गायिका अञ्जु पन्त देखाएर क्रिश्चियन धर्मको प्रचार



हाम्रो इकोनोमि

 

पछिल्लो समयमा बिभिन्न अभियान चलाएर धार्मिक रुपमा क्रिश्चियन बनाउने अभियान नै चलेको छ । यस्तै अभियान हिमालपारीको जिल्ला मुस्ताङ्गमा पनि देखिएको छ ।

 

मुस्ताङ्गमा चर्चित गायिक अञ्जु पन्तलाई प्रयोग गरेर क्रिश्चियन धर्मको प्रचार गरिएको हो । गायिक अञ्जु पन्त कार्यक्रममा आउने भन्दै सर्बसाधरणहरुलाई आउन आग्रह गरिएको पोष्टर अझै पनि मुस्ताङ्गका भित्ताहरुमा देख्न सकिन्छ ।

 

मुस्ताङ्ग घुम्न गएका सुनसरी धरानका रमेश वान्तावाले मुस्ताङ्गमा री पोष्टर टाँसिएको बताए । गत १८ असोज २०७५ मा आईएफजिएफ, नेपाल र मुस्ताङ्ग ईसाई समुदायको आयोजनमा मुस्ताङ्गमा क्रिश्चियनहरुको वृहत प्राथना सभा र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।

 

अञ्जुले गीत गाउने कार्यक्रमको अतिथिका रुपमा दानियल हानाफीको तस्बिर राखिएको छ ।दानियल इसाई धर्मका अगुवा धर्म प्रचारक हुन् । उनले एसिया र अफ्रिकाका देशहरुमा क्रिश्चियन धर्मको सुपरभाइज गर्छन् । IFGF भनेको InternationalFull Gospel Fellowship को संक्षिप्त रुप हो। यसको उद्देश्य धेरैदेशमा चर्चहरु बनाउने हो।

 

स्थानीयबासहीहरुका अनुसार १८ असोजमा गुरु दानियलसँगै गायिका पन्त पनि त्यहाँ पुगेकी थिइन् । रोगीहरुको लागि प्राथना भन्दै वृहत प्राथनासभा समेत राखिएको थियो । कार्यक्रममा गुरु दानियलले क्रिश्चियन धर्मको बारेमा व्याख्या गरेका थिए ।

मुस्ताङमा पछिल्लो पटक जनगणना हुँदा १३ हजार ४५२ जनसंख्यामा सबभन्दा बढी बौद्ध धर्मावलम्बी (८ हजारं) त्यसपछि हिन्दु (५ हजारं) थिए भने क्रिश्चियनको संख्या १ सय ५२ मात्रै थियो । तर, स्थानीयबासीहरुका अनुसार पछिल्लो समयमा धर्म परिवर्तनको तिव्र लहर नै चलेको छ ।

 

गत ७ कात्तिकमा बर्दियाको गुलरिया नगरपालिकास्थित बजार क्षेत्रमा घरदैलो गरेरै क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै हिँडेका एक अष्ट्रेलियन महिलासहित पाँचजनालाई प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको थियो ।

 

प्रहरीले ईसाई धर्म प्रचार गर्दै हिँडेका ४ जना नेपालीसहित एकजना अष्ट्रेलियन महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए ।

 

गत ७ कात्तिकमा बर्दियाको गुलरिया नगरपालिकास्थित बजार क्षेत्रमा घरदैलो गरेरै क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै हिँडेका एक अष्ट्रेलियन महिलासहित पाँचजनालाई प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको थियो ।

 

प्रहरीले ईसाई धर्म प्रचार गर्दै हिँडेका ४ जना नेपालीसहित एकजना अष्ट्रेलियन महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...