नेपाल टेलिभिजनमा सुरु भयो पचासौ करोडको खरिद चलखेल !!



 

नेपाल टेलिभिजनको प्रविधिलाई एचडीमा रुपान्तरणको बहानामा जारी अन्धाधुन्ध करोडौंको सामान खरिद प्रक्रियामा इन्जिनीयरिङ विभागमा तनाव भएको खबर छ । टेण्डरको डकुमेण्टमा लेख्ने कुरा¸ लेख्ने मान्छे¸ सामान लिन जाने मान्छेलगायतका कुरामा तनाव आएको स्रोत बताउछ  ।

सुरज थापालाई खरिद इकाई र योजना महाशाखाको प्रमुख बनाएपछि रहस्यमय तरिकाले करोडौंको खरिदले रफ्तार लिएको छ भने खरिदका यति धेरै डकुमेण्ट छन् कि इन्जीनियरिङ महाशाखाका प्रमुख चिन्तामणि बराललाई डकुमेण्ट पढ्ने फुर्सद पनि मिल्न छोडेको कर्मचारी स्रोत बताउछ ।

स्रोतका अनुसार, सुरजलाई खरिदको प्रमुख बनाएपछि डकुमेण्ट लेख्ने जिम्मामा रहेको सामान्य इन्जीनियरिङ शाखाको प्रमुख बरुणकुमार सिंहलाई बनाइएको छ । तर खरिदका शर्त (टीओआर) सुरजले नै लेख्छन् र बरुणलाई सही गराउँछन् ।

 

विवादित डीजीएम दीपकमणि धितालको डिजाइनमा सबै काम भैराखेको इन्जीनीयरहरु बताउँछन् । धितालको योजनामा सुरजले लेख्ने कागजमा चिन्तामणिले आँखा चिम्लिएर सहि ठोक्ने गरेका छन् ।

३० करोडभन्दा बढीको टेण्डरको काम करिबकरिब सकिइसकेकोले विदेश जाने प्राविधिकहरु छान्दा पनि हानाथाप भैरहेको छ । धेरै वर्षदेखि काम नगरेका प्राविधिक गोपाल दाहालको नाम १ नम्बरमा राखेर चाइनिज एम्बेस्सीमा भिसाको लागि नाम पठाइएको छ । हङकङ गएर सामान बुझ्ने टिम पठाइँदैछ ।

दाहालले २०६४ सालपछि काम नगरी युनियनको नाममा राजनीति मात्रै गरेर हिँड्ने गरेको कर्मचारीहरुको भनाइ छ । इलेक्ट्रिसियन पनि जाने लिस्टमा पर्ने तर आफू नपर्ने भनेर स्टुडियोका इन्जीनियरहरुले पनि दौडधुप  गरिरहेका छन् ।

दशैंतिहारको विदामा समाचार रेकर्ड गर्न रातमा नबस्ने इन्जीनीयर जाने तर राती बसेर काम गर्ने आफूहरु नपरेकोमा उनीहरु पनि तनावमा छन् भने उनीहरुलाई नराख्न खोज्नेलाई फसाद पर्ने नै भयो ।

 

टेण्डर कसलाई पार्ने भन्ने योजना बनाएर स्पेक तयार गर्ने कुरा धिताल र सुरज मिलेर गर्ने र चिन्तामणिले समर्थन गर्ने काम भैराखेको स्रोत बताउछ । सामान खरिद गर्दा आउने कमिसनको बाँडफाँड कसरी गर्ने  भन्ने कुराले पनि भित्रभित्रै तनाव भएको बताइन्छ ।

एनटिभीमा सम्पूर्ण उपकरण नयाँ ल्याएर पुराना फ्याँक्ने योजना अनुसार काम अघि बढेको छ । ५ महिनाअघि कायकारी अध्यक्ष नियुक्त महेन्द्र विष्टलाई  धितालले आफ्नो डिजाइन अनुसार नो सहयोग र समर्थन लिएर  बढिरहेका छन् र हतारहतारमा खरिदको काम भैराखेको छ ।

अर्को समाचार अनुसार सामान्य इन्जीनीयरिङ शाखाका प्रमुख बरुणकुमार सिंह हालै विदेश जाँदा निमित्त भई काम गर्न बिजेन्द्र गुप्तालाई पत्र काटेका थिए तर उनले पत्र नबुझेर अटेर गरेपछि अर्को तनाव उत्त्पन्न भएको खबर छ । हरेक शाखामा बढावा दिइएको दण्डहीनताले गर्दा सिस्टमेटिक काम हुन भने छोडेको पत्रकार र कर्मचारीहरु गुनासो गर्छन् ।

 

११ वर्षदेखि खरिदमै  मस्ती गर्दै आएका धिताललाई संचार मन्त्रालयमा काजमा तानेर टेलिभिजनमा सुशासन कायम गर्ने आशामा बसेका कर्मचारीहरु धितालकै सेटिङअनुसार एचडीको नाममा पचासौ करोड खर्च गर्ने गरी काम अघि बढेपछि  जिल्लिएका छन् ।

साँघु साप्ताहिक

 

ठेकेदार सम्पर्कविहीन भएपछि पुल निर्माण अलपत्र

तनहुँको व्यास नगरपालिका–५ साँगे र म्याग्दे गाउँपालिका–७ रानीटारी जोड्ने साँगे खोलामाथिको पुल निर्माण अलपत्र परेको छ ।

ठेकेदार सम्पर्कविहीन भएपछि ४० मिटर लामो पुलको निर्माण कार्य अलपत्र परेको हो । विसं २०७३ देखि शुरु भएको उक्त पुलको निर्माण कार्य छ महीनादेखि ठप्प छ । पुल निर्माणको अन्तिम म्याद गत असारसम्म थियो । तर ठेकेदार भने वैशाखदेखि नै सम्पर्कमा नरहेको म्याग्दे गाउँपालिका–७ का वडा अध्यक्ष पदमराज वाग्लेले बताउनुभयो ।

 

पुल निर्माणका लागि स्थानीय सबै प्रकारको सहयोग गर्न तयार भए पनि ठेकेदार सम्पर्कमा नआएको उहाँले बताउनुभयो । ड्रागन हीरा एण्ड नमिता जेभीले रु चार करोड सात लाखको लागतमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

 

पुलको हालसम्म दुवैतर्फको पिल्लरमात्र उठेको छ । सडक डिभिजन कार्यालय दमौलीका इञ्जीनियर कर्ण केसीले पुल निर्माण कार्य सञ्चालन गर्नका लागि निर्माण व्यवसायीलाई म्याद थपका लागि पत्राचार गरिएको जानकारी दिनुभयो ।

 

उहाँले निर्माण व्यवसायीले हालसम्म पुल निर्माण सम्पन्न गर्न नसक्नुका कारणबारे कार्यालयलाई आधार पेश गरेपछि मात्र जरिवाना तिराएर म्याद थप गर्ने वा कालोसूचीमा राखेर पुनःबोलपत्र आह्वान गर्ने प्रक्रिया शुरु हुने जानकारी दिनुभयो ।

ढिलाइप्रति सांसदको चासो

यसैबीच पुल निर्माणमा ढिलाइ भएको गुनासो आएपछि तनहुँ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले चासो व्यक्त गर्नुभएको छ ।
सांसद सिग्देलले पुलको निरीक्षण गर्दै विकासमा निर्माणमा कुनै पनि बहानामा ढिलाइ गर्न नहुने र उक्त पुल प्रदेश सरकारको जिम्मेवारीमा रहेकाले बजेट अभाव नहुने आश्वासनसमेत दिनुभयो ।

 

सडक डिभिजन कार्यालयका प्रमुख काफ्लेले निर्माण व्यवसायीको केही कमजोरीका कारण पुल निर्माणमा ढिलाइ भएको भन्दै अब धमाधम काम शुरु हुने बताउनुभयो ।
उहाँले वर्षा अगाडि नै पुलको ढलान गरिसक्नेसमेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने

    रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने भएका छन । 

माओवादीका केन्द्रीय सल्लाहकार शर्मा एमालेमा प्रवेश

    विराटनगरका पुराना वाम बुद्धिजीवी तथा प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्मा नेकपा माओवादी

४० अर्ब निक्षेप खिच्दै नेपाल राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बुधबार ४० अर्ब रूपैयाँ खिच्ने भएको

सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्र श्रेष्ठ भेट

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार