नेत्रहीन क्रिकेट प्रतियोगिता



हाम्रो इकोनोमि

 

नेत्रहीन क्रिकेट सङ्घ नेपालले शहीद रङ्गशालामा ‘प्रथम रोनाल्ड म्यकुली कप’ सञ्चालन गर्ने भएको छ ।

प्रतियोगिता मङ्सिर ५ दखि ८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा म्याग्दी, झापा, बर्दिया र त्रिभुभन आर्मी क्लब सहभागी हुने सङ्घका केन्द्रीय अध्यक्ष पवन घिमिरेले आज यहाँ पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

विश्व नेत्रहीन क्रिकेट परिष्दको नेत्रहीन क्रिकेट खेल नियमअनुसार टि–२० ढाँचामा खेल खेलाइनेछ ।

यस वर्र्षदेखि शुरु हुन लागेको सो प्रतियोगितामा ६० खेलाडीले भाग लिने सङ्घका अध्यक्ष घिमिरेले बताउनुभयो ।

प्रतियोगिता सञ्चालन गर्न करीब रु सात लाख ५० हजार खर्च हुने बताइएको छ । उद्घाटन खेल झापा र बर्दियाबीच हुने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...