कुन राशिका लागि अति शुभ छ मंसिर महिना ? हेर्नुहोस् मंसिर महिनाको मासिक राशिफल



 

मेष राशिः मेष राशिका लागि मंसिर महिना सामान्य खालको रहेको छ। मंसिर महिनामा सूर्य आठौँ स्थानमा रहेकाले तपाईको स्वास्थ्यमा पिडा देखिन सक्छ। मन अशान्त रहला । चिन्ताले सताउला । कलहमा फँस्नुपर्ने देखिन्छ भने आर्थिक संकट पर्नेछ। बाथ पित्तको रोगले सताउला । नराम्रो स्थानको वास होला ।

 

 

मंगल ग्रह तपाईको एकादश स्थानमा भ्रमण गरेकोले धनमाल लाभ होला । काम कार्यमा गरिएको प्रयास सफल होला । झुटो आरोप लाग्न सक्छ । यो मास सूर्य, शुक्र, अशुभ मंगल शुभ तथा बुध सामान्य हुनाले शुभ अशुभ दुवै फल देवा ।

 

 

बृष राशिः यो मास सूर्यले तपार्यको सातौँ स्थानमा भ्रमण गरेकाले तपाईको विदेश यात्रा हुने देखिन्छ । पेट तथा गुदमार्गको रोग लाग्ने देखिन्छ भने मान हानीको योग रहेको छ। पुत्र तथा परिवारमा झमेला देखा पर्न सक्छ भने व्यापारमा सफलता मिल्ने देखिन्छ।

 

मंगल ग्रह तपाईको दशौँ स्थानमा रहने भएकाले कार्यमा सफलता मिल्न कठिन होला । खानपानमा समस्या हुने देखिन्छ भने धन प्राप्तीको योग रहेको छ। १२ गतेबाट शुक्र ग्रह तपाईको छैटौँ स्थानमा प्रवेश गर्ने भएकाले विपत्ति पर्ला । परिवारबाट धोका हुनसक्छ विचार पुर्याउनु होला।

 

 

मिथुन राशिः यो महिना सूर्य तपाईको छैटौँ स्थानमा रहेको हुनाले शत्रु नाश होलान् । विजय प्राप्त होला । रोग नाश हुनेछ भने राजा मित्रजनबाट धन लाभ होला । काम गर्ने जोश जाँगर बढे्र जानेछ भने परिक्षाबाट सफलता मिल्ला । यो साता मंगल ग्रह नवौँ स्थानमा रहने हुनाले पैसाको नास होला । रोग व्यादिले सताउनेछ भने १२ गतेबाट शुक्र तपाईको पाँचौँ स्थानमा प्रवेश गर्नाले नोकरीमा पद वृद्धि होला, आर्थिक उन्नती हुनेछ।

 

कर्कट राशिः यो मास सूर्य तपाईको पाँचौँ स्थानमा रहने भएकाले दुख कष्ट व्यहोर्नु पर्ला। मनमा अशान्तीले डेरा जमानउेछ भने मानसिक पिडा हुने देखिन्छ। शरीर थकानले हैरान बनाउला। ज्वरो घाउ, चोट पटक, कलहमा फँस्नुपर्ला, स्त्री तथा पुत्रबाट धोका हुनेछ भने १२ गतेबाट शुक्र चतुर्थ स्थानमा जानले मित्रजनबाट सुख सहयोग प्राप्त हुनेछ भने स्त्री तथा परिवारजनबाट सुख हुनेछ । शुक्र बाहेक अरु ग्रह अशुभ रहेकाले अशुभ फल बढी हुन्छ । गरु र देवताकै शक्ति प्राय देवीको उपसनाले सफल होला ।

सिहं राशिः यो मास सूर्य तापाईको चर्तुथ स्थानमा प्रवेश गरेकाले तपाईलाई रोग तथा दुखले सताउला । काममा बाधा अवरोध खडा होला। अपमान सहनुपर्ला। मंगल ग्रह तपाईको सातौँ स्थानमा भ्रमण गरेकाले स्त्रीसँग कलह हुनेछ भने नेत्र रोगले सताउला । १२ गतेबाट शुक्र तृतीय स्थानमा प्रवेश गरेकाले तपाईलाई उपकरण तथा औजार, मालसामान प्राप्त होला । यो महिना शुक्र र बुधको प्रभावले शुभ अशुभ दुवै वरावरी फल मिल्नेछ।

 

कन्या राशिः कन्या राशिका लागि यो महिनाको सुरुवात कुटुम्बसँग विवाद पर्न सक्छ । पारिवारिक कलह होला । शिर, मुख र नेत्र रोगले सताउने देखिन्छ भने काममा सफलता मिल्न कठिन होला । महिनाको मध्य समयमा धन हानी, मानसिक चिन्ता जस्ता समस्या देखिने सम्भावना रहेको छ भने २२ गतेबाट काममा सफलता मिल्ने छ। पद प्रतिष्ठामा पदोन्नती, शत्रुसँग सम्झौता हुनेछ ।

ला राशिः तुला राशिका लागि मंसिर महिना सामान्य खालको रहेको छ। सुरुका दिनमा आर्थिक हानी, आफन्तजनमा कलह उत्पन्न हुने देखिन्छ । दोस्रो साता मंगलग्रह पाँचौँ स्थानमा रहेकाले ज्वरोले सताउने, धन नास हुने देखिन्छ भने बुध ग्रह तपाईको दोस्रा स्थानमा भ्रमण गरेकाले मान सम्मानमा वृद्धि, धन लाभ, कुटुम्बबाट सुख प्राप्त होला, शुत्रुहरु नास भएर जालान्।

 

बृश्चिक राशिः बृश्चिक राशि हुनेहरुका लागि मंसिर महिना राम्रो रहेको छ। महिनाको सुरुवातमा केही समस्या देखिए पनि दोस्रो र तेस्रो साता भने निकै शुभ रहेको छ। मंगल ग्रहका प्रभावले तपाईको मंसिर महिनाको दोस्रो साता धन लाभ हुनेछ, उमनमा उत्साह छाउनेछ, स्वादिष्ठ भोजन मिल्ने देखिन्छ भने अध्यनमा सफलता मिल्ने छ।

 

धनु राशिः धनु राशि हुनेहरुका लागि यो मंसिर महिना मध्यम रहेको छ। महिनाको सुरुवातमा मित्रसँग कलह, धन नाश हुने देखिन्छ भने विपक्षीबाट हानी होला, अधिक परिश्रम गर्नुपर्ने देखिन्छ। महिनाको मध्य र तेस्रो साता शुभ रहेको छ। धन लाभ, स्वास्थ्यमा सुधार, प्रेममा सफलता मिल्नेछ भने टाढाको यात्रा गर्ने योग रहेको छ।

 

मकर राशिः मकर राशि हुनेहरुका लागि मंसिर महिना त्यति उत्तम देखिन्दैन । स्वास्थ्यमा समस्या, खानपानमा गडबडी, धन नास हुने समस्या देखिने छ भने दोस्रो साता सामान्य खालको रहेको छ। यो साता धन लाभ स्वास्थ्यमा सुधार, अध्यनमा प्रगती हुने देखिन्छ । यो महिना शुभ फल भन्दा अशुभ फल बढी मिल्ने देखिन्छ।

 

कुम्भ राशिः यो महिना सूर्यले तपाईको दशौँ स्थानमा प्रवेश गरेकाले कर्म प्राप्ती होला । मान्यजनको आर्शिवाद तथा सहयोग प्राप्त होला । पद प्रमोशन हुने योग रहेको छ भने काममा सफलतला मिल्नेछ। बुध ग्रह तपाईको जन्मराशिमा भ्रमण गरेकाले तपाईलाई अत्यन्त शोक सन्ताप पर्नसक्छ । धनको हानी होला । मनमा भए। दुर्जनबाट कष्ट मिल्ने देखिन्छ भने रक्तचापबाट पीडित हुनुपर्ने देखिन्छ ।

 

मीन राशिः सूर्यले नवौँ स्थानमा मीन राशिको भ्रमण गर्ने हुनाले स्वास्थ्यमा हानी नोक्सानी होला। आफन्तबाटै धोका होला । पित्त रोगले सताउने देखिन्छ । शुक्र ग्रह तपाईको सातौँ स्थानमा भ्रमण गर्नाले स्त्रीमा पिडा, शोक सन्ताप हुनसक्छ । १२ गतेबाट शुक्र आठौँ स्थानमा जाने हुनाले सम्पत्ति र सुखमा वृद्धि हुने देखिन्छ भने दुख नास हुनेछ। स्वास्थ्य अनुकुल हुँदा मन चँगा हुनेछ भने मनले चिताएका कार्य पूरा हुनेछन्।

प्रतिक्रिया दिनुहोस
रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने

    रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण

प्रधानमन्त्रीद्वारा एसियाली जनसंख्या सम्मेलनको उद्घाटन

    आजदेखि काठमाडौंमा सुरु भएको छैटौं एसियाली जनसंख्या सम्मेलनको उद्घाटनमा फरक शैली

३८ अंकले बढ्यो नेप्से, ९ अर्बको कारोबार

    बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले बढेर बन्द भएको छ

संविधान संशोधनमा कांग्रेस-एमालेबीच साझा धारणा बन्छ : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठूला दलको सातबुँदे सहमतिलाई संस्थागत