गायिका अञ्जु पन्त देखाएर क्रिश्चियन धर्मको प्रचार



हाम्रो इकोनोमि

 

पछिल्लो समयमा बिभिन्न अभियान चलाएर धार्मिक रुपमा क्रिश्चियन बनाउने अभियान नै चलेको छ । यस्तै अभियान हिमालपारीको जिल्ला मुस्ताङ्गमा पनि देखिएको छ ।

 

मुस्ताङ्गमा चर्चित गायिक अञ्जु पन्तलाई प्रयोग गरेर क्रिश्चियन धर्मको प्रचार गरिएको हो । गायिक अञ्जु पन्त कार्यक्रममा आउने भन्दै सर्बसाधरणहरुलाई आउन आग्रह गरिएको पोष्टर अझै पनि मुस्ताङ्गका भित्ताहरुमा देख्न सकिन्छ ।

 

मुस्ताङ्ग घुम्न गएका सुनसरी धरानका रमेश वान्तावाले मुस्ताङ्गमा री पोष्टर टाँसिएको बताए । गत १८ असोज २०७५ मा आईएफजिएफ, नेपाल र मुस्ताङ्ग ईसाई समुदायको आयोजनमा मुस्ताङ्गमा क्रिश्चियनहरुको वृहत प्राथना सभा र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।

 

अञ्जुले गीत गाउने कार्यक्रमको अतिथिका रुपमा दानियल हानाफीको तस्बिर राखिएको छ ।दानियल इसाई धर्मका अगुवा धर्म प्रचारक हुन् । उनले एसिया र अफ्रिकाका देशहरुमा क्रिश्चियन धर्मको सुपरभाइज गर्छन् । IFGF भनेको InternationalFull Gospel Fellowship को संक्षिप्त रुप हो। यसको उद्देश्य धेरैदेशमा चर्चहरु बनाउने हो।

 

स्थानीयबासहीहरुका अनुसार १८ असोजमा गुरु दानियलसँगै गायिका पन्त पनि त्यहाँ पुगेकी थिइन् । रोगीहरुको लागि प्राथना भन्दै वृहत प्राथनासभा समेत राखिएको थियो । कार्यक्रममा गुरु दानियलले क्रिश्चियन धर्मको बारेमा व्याख्या गरेका थिए ।

मुस्ताङमा पछिल्लो पटक जनगणना हुँदा १३ हजार ४५२ जनसंख्यामा सबभन्दा बढी बौद्ध धर्मावलम्बी (८ हजारं) त्यसपछि हिन्दु (५ हजारं) थिए भने क्रिश्चियनको संख्या १ सय ५२ मात्रै थियो । तर, स्थानीयबासीहरुका अनुसार पछिल्लो समयमा धर्म परिवर्तनको तिव्र लहर नै चलेको छ ।

 

गत ७ कात्तिकमा बर्दियाको गुलरिया नगरपालिकास्थित बजार क्षेत्रमा घरदैलो गरेरै क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै हिँडेका एक अष्ट्रेलियन महिलासहित पाँचजनालाई प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको थियो ।

 

प्रहरीले ईसाई धर्म प्रचार गर्दै हिँडेका ४ जना नेपालीसहित एकजना अष्ट्रेलियन महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए ।

 

गत ७ कात्तिकमा बर्दियाको गुलरिया नगरपालिकास्थित बजार क्षेत्रमा घरदैलो गरेरै क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै हिँडेका एक अष्ट्रेलियन महिलासहित पाँचजनालाई प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको थियो ।

 

प्रहरीले ईसाई धर्म प्रचार गर्दै हिँडेका ४ जना नेपालीसहित एकजना अष्ट्रेलियन महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...