सिकागोको मर्सी अस्पतालमा गोली चल्यो, डाक्टरसहित ४ को मृत्यु



हाम्रो इकोनोमि

 

अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ४ जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार ३ बजे गोली चल्दा ४ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा १ चिकित्सक, १ फर्मास्युटिकल्स सहयोगी, १ प्रहरी अधिकृत र गनम्यान आफैं छन् ।

 

नाम नखुलेका गनम्यानले ३ जनाको हत्यापछि आफैंलाई गोली हानेको सिकागोका मेयर रहम इमानुयलले पुष्टि गरेका छन् ।

 

मारिएका महिलामध्ये एक जनासँग गोली चलाउने व्यक्तिको सम्बन्ध रहेको बताइएको छ । तर गोली चलाउने व्यक्तिले ३ जनाको हत्यापछि आफैंलाई किन गोली हाने भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

 

अमेरिकाका लागि गोली चलाउने घटना टाउको दुखाइको विषय बन्दै गइरहेको छ । केही महिनाअघि मात्रै अमेरिकाको एक विद्यालयमा गोली चल्दा कैयनको ज्यान गएको थियो । त्यसपछि व्यक्तिगत हतियार राख्न पाउने नियममा पुनर्विचार गर्नुपर्नेबारे बहस चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...