८० हजार घुससहित रुपन्देहीका जिल्ला न्यायाधीवक्ता पक्राउ
सरकारी वकिलको कार्यालय रुपन्देहीका जिल्ला न्यायाधीवक्ता कोषहरि निरौला अवैध घुससहित पक्राउ परेका छन् । काठमाडौंबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भैरहवामा ८० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको हो ।
अहिले अख्तियारको टोलीले निरौलामाथि अनुसन्धान गरिरहेको छ । अनुसन्धान पछि उनलाई अख्तियारको टोलीले काठमाडौं ल्याउने बताइएको छ ।

