यमपञ्चकको दोस्रो दिन:आज कुकुर तिहार



 

यमपञ्चकको दोस्रो दिन मङ्गलबार आज्ञापालक र भरपर्दो रक्षकका रुपमा चिनिएको कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदैछ ।

 

यमराजको द्वारपालको रूपमा श्याम र सवल नामक कुकुरले यमलोक जाँदा यमलोकको ढोका खोलिदिन्छन् भनिन्छ । वैवस्यत मन्वन्तर कुलमा जन्मिएका कुकुरले युधिष्ठिरलाई स्वर्ग यात्रा गराएको कथन पुराणमा पाइन्छ । अचेल विभिन्न जातिप्रजातिका कुकुर पाल्ने सोख बढ्दै गएको छ र व्यवसाय पनि निकै फस्टाएको छ ।

 

समाजमा प्रतिष्ठा कायम राख्न पनि राम्रा, आकर्षक र महँगा कुकुर पाल्ने र प्रभातकालीन समयमा कुकुर डो¥याउँदै यत्रतत्र यात्रा गर्ने सहरबजारमा सोखको रुपमा पाइन थालेको छ । कुकुरको सुँघ्न सक्ने क्षमता अन्य जनावरभन्दा धेरै हुने र सँधै चनाखो रूपमा रहन्छ भन्ने मान्यतामा कुकुरलाई सधैँ श्रद्धाभावले हेर्ने गरिन्छ ।

 

शत्रु र मालिकको सहजै पहिचान गर्ने क्षमता कुकुरमा हुन्छ भनिन्छ । घरपालुवाका रुपमा बाहेक बाटोघाटोमा छाडा परेका कुकुरले रेबिज जस्ता रोग नल्याउन् भनेर रेबिजविरुद्धको सुइँ दिने र बन्ध्याकरण गरिदिने समेत हिजोआज व्यवस्था छ ।
लुतो जस्तो घातक सरुवा चर्मरोगले सताएका कुकुरलाई उपचार गर्ने सङ्घ संस्था पनि अचेल निकै पाइन्छन् ।

 

ज्योतिषी एवं ज्योतिर्विज्ञान मञ्चका अध्यक्ष डा। सुनिल सिटौलाका अनुसार कुकुर एकोहोरो रूपमा रोएमा निकै अशुभ मानिन्छ, कुकुरले मालिकको जुत्ता मुखमा च्यापेमा वा नङ्ग्राले भित्ता भूइँ खोस्रेमा पनि अशुभ र लुटपुटिन आए शुभ हुन्छ भन्ने फलित ज्योतिष शास्त्रीय मान्यता रहेको छ ।

 

हिन्दु धर्ममा कुकुरलाई भैरवका रुपमा पुज्ने चलन छ । डा। सिटौलाका अनुसार घरभित्र कुकुर पाल्दा पितृ र देवताले त्यो घरमा भएको धार्मिक कार्यको हभिष्यक ग्रहण गर्दैनन् भनी महाभारतपर्वमा वर्णन गरिएकोले घरभित्र कुकुर पाल्नु राम्रो हुँदैन ।

 

कुकुरलाई जघन्य अपराधका अपराधी पक्राउ गर्न र यससम्बन्धी कला प्रदर्शन गर्ने गरी सुरक्षा निकायले उपयोग गर्दै आएका छन् । यी निकायले कुकुरको क्षमताअनुसार पदीय दर्जा समेत प्रदान गरी कुकुर पूजालाई श्रद्धासुमनका साथ मनाउने गरेका पनि छन् ।

 

यसैदिन नदी खोला त्रिवेणी दोभान वा जलाशययुक्त स्थानमा स्नान गरेर माटो जरा सहितको अपमार्गको विरुवा टाउकोमा तीन पटक घुमाएर खोलामा बगाई नर्क बगाउने प्रचलन पनि छ ।

पशुपतिस्थित चुनचुन बाबाको आश्रममा पालिएका कुकुरलाई यो दिन उत्सवका साथ पूजन गरिँदैछ र आर्यघाटमा नर्क बगाउने व्यवस्था गरिएको छ ।

भारतले बनाइदिएको धर्मशाला व्यापारिक प्रयोजनमा दिने तयारी

पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने तीर्थालुका लागि भारत सरकारले बनाइदिएको धर्मशाला व्यापारिक प्रयोजनमा लगाउने तयारी भएको छ । पशुपति क्षेत्र विकास कोषले टेन्डर खोल्ने अन्तिम तयारी गरेको हो ।

 

 

कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले धर्मशाला सञ्चालनका लागि टेन्डर आह्वानको तयारी अन्तिम चरणमा पुगेको बताए । ‘हामीकहाँ सुविधासम्पन्न धर्मशाला छ । यसको निर्माण कार्य लगभग सकिएको छ ।

 

साता दिनभित्र ठेकेदारले हामीलाई हस्तान्तरण गर्नेछन् । यही अविधिमा टेन्डर पनि निस्कनेछ । प्रतिस्पर्धामा जसको दर रेट धेरै हुन्छ उसैलाई धर्मशाला सञ्चालन गर्न दिइनेछ,’ उप्रेतीले भने ।

 

 

नेपाल सरकार मातहत रहेको नेपाल एकेडमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्टले दिएको प्रतिवेदनका आधारमा धर्मशाला निजी कम्पनीलाई दिन लागिएको हो । प्रतिवेदनमा धर्मशालाका स्विट रुमको प्रतिरात पाँच हजार रुपैयाँ लिने दर रेट तोकिएको छ ।

 

त्यस्तै, डबल बेडसहितको कोठालाई प्रतिरात २२ सय रुपैयाँ र साधारण कोठाको प्रतिबेड तीन सय ५० रुपैयाँ दर राखिएको छ । यही दर रेटका आधारमा टेन्डर आह्वानको तयारी गरिएको उप्रेतीले बताए ।

 

‘धर्मशाला सञ्चालनको अनुभव कोषसँग छैन । त्यसैले निजी कम्पनीलाई नै दिने हो कि भन्ने प्रसंग उठ्यो । यसका लागि अपरेटिङका केही आधार आवश्यक हुने देखियो । हामीले नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्टलाई भन्यौँ । अध्ययनपछि उसले केही आधार दियो र हामी टेन्डर खोल्दै छौँ,’ कार्यकारी निर्देशक उप्रेतीले बताए ।

 

धर्मशाला तारे होटेलजस्तो भएकाले सोही गुणस्तरमा सञ्चालन गर्न ठूलो संख्यामा दक्ष कर्मचारी चाहिने, तर आफूसँग सो सामथ्र्य नभएको कोषले जनाएको छ । धर्मशाला सञ्चालनका लागि ६० भन्दा धेरै कर्मचारी चाहिने उप्रेती बताउँछन् ।

 

‘धर्मशाला तारे होटेलजस्तो बनेको छ । सोही स्तरमा चलाउन दक्ष जनशक्ति चाहिन्छ, तर कोषसँग छैनन् । कोष आफैँले धर्मशाला सञ्चालन गर्दा पनि आउटसोर्स नै प्रयोग गर्ने हो । त्यसो हुँदा एकपटक निजी कम्पनीलाई दिऔँ, परिणाम के हुँदो रहेछ, हेरौँ । चित्त नबुझे पुनर्विचार गर्न सकिन्छ ।’

 

१९ रोपनी जग्गामा बनेको धर्मशालामा ३८८ कोठा
पशुपति क्षेत्र विकास कोषका अनुसार धर्मशाला भारत सरकारको २१ करोड रुपैयाँ आर्थिक सहयोगमा बनेको हो । कोषको १९ रोपनी जग्गामा बनेको धर्मशालामा सुविधासम्पन्न तीन सय ८८ कोठा छन् ।

 

जसमा स्विट रुम र डबल बेडरुम चार–चारवटा छन् । अरू साधारण बेडरुम छन् । १५ भदौमा सम्पन्न बिमस्टेक सम्मेलनमा नेपाल आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मशालाको संयुक्त उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस र एमाले रवि लामिछानेसँग किन तर्सिएको : प्रचण्ड

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैभन्दा सहकारी ठगहरु अहिले सत्ताको

दुर्घटनामा फुटबल खेलाडी कपिलवस्तुको निशान न्यौपानेको निधन

  कपिलवस्तुको बाणगंगा ६ का न्यौपानेको सोमबार राती स्कुटर दुर्घटनामा मृत्यु भएको हो। 

रविमाथिको अनुसन्धानमा प्रचण्ड बोल्नु गलत : गृहमन्त्री लेखक

  गृहमन्त्री रमेश लेखकले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

रौतहटमा स्कारपियो दुर्घटनामा ८ जनाको मृत्यु

  रौतहटमा स्कारपियो गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । पाँच