विद्युत प्राधिकरणका कर्मचारी तास खेल्दाखेल्दै पक्राउ
नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाको नोलाइटमा तास खेलेर बस्ने कर्मचारीलाई प्रहरीले पक्राउ गरी रिहा गरेको छ ।
नोलाइट जस्तो आकस्मिक सेवाका कर्मचारी दैनिक तास खेलेर बस्ने र नोलाइटको फोनसमेत नउठाउने गरेको गुनासो बढेपछि महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले कर्मचारीलाई तास खेल्दै गर्दा गएराति पक्राउ गरेको हो ।
तास खेलिरहेको अवस्थामा नोलाइटमा कार्यरत इञ्जिनियरहरु आशिष नेपाल, अनिल अधिकारी, सुपरभाइजर देशबन्धु दाहाल र हेल्पर रमेश श्रेष्ठलाई पक्राउ गरिएको र पछि रिहा गरिएको प्रहरीले जनाएको छ ।
शाखाका प्रमुख प्रज्वलमान श्रेष्ठले ती कर्मचारी नहुँदा सेवा प्रवाहित हुने भनी अनुरोध गरेपछि छाडिएको हो । प्रमुख श्रेष्ठले शनिबारको दिन आफू कार्यालय नगएकाले कर्मचारीले के गर्छन् भन्नेबारेमा जानकारी नभएको बताए ।
शाखामा विद्युत्को मिटर लिन, मिटर जडान गर्नदेखि खम्बा सार्नसमेत कर्मचारीले पैसा माग्ने गरेको गुनासो आउने गरेको प्रहरीले जनाएको छ ।
मूल्य घटाएर चिनी बिक्री
दशैँ तथा तिहार पर्वमा उपभोक्तालाई चिनी र नुन सहुलियत दरमा उपलब्ध गराउन सुदूरपश्चिम प्रदेशका सात ठाउँमा सञ्चालनमा रहेका सुपथ मूल्य पसलमा शनिबारदेखि चिनीको बिक्री हुन थालेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत असोजमा सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलमा केन्द्रीय कार्यालयको निर्देशनबमोजिम चिनीको बिक्री यस बीचमा झण्डै एक महीना रोकेको थियो ।
कर्पोरेसनले शनिबारदेखि सुपथ मूल्य पसलबाट उपलब्ध गराउन थालेको चिनीको बिक्री मूल्य साबिकको भन्दा रु दुई घटाएर प्रतिकिलो रु ६८ तोकिएको कर्पोरेसनको धनगढीस्थित कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
सुपथ मूल्य पसलमा यसअघि चिनीको बिक्री मूल्य प्रतिकिलो रु ७० तोकिएको थियो । नुन भने साबिकमा तोेकिएअनुसार नै प्रतिकिलो रु १८ मा बिक्री गर्ने व्यवस्था गरिएको छ ।
‘‘चिनीमा सरकारको अनुदान छैन, घाटा व्यहोरेर भए पनि कर्पोरसनले उपभोक्तालाई चिनी र नुन सुपथ मूल्यमा उपलब्ध गराउन थालेको हो,” उहाँले भन्नुभयो । कर्पोरेसनले सुदूरपश्चिम प्रदेशको कैलालीको धनगढी र टीकापुर, कञ्चनपुरको बेलौरी र भीमदत्तनगर, डडेलधुरा र डोटीको दीपायल तथा बैतडीको पाटनमा असोज १४ गतेदेखि नुन र चिनीको सुपथ मूल्य पसल सञ्चालमा ल्याएको हो ।
तराईका बजार क्षेत्रमा नुन प्रतिकिलो रु २० देखि रु २२ तथा चिनी प्रतिकिलो रु ७५ देखि रु ८० सम्म तथा पहाडका बजार क्षेत्रमा नुन प्रतिकिलो रु २० देखि रु २५ तथा चिनी रु ८० देखि रु ९० सम्ममा बिक्री भइरहेको छ ।
कर्पोरेसनले सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलबाट उपभोक्तालाई राहत पुग्ने र केही हदसम्म बजार मूल्यलाई नियन्त्रण गर्ने विश्वास गरिएको छ । कर्पोरेसनले नुन प्रतिकिलो रु २० मा बिक्री गर्दै आएकामा सुपथ मूल्य पसलमा प्रतिकिलोमा रु दुई घटाएर बिक्री गर्ने व्यवस्था गरेको छ ।
९६ वर्षीय हजुरआमाले भनिन्, ‘१ सय वर्षमा १० कक्षा पास गर्छु, अनि मलाई सरकारी जागीर मिलाइदेउ
प्रतिस्पर्धा संसारको हरेक कुनामा हुने गर्छ । चाहे त्यो आर्थिक, विज्ञान र प्रविधिको क्षेमा होस् वा सामान्य सामाजिक विषयमा घरमा नै किन नहोस् । यस्तो एउटा अनौठो घटनाले चर्चा पाइरहेको छ । प्रसंग हो ज्वाई र सासुको प्रतिस्पर्धाको ।
घटना हो भारतको । भारतको केरलामा ९६ वर्षीय हजुरआमा ‘क्लास टपर’ बनेपछि उनी अहिले भाइरल बनिरहेकी छिन् । केरलामा साक्षरता कार्यक्रम अन्तर्गत भएको परीक्षामा ९८ प्रतिशत अंक ल्याउँदै उनी कक्षा टप गर्न सफल भएकी बृद्धको नाम हो कार्तियानी ।
कार्तियानीर उनका ज्वाईले तीन कक्षाको परीक्षा दिएका थिए तर सासूभन्दा १० नम्बर कम ल्याएर ज्वाई दोस्रो बनेका छन् । आफ्ना ज्वाईलाई उछिनेपछि कार्तियानीले प्रतिक्रिया दिँदै ‘म र मेरा ज्वाईं दुवैले परीक्षा दिएका थियौं ।
तर उनले परीक्षामा उत्तर बिर्से । मैले सबै सही उत्तर दिएँ ।’ अझ रोचक कुरा त के छ भने उनले १ सय वर्षमा १० कक्षा पास गरेर सरकारी जागीर खाने इच्छा देखाएकी छिन् । भनेकी छिन् म सय वर्ष हुँदा दश कक्षा पास भैसक्छु । त्यसपछि सरकारी जागिर भए हुन्थ्यो ।