अनमोल र सलिनमान सँगै आए बाजी कसले मार्ला ?



हाम्रो इकोनोमि

 

नयाँ वर्षको अवसर पारेर चैत २९ गते दुई प्रतिक्षित फिल्महरु एकसाथ प्रदर्शन हुने भएका छन् ।

युवा स्टारको रुपमा परिचित अनमोल केसी अभिनित ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर २’ बाट उदायका सलिनमान बानियाँ अभिनित ‘यात्राः अ म्युजिकल भ्लग’ एकसाथ प्रदर्शनमा आउने भएसँगै फिल्म वृत्तमा विभिन्न खाले अड्कल बाजी थाप्न थालिएको छ ।

‘ए मेरो हजुर ३’ वितरणको जिम्मा लिएका मनोज राठीले चैत २९ गतेलाई नै लक्षित गरेर ‘ए मेरो हजुर ३’ को छायांकन भईरहको बताए ।

उनले भने ‘फिल्म निर्माता सुनिल कुमार थापासँग कुरा भैसक्यो ।

उहाँले चैत २९ मै आउने बताउनु भयो ।

सुनिल जीले त्यो डेटबाट नसर्ने भन्नु भएको छ ।’

यता अनमोलकै शिर्ष भूमिका रहेको फिल्म ‘क्याप्टेन’ फागुन १७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

सोही कारण डेढ महिनाको अन्तरमा अनमोलको फिल्म रिलिज नहुने एकथरी फिल्मकर्मी अड्कल छ ।

‘अब निर्माताले त्यही मितिमा फिल्म लाउँछु भनेपछि हामीले सार्न मिल्दैन’, वितरक राठीको भनाई छ ।

झरना थापाले निर्देशन गर्दै गरेको ‘ए मेरो हजुर ३’ मा अनमोलको जोडी भएर सुहानी थापाले अभिनय गरिरहेकी छन् ।

‘यात्राः अ म्युजिकल भ्लग’ का निर्माता केशव भट्टराई नयाँ वर्षमा दुई वटा फिल्म लाग्नु स्वभाविक हुने बताउँछन् ।

निर्माता भट्टराई भन्छन, ‘दशैं, तिहार र नयाँ वर्षमा दुई वटा फिल्म लाग्नु ठुलो कुरा होइन् ।

मिति खोज्दै गर्दा चैत २९ नै ठिक लाग्यो र त्यो डेटमा आउने भएका हौं । नयाँ वर्ष पनि चाड जस्तै भएको हुँदा दुवैलाई असर नगर्ला ।’

यद्पी छलफल र सहमतीको बाटो भने बाँकी रहेको निर्माता भट्टराईको भनाई छ ।

छायाँकन लम्बिएका कारण तोकिएको प्रदर्शन मिति असोज ५ गते अउन नसकेपछि चैत २९ मा पुगेको भट्टराई बताउँछन् ।

सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्म ’यात्रा : अ म्युजिकल भ्लग’ मा सलिनमानसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल लगायतको अभिनय रहनेछ ।

के ‘ए मेरो हजुर ३’ र ‘यात्रा : अ म्युजिकल भ्लग’ चैत २९ मासँगै प्रदर्शनमा आउलान् ?

यी दुई फिल्म एकसाथ प्रदर्शनमा आए दर्शकको कस्लाई मिल्ला ?

व्यापारिक बाजी कसले मार्ला ?

नेपाली फिल्म वृत्तमा यतिबेला यी र यस्तै प्रश्नको चर्चा भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...