‘साइनाे’ बनाउदै नेपालकी पहिलो नायिका भुवन चन्द



हाम्रो इकोनोमि

 

 

नेपाली चलचित्र क्षेत्रकी पहिलो नायिका भुवन चन्दले चलचित्र निर्माण गर्ने भएकी छिन् ।

चन्दले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै चलचित्रको निर्माणको अफिसियल घोषणा गरेकी हुन् ।

चलचित्रको नाम साइनो राखिएको छ ।

चलचित्र पारिवारिक प्रेम कथा वरिपरि रहने छ ।

यो चलचित्रलाई रमेश थापाले निर्देशन गर्ने भएका छन् ।

चलचित्रमा भुवन चन्द स्वयम् देखिने भएकी छिन् भने उनीसँगै निता ढुङ्गाना, मिरुना मगर, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, शिखा तामाङ, राजा राजेन्द्र पोखरेको साथमा नव–कलाकार राज कुमारको अभिनय रहने छ ।

चलचित्रको  सोमबारबाट नै छायाङ्कन सुरु हुने छ ।

४० दिनको छायाङ्कन सेड्युल राखिएको चलचित्रको लेखन अभिमन्यु निरबीको रहेको छ भने बनिष शाहको सम्पादन रहेको छ ।

त्यस्तै चलचित्रमा छायाङ्कन रामेश्वर कार्की, कोरियोग्राफी रामजी लामिछानेको रहने छ भने एक्सन रोशन विक्रम भट्टराई र सङ्गीत वसन्त सापकोटाको रहने छ ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...