एक बालकले ६१ वर्षेलाई गोली ठोकेर मार्यो
अमेरिकाको न्युजर्सीमा एक १६ वर्षे बालकले ६१ वर्षको मानिसलाई गोल हानेर मारेको छ । १६ वर्षेेले बिहीबार राति भारतीय मुलका सुनील एडलालाई गोली हानेर मारेको हो ।
तेलंगनाका एडला आफ्नी आमाको ९५ औं जन्मजयन्ती मनाउन परिवारसहित अर्को महिना भारत आउँदै थिए । स्थानीय मिडियाका अनुसार नाइट सिफ्टको जागिर खानका लागि अफिस जाँदै गर्दा बेंन्टनोर शहरमा उनको गोली हानी हत्या भएको हो ।
पुलिसले आरोपीलाई शनिबारै पक्राउ गरेको छ । नाबालिग भएका कारणले उसको नाम भने नखुलाइएको प्रहरीले बताएको छ ।
एडला ३० वर्षदेखि हस्पिटालिटी उद्योगमा काम गर्दै आएका थिए ।
पोष्टमार्टम रिपोर्ट अनुसार एडलामाथि थुप्रै गोली प्रहार भएको थियो र घटनास्थलमै ज्यान गएको थियो । आरोपमा भारतीय मुलका सीईओ सिलिकन बैलीलाई पनि गिरफ्तार गरिएको छ ।
गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या
रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेका हुन् ।
बुढाले शनिबार राति २ बजेको समयमा श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानी र छोरा स्वयमप्रकाशलाई खकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । स्थानीयले खबर गरेपछि घटनास्थलमा पुग्दा आमाछोरा हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।
बुढाले श्रीमती र छोराको हत्यापछि आत्महत्याको प्रयास गरेको उहाँले बताउनुभयो । बुढाले आफ्नै घाँटीमा खुकुरी प्रहार गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । बुढाले मदिरा सेवन गरी श्रीमती र छोराको हत्या गरेको बुझिएको र बाँकी अनुसन्धान गर्न बाँकी रहेको खड्काको भनाइ छ । बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्थानीयवासीले भने बुढा मानसिक रूपमा स्वस्थ नरहेको बताएका छन् । बुढा यसअघि पाँच दिन जङ्गलमा बसेका थिए । परिवारले खोजी गरी घर ल्याई धामीझाँक्री गरेको र उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेका बेला घटना भएको स्थानीयवासीको भनाइ छ । बुढा परिवारमा यसअघि पनि पटकपटक झगडा हुने गरेको थियो ।
चन्दननाथ नगरपालिकाको गाडीमा आगजनी
चन्दननाथ नगरपालिकाको गाडी अज्ञात समूहले जलाएका छन् । चन्दननाथ नगरपालिकाको प्राङ्गणमा राखिएको क१झ १ नंको गाडी राति एक बजे जलाएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।
राति करीब १ बजे नगरपालिकाका पाले बिष्णुप्रसाद न्यौपानेले गाडी आगलागी भएको थाहा पाएको र सबैलाई जानकारी गराएको बताउनुभयो ।
घटनापछि टोलमा आफू कराएपछि सबै जम्मा भएर आगो निभाउने प्रयास ग¥यौँ, पछि प्रहरी र सेना आएर आगो निभाएको उहाँले बताउनुभयो । गाडीको माथिल्लो भाग पुरै जलेको छ । जलेको गाडी रु ४० लाख बराबरको भएको निमित्त प्रशासकीय अधिकृत ज्ञानेन्द्र बुढ्थापाले जनाउनुभयो । नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत रारा भ्रमणमा गएको नगरपालिकाले जनाएको छ ।
यता जिल्लाको गुठीचौर गाउँपालिकाको कार्यालयमा तोडफोड गरी कम्प्युटरसहित इलेक्ट्रोनिक सामग्रीहरु नष्ट गरिएका छन् । डिजिटल गाउँपालिकाको रुपमा लाखाँैका सामग्री नष्ट भएको प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिका आगजनी गर्ने प्रयास गरिएको तर सफल नभएको जस्तो छ । केही महत्वपूर्ण कागजातहरु समेत जलाएका छन् उहाँले बताउनुभयो ।
यसैगरी गाउँपालिकामा जडान गरिएको सिसी क्यामेरा चुडेर फालिएको छ । घटनास्थलको वास्तविक अवस्था बुझ्न आफू गुठचौर पुगेको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । यता घटनाको विवरणसहित अनुसन्धान शुरु भएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।