अष्ट्रेलियामा रोमान्टिक मुडमा भेटिए दिपक र दिपा



हाम्रो इकोनोमि

 

चलचित्र ‘छक्का पन्जा ३’ रिलिज भएको आज ३८ दिनमा प्रवेश भएको छ । यो चलचित्र अहिले पनि मल्टिप्लेक्स हलहरुमा यो चलचित्र लागिरहेको छ । चलचित्रको सफलता संगै यस चलचित्रका टिम अस्ट्रे लिया टुर गएका छन् ।

 

दिपक राज गिरी र उनका छोरा प्रसिद्द गिरी , दिपाश्री निरौला, अनुराग कुँवर गत शुक्रबार अस्ट्रेलिया गएका हुन् । त्यहाँ दर्शकहरुसंगै बसेर फिल्म छक्का पन्जा ३ हेर्ने उनीहरुले जनाएका छन् । शनिबार अस्ट्रेलिया पुग्नासाथ दिपाश्रिले सामाजिक संजालमार्फत जानकारी दिएकी थिइन् ।

 

दिपाश्री नेपाली चलचित्र क्षेत्रकी सफल हास्यकलाकार तथा निर्देशक हुन् । अस्ट्रेलिया पुगेर उनले सुन्दर तस्विरहरु सेयर गर्न भ्याईसकेकी छिन् । सिनेमा ‘छक्का पञ्जा ३’ प्रदर्शन भइरहेको छ । असोज २४ गतेदेखि प्रदर्शनमा आएको यो सिनेमा नेपालमा सफ लतापूर्वक कारोबार गर्ने सिनेमा हो ।

 

योे सिनेमाले नेपाली सिनेमाको इतिहासमै सबैभन्दा धेरै कमाउने सिनेमाको रेकर्ड राखिसकेको छ ।नेपालमा सफलतापूर्वक प्रदर्शन भइरहेको यो सिनेमा विदेशमा पनि सफलतापूर्वक प्रदर्शन भइरहेको छ । अमेरिकाको टेक्सासको डालसमा अहिलेसम्मकै धेरै पटक प्रदर्शन हुने सिनेमाको रेकर्डसमेत ‘छक्का पञ्जा ३’ ले राखिसकेको छ ।

 

अमेरिकासँगै यो सिनेमालाई अष्ट्रेलियामा पनि दर्शकको उस्तै साथ मिलिरहेको छ । अष्ट्रेलियामा सिनेमालाई साथ दिएका दर्शकलाई धन्यवाद दिन र माया बाँड्नका लागि सिनेमाको टोली शुक्रबार साँझ अष्ट्रेलिया पुगेको हो ।

 

यो यात्रामा सिनेमाकी निर्देशक दीपाश्री निरौला, कलाकार दीपकराज गिरी, बुद्धि तामाङ, अनुराग कुवँरसँगै दीपकराज गिरीका कान्छा छोरा प्रसिद्ध गिरी छन् ।

 

यो टोलीले झण्डै एक साता अष्ट्रेलियामा रहेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरेर फर्किनेछ ।नेपालका सरकारी विद्यालयमा हुने राजनीति र त्यसले विद्यार्थीहरुको भविष्यमा पारेको असरलाई मुख्य विषय बनाएको यो सिनेमामा दीपकराज गिरी, दिपिका प्रसाईँ, केदार प्रसाद घिमिरे, जितु नेपाल, निर शाह, अनुराग कुवँर, संजोग कोइराला, प्रियंका कार्की, स्वस्तिमा खड्कालगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...