बारामा मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु



हाम्रो इकोनोमि

बाराको कलैया उपमहानगरपालिका–२७ मा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

आज बिहान ५ बजे शौच गर्नका लागि निस्केकी ७० वर्षीया धुरपतीदेवी यादवको घटनास्थलमा मृत्यु भएको प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिनुभयो ।

ना९२प ९०८६नंको मोटरसाइकलले धुरपतीलाई ठक्कर दिएको थियो ।

ठक्कर दिने कलैया उपमहानगरपालिका–२७ का २७ वर्षीय राजु मालीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता राठौरले बताउनुभयो ।

मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...