म्याग्दीमा ‘एक वडा, एक हेलीप्याड’ निर्माण अभियान शुरु



हाम्रो इकोनोमि

 

 

म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीबाट ‘एक वडा, एक हेलीप्याड’ निर्माण अभियान शुरु गरिएको छ ।

आपत्कालीन उद्धार र विपद् व्यवस्थापनको कामलाई व्यवस्थित र सहज बनाउने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समितिले हरेक वडामा हेलीप्याड निर्माण अभियान शुरु गरेको हो ।

म्याग्दीमा एक नगरपालिका र पाँच गाउँपालिका रहेका छन् ।

पाखापानीमा गाउँपालिका र वडाको समन्वयमा हेलीप्याड निर्माण गरिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले स्थानीय तहसँग समन्वय गरेर जिल्लामा रहेका ४५ वटै वडामा हेलीप्याड निर्माणको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो ।

हेलीप्याड निर्माण भएपछि आकस्मिक बिरामी र दुर्घटनाका घाइतेलाई तत्कालै उद्धार गरी अस्पतालसम्म पु¥याउन र विपत्मा राहत उपलब्ध गराउन सहयोग पुग्ने प्रजिअ अधिकारीको भनाइ थियो ।

म्याग्दी पर्यटकीय जिल्ला पनि भएकाले यहाँको प्राकृतिक सौन्दर्यमा रमाउन र हिमाल आरोहण गर्न आउने पर्यटकलाई पनि सुविधा पुग्ने स्थानीयले बताएका छन् ।

नदी कटान, भूक्षय र बाढी पहिरोको जोखिम पनि रहेको यस जिल्लामा तत्काल उद्धार र राहतका लागि हेलीप्याड सशक्त माध्यम बन्ने सरोकारवालाको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...