तीन सातापछि प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा, धपेडी नगर्न चिकित्सकले दिए सुझाव



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेको तीन सातापछि बुधवार पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् ।

 

महाकवी लक्ष्मीप्रसाद देवकोटाको एक सय नवौं जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने भएका हुन् ।

 

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले लक्ष्मी जयन्तीका अवसरमा गर्न लागेको साहित्यिक कार्यक्रम प्रधानमन्त्रीको स्वास्थ्यलाई ख्याल गर्दै बालुवाटारमै हुन लागेको हो । अपरान्ह १ बजे बालुवाटारको हलमा हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी बन्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

 

गत कात्तिक ६ गते बिरामी परेदेखि प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा उपस्थित भएका छैनन् । कात्तिक ६ गते उनी विद्युतीय बस शुभारम्भ कार्यक्रममा सहभागी भएका थिए । चिकित्सकहरुको सुझाव अनुसार प्रधानमन्त्री अहिले पनि आराम गरिरहेकाले बाहिर निस्कन नसक्ने अधिकारीले बताए ।

 

ओलीको उपचारमा संलग्न चिकित्सकहरुले उनलाई धपेडी नगर्न र सकेसम्म बाहिर हुने कार्यक्रममा नजान सुझाव दिएका छन् । मान्छेहरुको भेटघाट रोक्नकै लागि चिकित्सकले उनलाई अस्पतालमा राखेर उपचार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...