मंसिरबाट माघमा पुग्यो ‘दि कर्मा’



 

मंसिर ७ गते रिलीज हुने भनेर प्रचार समेत गरिएको फिल्म ’दि कर्मा’ यो मितिबाट पर सरेको छ ।

निर्माण टिमको अनुसार दि कर्मा अब माघ ४ गते प्रदर्शनमा आउनेछ ।

बिशेष कारणवश फिल्म सार्नु परेको निर्माता जयराज रायले जानकार दिएका छन् ।

देव कुमार श्रेष्ठले निर्देशन गरेको फिल्म दि कर्मामा नेपाली र भारतिय कलाकारको अभिनय रहेको छ ।

फिल्म भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको बताइएको छ ।

फिल्ममा भारतका मोडल तथा कलाकार करण वर्मा, नायिका निता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित, लगायतका कलाकारहरुको अभिनय रहेको छ

जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आफैले लेखेका हुन् ।

निशा खतिवडा निर्मात्रीको रुपमा रहेको फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो ।

फिल्मलाई रामेश्वर कार्कीले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस
शेयर धितो र घरजग्गा कर्जामा नयाँ नीति

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत केही लचक नीतिहरू ल्याएको छ

अध्यक्ष ओलीद्वारा पुष्पलालको शालिकमा माल्यार्पण

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी संस्थापक नेता पुष्पलाल श्रेष्ठको

त्रिभुवन विमानस्थलबाट १४ केजी सुनसहित १ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित १ जना पक्राउ परेका छन्

राप्रपाद्वारा गणतन्त्रविरोधी आन्दोलनको मस्यौदा पारित

    राष्ट्रिय प्रजातन्त्र पार्टी राजसंस्था पुनःस्थापनासहित ७ वटा एजेन्डा लिएर सडकमा उत्रिने