मोटरसाइकलको ठक्करबाट एकको मृत्यु



हाम्रो इकोनोमि

बाराको कलैया उपमहानगरपालिका–२७ मा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको बारा प्रहरीले जनाएको छ । आज बिहान ५ बजे शौच गर्नका लागि निस्केकी ७० वर्षीया धुरपतीदेवी यादवको घटनास्थलमा मृत्यु भएको प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिनुभयो ।

ना९२प ९०८६नंको मोटरसाइकलले धुरपतीलाई ठक्कर दिएको थियो । ठक्कर दिने कलैया उपमहानगरपालिका–२७ का २७ वर्षीय राजु मालीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता राठौरले बताउनुभयो । मोटरसाइकल पनि प्रहरी नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...