भारतले ३२ लाख दिएकाे सन्दीपलाइ पाकिस्थानले ७० लाखमा किन्याे



हाम्रो इकोनोमि

 

काठमाडौं: नेपालका युवा स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) मा आबद्ध भएका छन्। सन्दीपलाई मंगलबार भएको अक्सनमा लाहोर क्वालान्डर्सले भित्र्याएको हो।

 

उनलाई गोल्ड क्याटागोरीबाट लाहोरले पहिलो नम्बरमै आफ्नो टिममा आबद्ध गरेको हो। योसँगै सन्दीपले न्युनतम ५० हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।

 

सन्दीप आवद्ध टिममा पाकिस्तानका फखर जमान, दक्षिण अफ्रिकाका एबी डिभिलियर्स, पाकिस्तानकै मोहमद हाफिज, यासिर साह, वेस्ट इन्डिजका कार्लोस बाथवेट, न्यूजिल्यान्डका कोरि एन्डर्सन छन्।

 

आगामी १४ फेब्रुअरीदेखि १७ मार्चसम्म यूएई र पाकिस्तान हुने पिएसएलमा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। जसमा इस्लामाबाद युनाइटेड, कराँची किंग्स, लाहोर क्वालान्डर्स, पेसावर जल्मी,क्येवा ग्लाडिएर र द सिक्थ टिम रहेका छन्।

 

पिएसएलमा आबद्ध भएसँगै सन्दीप नवौं विदेशी फ्रेन्चाइज लिगमा आवद्ध भएका छन्। सन्दीप अघिल्लो वर्ष पनि पिएसएलको ड्राफ्टमा भएपनि उनलाई कुनै पनि टिमले चासो देखाएको थिएन। सन्दीप हाल टी–१० लिग खेल्न यूएईमा छन्।

 

सन्दीपले खेल्ने आगामी लिग

टी-१० (यूएई) – नोभेम्बर २१ देखि डेसेम्बर २ सम्म – ३० हजार डलर ,

इपिएल (नेपाल) – डिसेम्बर ८ देखि २२ सम्म – (कम्तिमा १ लाख ७५ हजार रुपैयाँ),

पाकिस्तान सुपर लिग (पिएसएल)- १४ फेब्रुअरीदेखि १७ मार्च (५० हजार डलर),

बिबिएल (अस्ट्रेलिया) – डिसेम्बर १९ देखि फ्रेब्रुअरी ४ सम्म – ६० हजार डलर ,

बिपिएल (बंगलादेश)– अक्टुबर १ देखि फेब्रुअरी ८ सम्म – ६० हजार डलर ,

आइपिएल (भारत)– २३ मार्चदेखि अप्रिलसम्म (तय हुन बाँकी) – कम्तिमा ३२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...