पहिलो पटक दनुवार सांस्कृतिक महोत्सव हुँदै



हाम्रो इकोनोमि

जिल्लाको दुधौली नगरपालिकामा नेपालमै पहिलोपटक दनुवार सांस्कृतिक महोत्सवको आयोजना हुनेभएको छ । मङ्सिर ३ गते नगरपालिका–६ हर्षाहीमा महोत्सवको आयोजना गरिने भएको हो ।

दनुवार जागरण समितिको दोस्रो जिल्ला अधिवेशन तथा सांस्कृतिक महोत्वसको आयोजना गर्न लागिएको समितिका जिल्ला अध्यक्ष विषमलाल अधिकारी दनुवारले जानकारी दिनुभयो । दनुवार समुदायको महानपर्व बड्की एकादशी (हरिबोधिनी एकादशी)को अवसर पारेर अधिवेशन तथा सांस्कृतिक महोत्वसको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

महोत्सवमा बड्की नाच, दनुवार संस्कृतिको घरलगायत दनुवार समुदायसँग सम्बन्धित अन्य नाच तथा भौतिक संरचना देखाइने छ ।
कार्यक्रममा देशभरिबाट स्थानीय, प्रदेश, सङ्घीय तथा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दनुवार समुदायका व्यक्तित्वलाई सम्मान गर्ने समेत कार्यक्रम रहेको छ । नेपालमा सबैभन्दा बढी दनुवार समुदायको बसोबास रहेको सिन्धुली जिल्ला र त्यसमा पनि कमला खोँज क्षेत्र रहेकाले यस क्षेत्रमा निकट भविष्यमै दनुवार सङ्ग्रहालय बनाउने योजना रहेको पनि आयोजकले बताएको छ ।

महोत्वसमा दनुवार समुदायले दैनिकजसो प्रयोग गर्ने माछाको परिकार, घुँगी, बयिया रोटी लगायतका परिकार दनुवार संस्कृति अनुसार बनेका घरभित्र बसेर खाने व्यवस्था महोत्वसमा गरिने पनि आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...