मन्त्रीको परिक्षा लिदै प्रधानमन्त्री, सबै मन्त्रीले एक एक कार्यप्रगति विवरण बुझाउनुपर्ने



 

प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट मन्त्रालयको कार्यप्रगतिको समिक्षा गर्नु हुने भएको छ । सरकार तथा मन्त्रालयको काम कारबाहीलाई लिएर आलोचना र आफैले पनि असन्तुष्टि व्यक्त गरिरहेका बेला प्रधानमन्त्रीले सम्बन्धित मन्त्री र मन्त्रालयका सचिवसँग कार्य प्रगतीका बिषयमा छलफल गर्न लाग्नुभएको हो । सिंहदरवारमा हुने छलफलमा एक मन्त्रालयलाई डेढ देखी दुई घण्टासम्म छुट्टाइएको छ ।

 

आगामी शुक्रवारसम्म छलफलको तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मन्त्रालय र सचिवको टोलीलाई चार समुहमा बिभाजन गरेको छ । असार अन्त्यमा मन्त्रालयले पेश गरेका कार्ययोजनाका आधारमा प्रधानमन्त्री ओलीले मन्त्रालयको समिक्षा गर्नुहुने प्रधानमन्त्री कार्यालयका प्रबक्ता बिनोद कुँवरले बताउनुभयो ।

 

आर्थिक वर्ष सुरुसँगै बजेट कार्यान्वयन सुरु भएपनि पहिलो २ महिनामा ७ प्रतिशत हाराहारीमा मात्र बिकास खर्च भएपछि ओली नेतृत्वको सरकारको कार्यशैलीलाई लिएर जनस्तरबाटै असन्तुष्टि बढेको थियो ।

 

छलफलसँगै मन्त्री र सचिवको क्षमता मुल्याङ्कन पनि गरिने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली स्वयमले पनि मन्त्रीहरुको काम कारबाहिलाई लिएर असन्तुष्टि जनाउँदै आउनुभएको छ ।

 

मन्त्रीहरुलाई थप जिम्मेबार बनाउँदै जनचाहानासँग सरकारको दुरी समानन्तर बनाउन समिक्षा उपलब्धिमुलक हुने बालुवाटारको निष्कर्ष छ । तर, सत्तारुढ नेकपाका केही नेताहरुले मन्त्रीहरुले प्रधानमन्त्रीलाई आश्वस्त पार्न नसके मन्त्रीहरुको हेरफेर समेत हुन सक्ने संकेत गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार  ११ : ०८  बजे

प्रतिक्रिया दिनुहोस
नेकपा एसमा वामदेवलाई तेस्रो वरीयता

    नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता घोषणा

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

    प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा

वरिष्ठ उपाध्यक्ष र महासचिव पोखरेलबीच जुहारी

    नेकपा एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १०

ईश्वर पोखरेलले ओलीलाई भने अब तपाईंले छोड्नुस्

    विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा एमाले सचिवालयको बैठक १०