वर्ष भने यो समस्याले भयावह स्थिती सिर्जना हुने जानकारहरुले चेतावनी दिएका छन् ।

 

बैंकर संघले पनि यही समस्या निराकरण गर्नको लागि विगत दुई सातालेखि हरेक आईतबार बैंकर संघको बैठक गरिरहेको छ । बाहिर देखिनको लागि नेपाल राष्ट्र बैंकले तोकेको सिसिडि रेसियोलाई जिम्मेवार मान्ने गरिएको भएपनि बैंकरहरु पनि यो कुरालाई स्वीकार गर्दैनन् ।

 

बैठकहरुले अहिलेको यो समस्या भोलिका दिनहरुमा झनै चर्किने बताएका छन् । संघको दुई पटकसम्म बसेको बैठकले यो समस्या समाधान खोजेपनि यसबाट केही हल निस्कन सकेन । बरु बैंकरहरु आफैं आफ्नो व्याजदरसम्बन्धी भद्र सहमतिको नाममा दुई ध्रुवमा बाँडिएका छन् ।

 

गत आईतबार बैंकर संघको बैठकबाट बाहिरिएका एक बैंकरले दुईतिहाईको कम्युनिष्ट सरकारका कारण बढेको तरलता बैंकरहरुको भेलाले समाधान गर्न नसक्ने प्रतिक्रिया दिए । उनले बैंकरहरुको व्याजदरको भद्र सहमतिको विषय त बाहिर देखिने विषय मात्रै रहेको भन्दै यसमा सहमति भए पनि यो तरलता समस्या समाधानमा सहायक बन्न नसक्ने दाबी गरे ।

 

अर्का एक बैंकरले फेरि भने दुई तिहाईको सरकार छ । यसैले निक्षेपकर्ताले आफ्नो निक्षेप बैंकमा भन्दा पनि अन्यत्रै लैजाने गरेका छन् । त्यसैले यो समस्या सिर्जना भएको छ । सिसिडि रेसियो मात्रै मूल समस्या होईन ।

 

दुईतिहाईको सरकारले कसरी निक्षेपकर्तामा समस्या भयो ? भन्ने प्रश्नमा ती बैंकरको उत्तर थियो कम्युनिष्ट सरकार त्यसमाथि पनि दुई तिहाईको सरकार छ । जुनसुकै दिन पनि जस्तो सुकै निर्णय पनि गर्न सक्छ । भोलि बैंकमा राखेको ठूला निक्षेपकर्तामाथि सम्पत्ति शुद्धीकरण लगाउने जस्ता निर्णय गरिदियो भने झमेलामा पर्ने भएकोले अहिले निक्षेपकर्ता डराएको उनको भनाई थियो ।

 

के हो तरलता ? 

तरलता धनको यस्तो राशि हो जो सहजै लगानी तथा खर्च गर्न सक्नेखालको हुन्छ । यसमा नकद, ट्रेजरी बिल, नोट्स तथा अन्य वित्तीय शाधनहरु पर्दछन् । यस बाहेक पनि अरु पनि यस्ता सम्पत्तिहरु जुन तत्कालै बेच्न सकिने खालको होस् । यसलाई तलरता भनिन्छ । पनि शामिल हुन्छ । स्टक, रियल एस्टेट, हाई(ब्याज लोन यसको कारण यो हो कि वित्तीय संस्थान अधिकतर लगानी गर्न लाग्छ ।

 

कम्युनिष्ट शासनसँग किन डरायो सरकार ? 
कम्युनिष्ट सरकारहरु आफैंमा पुँजीवादी सत्ताका विरोधीहरु हुन् । अझ दुई तिहाई कम्युनिष्टहरुको सरकार आएपछि धेरै सम्पत्ति बैंकमा राख्दा सम्पत्ति शुद्धीकरण लगाएर अनेकानेक दुख दिन सक्ने आशंका निक्षेपकर्तामा भएकोले पनि अहिले बैंकमा लगानी योग्य पुँजीको अभाव भएको विश्लेषण गरिएको ।

 

अर्काे तर्फ १० वर्षे जनयुद्धको समयमा माओवादीको नाममा चन्दा आतंक मच्चाएको तत्कालीन माओवादी अहिले सरकारमा छ । उसका कार्यकर्तामा त्यतिबेलाको चन्दा लिएर पार्टी खर्च धान्ने चलन अझैपनि देखिएकोले पनि बैंकमा पैसा राख्दा निक्षेपकर्ताहरु आफूलाई झनै असुरक्षित महसुस गर्छन् ।

 

 

नेपालमा चुनाव अघि कम्युनिष्टहरुको सरकार आउने निश्चत हुने वित्तीकै सेयर बजार व्यापक रुपमा घटेको थियो । तत्कालीन नेकपा एमाले र माओबादी केन्द्रबीचको चुनावी तालमेलसहित पार्टी एकताको सम्झौता गरेपछि चुनावबाट कम्युनिष्टहरुको दुईतिहाई बहुमत आई कम्युनिष्ट शासन लागूहुने हल्ला चल्दा पनि लगानीहरु त्रसित भएका थिए ।

 

कम्युनिष्ट सरकार आएपछि अहिले सेयर बजारमा समेत त्यस्तो उत्साह देखिँदैन । यी सबै परिघटनाहरुले कम्युनिष्ट सरकारका कारण अर्थतन्त्रले भने फस्टाउने मौका नपाएको विश्लेषण गर्र्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य

बाढीपहिरोमा परी २३९ को मृत्यु , १८ जना अझै बेपत्ता

    अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु