बैङ्किङ ठगीमा १९० जना पक्राउ, अधिकांश बैङ्ककै कर्मचारी



हाम्रो इकोनोमि

 

बैङ्किङ ठगीका घटना फेरि पनि मौलाउँदो क्रममा रहेको केन्द्रीय अनुसन्धान ब्युरोको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको चार महिनामा सीआईबीले बैङ्किङ कसुरअन्तर्गत सात जनालाई पक्राउ गरेर उच्च अदालत पाटनलाई जिम्मा लगाइसकेको छ ।

 

सिटिजन्स इन्टरनेसनल बैङ्क लिमिटेडलाई १ करोड २८ लाख हानी पुर्याउने पाँच जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत भदौमा पक्रेको थियो । बैङ्कको न्युरोड शाखाका कर्मचारी र सुन ऋणीको मिलेमतोमा धितोबापत राखिएको सुन ऋण चुक्ता नहुँदै फिर्ता दिने तथा अपुग सुनसमेत राखेर विभिन्न समयमा ऋण प्रवाह गरेको भन्दै ती सबै व्यक्तिलाई सीआईबीले पक्रिएको हो ।

 

यता, सनराइज बैङ्कको पीओएस मेसिन दुरुपयोग गर्नेलाई पनि प्रहरीले पक्रियो । आयात निर्यातको काम गर्ने भन्दै पीओएस मेसिन लिएर २२ लाख ७७ हजार ४ सय ५२ रुपैयाँ ठगी गर्ने तारकेश्वरका प्रदीप न्यौपानेलाई प्रहरीले पक्रेको थियो । यो त बैङ्किङ कसुरअन्तर्गत भएका पछिल्ला घटना हुन् ।

 

सीआईबीले अनुसन्धान गरेर मुद्दा अघि बढाएका बैङ्किङ कसुरका घटनामा पछिल्लो आठ वर्षमा १ सय ९० जना पक्राउ परिसकेका छन् । हालसम्म २१ अर्ब ३७ करोड ४१ लाख ९ सय ७६ रुपैयाँ बिगो मागदाबी गर्दै उनीहरुमाथि मुद्दा चलाइएको हो । यद्यपि, आव ०७०/०७१ अघिका अधिकांश बैङ्किङ ठगीका केसहरु फैसला भइसकेको छ । गत आर्थिक वर्षमा (२०७४/०७५) बैङ्किङ कसुरअन्तर्गत ५३ जना पक्राउमा परेका थिए । पक्राउ सङ्ख्याको आधारमा यो हालसम्मकै उच्च हो ।

 

यति डेभलपमेन्ट बैङ्क (१ करोड ४० लाख ठगी), नेपाल बैङ्क (१५ करोड ५१ लाख ४३ हजार ९ सय ५), कृषि विकास बैङ्क (४ करोड ४२ लाख ७३ हजार ६ सय ११ रुपैयाँ ठगी), एनआईसी एसिया बैङ्क (६ करोड ७४ लाख ११ हजार १८९ रुपैयाँ ठगी), सिभिल बैङ्क बौद्ध शाखा (३५ लाख ६१ हजार ५ सय ४५ रुपैयाँ ठगी), मञ्जुश्री फाइनान्सियल इन्स्टिच्युसन (३ करोड २१ लाख ८ हजार ६ सय ७२), माछापुछ«े बैङ्क (१ करोड ४२ लाख रुपैयाँ ठगी), तत्कालीन एपेक्स बैङ्क (१ अर्ब ५० करोड ९६ लाख ३ हजार ९ सय ८४) र सामुदायिक लघुवित्त वित्तीय संस्था (२ करोड ५७ लाख ४४ हजार २ सय ५० रुपैयाँ ठगी) गरी ९ वटा बैङ्क तथा वित्तीय संस्थामा बैङ्किङ कसुरअन्तर्गत ठगी भएका हुन् ।

 

धेरैजसो बैङ्किङ ठगी  कमसल धितो राखेर कर्जा प्रवाह गर्ने, चिनजानका आधारमा ऋण प्रवाह गर्ने र बैङ्कका कर्मचारीमा उच्च महत्वाकाङ्क्षा हुँदा ठगीमा संलग्न हुने जस्ता कारण बैङ्किङ ठगी बढेको सीआईबीका डीएसपी श्याम ओलियाले बताए । आर्थिक वर्ष २०६७/०६८ मा सबैभन्दा बढी बैङ्किङ ठगी भएको थियो । त्यसपछिका वर्षहरुमा विस्तारै बैङ्किङ ठगी कम हुँदै गए पनि फेरि पछिल्ला वर्षहरुमा बैङ्किङ ठगी क्रमशः बढ्दै गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...