सुटुक्क अमेरिका पुगेका मुख्यमन्त्री राईको को हुन् त दुलही ?



 

 

घाँटीको उपचारका लागि भनेर थाइल्याण्ड गएका प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई अचानक अमेरिका पुगे । बै‌ककस्थित ब्रुमुनग्राड इन्टरनेशनल अस्पतालमा उनेको घाँटीको परीक्षण भयो । त्यसको रिपोर्ट कात्तिक २७ मा मात्रै आउने भएपछि उनी अमेरिकातर्फ गएको बताइयो । अमेरिका भ्रमण उनको निजी र पारिवारिक भएको खबरहरु सार्वजनिक भएका छन् ।

 

 

सम्बद्धस्रोतको दावीअनुसार चाहिँ उनी बिहेको कुरा छिन्न अमेरिका गएका हुन् । बिहे निजी भएकोले उनको अमेरिका भ्रमण पनि निजी तवरबाटै तय गरिएको छ –स्रोत भन्छ । अर्थात उनको भ्रमणको दायित्व सरकारले व्यहोरेको छैन ।

 

अमेरिकामा व्यापार गर्दै आएको एक जनजाति पारिवारकी ३० वर्षीय युवतीसँग मुख्यमन्त्री राईको कुरा चलेको बताइन्छ । अमेरिकाको न्युयोर्कमा रहेका मुख्यमन्त्री राई आफन्त साथीभाईहरुकोमा दिन मिलाएर बस्दै आएका छन् । उनी कुनै होटलमा बसेका छैनन् ।

 

 

बिवाह मुख्यमन्त्री राईको निजी मामिला भए पनि सार्वजनिक उच्च पदमा रहेका कारण उनका निजी विषय पनि जनचासोमा पर्नु स्वाभाविक हो । तर मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदी भन्छन्, ‘विवाह सम्बन्धी कुरा सत्य हाेइन ।

 

मुख्यमन्त्रीलाई विवादमा तान्ने प्रयास भइरहेकोले यो विवाहको कुरा पनि त्यस्तै त हैन भन्ने मलाई लागेको छ । अमेरिकामा पत्रकार कुटिएको कुरालाई जबर्जस्ती मुख्यमन्त्रीसँग जोड्नु, अमेरिका भ्रमणलाई ‘गुपचुप’ भनिनु आदिले शंका उब्जाएको छ ।’

 

शेरधन राई यसअघि केन्द्रमा संञ्चारमन्त्री हुँदा उनको विवाह नेमकिपाकी सांसद अनुराधा थापामगरसँग हुने चर्चा चलेको थियो । तर त्यो चर्चा त्यसै सेलायो । अहिले पुन शेरधन राईको विवाहको कुरा निस्केको छ । अमेरिकाकी युवतीसँग राईको विवाहको कुरा यदि हो भने ती युवती को हुन् त ? यो विषय अहिलेसम्म गोप्य नै राखिएको छ ।

 

 

एक पटक युवा संघकै युवती केन्द्रीय सदस्यले शेरधन राईले आफूमाथि शोषण गरेको आरोप लगाउदै विभिन्न मिडिया चहारेकी थिइन् । तर ती युवतीको कुरामा शंका गर्ने प्रशस्त आधारहरु देखिएपछि उनको विषयले महत्व पाएन् । विवाद भने सिर्जना गरेको थियो ।

 

घुम्ती शिविरबाट दुई सय लाभान्वित

म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–६ पाखापानीको कोटगाउँमा शनिबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट २०० जनाभन्दा बढी लाभान्वित भएका छन् ।

 

गाउँपालिका र वडा कार्यालयको संयोजनमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा सम्पन्न शिविरबाट २०६ जनाले गाउँमै नागरिकता, ज्येष्ठ नागरिक परिचयपत्र, स्वास्थ्य उपचार, तस्वीरसहितको मतदाता नामावली दर्तालगायतका सेवा पाएका छन् ।

 

जिल्ला प्रशासन कार्यालयको टोलीले ३८ लाई नयाँ र आठ जनालाई प्रतिलिपी नागरिकता प्रमाणपत्र वितरण गरेको प्रजिअ लीलाधर अधिकारीले जानकारी दिनुभयो । २३ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । बेनी अस्पतालका चिकित्सकको टोलीले ७१ जनाको निःशूल्क स्वास्थ्य परीक्षण, परामर्श र औषधि वितरण सेवा दिएको छ ।

 

१८ जनाको जन्मदर्ता, २ मृत्यु दर्ता, २३ महिला र २३ जना पुरुषको तस्वीरसहितको मतदाता नामावली दर्ता भएको छ । सशस्त्र प्रहरीको टोलीले ‘एक वडा एक हेलीप्याड’ कार्यक्रमका लागि सम्भाव्यता अध्ययन गरेको छ । जिल्ला प्रहरी कार्यालयले विद्यार्थी र युवायुवतीलाई लागुऔषध दुव्र्यसनीविरुद्ध प्रशिक्षण दिएको छ ।

 

कोटगाउँ, ठाडाखानी, रायखोर, चिमखोला, दर्मीजा, कुइनेखानीलगायत दुर्गम बस्तीका बासिन्दाले शिविरबाट सेवा लिएका वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो । भौगोलिक विकटताका कारण सदरमुकामका कार्यालयमा पुगेर सेवा लिन नसकेका सर्वसाधारणलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

 

प्रवासी पूर्वविद्यार्थीको पहलमा कक्षाकोठा भवन निर्माण 

प्रवासमा रहेका पूर्वविद्यार्थीको पहलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित ज्ञानप्रकाश माविमा कक्षाकोठा भवन निर्माण भएको छ । बेलायती पूर्वगोर्खा सैनिकको पहलमा पहार ट्रस (कोष) नेपालको सहयोगमा आठकोठे पक्की भवन निर्माण भएको हो ।

 

कोषको रु ७२ लाख ११ हजार २१७ र विद्यालयको रु २५ लाख १० हजार ८७ गरी कूल रु ९७ लाख २१ हजार ३०४ को लगानीमा दुईतले भवन निर्माण भएको व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जाले जानकारी दिनुभयो । भवन निर्माणका लागि सहयोग भित्र्याउन बेलायतको गोर्खा सैनिकका सेवा निवृत दानावासीले पहल गरेका थिए ।

 

कक्षा ११ र १२ को पठनपाठन सञ्चालनका लागि उक्त भवन प्रयोगमा ल्याउने योजना रहेको प्रअ शान्तबहादुर नेपालीले बताउनुभयो । यसअघि भवन अभावमा ११ र १२ कक्षाको पठनपाठन बिहानको समयमा सञ्चालन हुँदै आएको थियो । नयाँ भवन बनेपछि सबै कक्षा दिवा सञ्चालन हुने भएको छ । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा ३५८ विद्यार्थी छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्