वीर अस्पतालको उपकरण खरिदमा १० करोड घोटाला



हाम्रो इकोनोमि

 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) ले इन्ट्रोपेरेटिभ सिटी विथ हाई इन्ड नेभिगेसन सिस्टमसम्बन्धी दुईवटा अत्याधुनिक मेसिन खरिद गर्दा झन्डै १० करोड रुपैयाँ अनियमितता गरेको पाइएको छ ।

 

अस्पताल प्रशासनले मेसिन खरिदका लागि बोलपत्र पेस गर्ने दुई कम्पनीमध्ये नियमविपरीत कम दर पेस गर्ने कम्पनीलाई अस्वीकृत गर्दै टेन्डर दिएर अनियमितता गरेको हो ।

 

प्याथोलोजी, न्युरोलोजी र अंकोलोजी विभागका मेडिकल उपकरणका लागि मेसिन किन्न वीर अस्पताल प्रशासनले १८ जेठ २०७४ मा खरिदसम्बन्धी निर्णय गरेको थियो ।

अस्पतालको खरिद प्रक्रियासँगै मेसिन उपलब्ध गराउनका लागि बायोमेड अन्तर्राष्ट्रिय कम्पनीले प्रतिमेसिन २० करोड ४९ लाख रुपैयाँका दरले दुईवटा मेसिनका लागि ४० करोड ५८ लाखको बोलपत्र पेस गरेको थियो ।

अर्को कम्पनी हिमालयन मेडिटेकले १५ करोड ९५ लाखका दरले ३१ करोड ३० लाख रुपैयाँको बोलपत्र पेस गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...