बादलको क्षमतामाथि बादल मात्रै होइन, कालो बादल लागेको छ : गगन थापा



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका युवा नेता गगन थापाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ गृहमा रहेसम्म कञ्चनपुरका १३ बर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण निश्कर्षमा नपुग्ने दाबी गरेका छन् ।

 

बुधबार कञ्चनपुरको महेन्द्रनगरमा नेपाली कांग्रेस कञ्चनपुरले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता थापाले गृहको गहृमन्त्री बादल जिम्मेवारमा रहेसम्म निर्मलाका अपराधी पत्ता नलाग्ने र उक्त प्रकरण निश्कृर्षमा नपुग्ने दाबी गरेका हुन ।

 

‘म संसदमा बोलेको सम्झन्छु, मैले गृहमन्त्री बादलको क्षमतामाथि बादल लागेको भनेको थिँए । नेता थापाले भन्नुभयो–‘एक-डेढ महिनायता एकपछि अर्को गरी भइरहेका घटनाहरुमा गृहमन्त्रीले राख्दै गरेको कुराहरु सुन्दै गर्दा  गृहमन्त्री बादलको क्षमतामाथि मात्र होइन, निर्मला जस्ता सयौं निर्मलाका बुवाआमाहरुमाथि गृहमन्त्री बादल कालो बादलका रुपमा मडारिनुभएको छ ।’

 

‘यो कालो बादल नहटुन्जेलसम्म पानी पर्नेवाला छैन । भने–‘पानी नपरुन्जेलसम्म समाजका फोहोरहरु सफा हुदैनन् ।’ गृहमन्त्री मात्रै नभएर आज आम जनता हारेको बताउँदै उहाँले सिंगो देश अपराधसित लड्ने खोजिरहेका बेला अपराधीले उन्मुक्ती पाइरहेको भनाई राखे ।

 

‘ गृहमन्त्री बादलले जिम्मेवारीबाट हटेर राजनीतिक पुर्वागृह नराखेर आम रुपमा जनतालाई फेरी पनि यो सरकारले शान्तिसुरक्षा दिनसक्छ भन्ने कुराको विश्वास निर्माणका निम्ती माग गर्दछु ।’ थापाले भने–‘उहाँ (बादल) का निम्ती निजी दुखद घटना होला तर आम रुपमा जनताको विश्वास जोडिने अवस्था आउँछ ।’

 

कार्यकर्तासितको भेटघाटपछि सोझै निर्मलाका बुवाआमा भेट्न जिल्ला प्रशासन कार्यालय अगाडीको धर्नास्थल पुगेका नेता थापाले सरकारको नेतृत्व गरिरहेकाहरुबाट बालिका हत्या प्रकरण हलुका ढंगले लिएको आरोप भनाई राखे । निर्मलाको न्यायका निम्ती सरकार र प्रतिपक्षदलको नेतृत्वसित भेटेरै कुराकानी गर्ने थापाले आश्वासन दिए ।

 

‘तपाईहरु आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस ।’ उनले भने –‘तपाईहरुको सन्देश प्रधानमन्त्री र कांग्रेस सभापति सम्म पुर्‍याउँछु्’ । धर्नामा ऐक्वद्धता जनाउँदै उनले न्याय नपाएसम्म लडाँइ जारी रहने र आफूहरुले साथ दिने बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...