मन्त्रीको परिक्षा लिदै प्रधानमन्त्री, सबै मन्त्रीले एक एक कार्यप्रगति विवरण बुझाउनुपर्ने



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट मन्त्रालयको कार्यप्रगतिको समिक्षा गर्नु हुने भएको छ । सरकार तथा मन्त्रालयको काम कारबाहीलाई लिएर आलोचना र आफैले पनि असन्तुष्टि व्यक्त गरिरहेका बेला प्रधानमन्त्रीले सम्बन्धित मन्त्री र मन्त्रालयका सचिवसँग कार्य प्रगतीका बिषयमा छलफल गर्न लाग्नुभएको हो । सिंहदरवारमा हुने छलफलमा एक मन्त्रालयलाई डेढ देखी दुई घण्टासम्म छुट्टाइएको छ ।

 

आगामी शुक्रवारसम्म छलफलको तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मन्त्रालय र सचिवको टोलीलाई चार समुहमा बिभाजन गरेको छ । असार अन्त्यमा मन्त्रालयले पेश गरेका कार्ययोजनाका आधारमा प्रधानमन्त्री ओलीले मन्त्रालयको समिक्षा गर्नुहुने प्रधानमन्त्री कार्यालयका प्रबक्ता बिनोद कुँवरले बताउनुभयो ।

 

आर्थिक वर्ष सुरुसँगै बजेट कार्यान्वयन सुरु भएपनि पहिलो २ महिनामा ७ प्रतिशत हाराहारीमा मात्र बिकास खर्च भएपछि ओली नेतृत्वको सरकारको कार्यशैलीलाई लिएर जनस्तरबाटै असन्तुष्टि बढेको थियो ।

 

छलफलसँगै मन्त्री र सचिवको क्षमता मुल्याङ्कन पनि गरिने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली स्वयमले पनि मन्त्रीहरुको काम कारबाहिलाई लिएर असन्तुष्टि जनाउँदै आउनुभएको छ ।

 

मन्त्रीहरुलाई थप जिम्मेबार बनाउँदै जनचाहानासँग सरकारको दुरी समानन्तर बनाउन समिक्षा उपलब्धिमुलक हुने बालुवाटारको निष्कर्ष छ । तर, सत्तारुढ नेकपाका केही नेताहरुले मन्त्रीहरुले प्रधानमन्त्रीलाई आश्वस्त पार्न नसके मन्त्रीहरुको हेरफेर समेत हुन सक्ने संकेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...