‘साइनाे’ बनाउदै नेपालकी पहिलो नायिका भुवन चन्द



 

 

नेपाली चलचित्र क्षेत्रकी पहिलो नायिका भुवन चन्दले चलचित्र निर्माण गर्ने भएकी छिन् ।

चन्दले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै चलचित्रको निर्माणको अफिसियल घोषणा गरेकी हुन् ।

चलचित्रको नाम साइनो राखिएको छ ।

चलचित्र पारिवारिक प्रेम कथा वरिपरि रहने छ ।

यो चलचित्रलाई रमेश थापाले निर्देशन गर्ने भएका छन् ।

चलचित्रमा भुवन चन्द स्वयम् देखिने भएकी छिन् भने उनीसँगै निता ढुङ्गाना, मिरुना मगर, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, शिखा तामाङ, राजा राजेन्द्र पोखरेको साथमा नव–कलाकार राज कुमारको अभिनय रहने छ ।

चलचित्रको  सोमबारबाट नै छायाङ्कन सुरु हुने छ ।

४० दिनको छायाङ्कन सेड्युल राखिएको चलचित्रको लेखन अभिमन्यु निरबीको रहेको छ भने बनिष शाहको सम्पादन रहेको छ ।

त्यस्तै चलचित्रमा छायाङ्कन रामेश्वर कार्की, कोरियोग्राफी रामजी लामिछानेको रहने छ भने एक्सन रोशन विक्रम भट्टराई र सङ्गीत वसन्त सापकोटाको रहने छ ।

प्रतिक्रिया दिनुहोस
नियमन सम्भव नभएपछि टिकटक प्रतिबन्ध : सञ्चार मन्त्रालय

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकका गतिविधि नियमन गर्न

दुर्गा प्रसाईँको अभियानमा आएका महिलामाथि दुर्व्यवहार

    दुर्गा प्रसाईंले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका लागि उपत्यका बाहिरबाट आएका

टिकटक बन्दको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन

    टिकटक बन्द गर्ने सरकारको निर्णयबिरुद्ध युवाहरुको एक समूहले काठमाडौंमा माइतिघरमा प्रदर्शन

‘को–हजबेन्ड’ ले क्यानडामा जित्यो उत्कृष्ट सर्ट फिल्म अवार्ड

    नेपालको बहुपति प्रथामा आधारित वृत्तचित्र ‘को–हजबेन्ड’ (सहायक श्रीमान) ले क्यानडामा नगद