सबैको मन लोभ्याउने धादिङका केरा, केराका घरी खरिद गर्न यात्रुको तँछाडमछाड



 

पृथ्वी राजमार्गको धादिङ क्षेत्रमा झुण्ड्याइएको केराका घरीले ओहोरदोहोर गर्ने यात्रुलाइ आश्चार्य चकित मात्रै पारेको छैन्, उनिहरुको मन समेत लोभ्याउने गरेको छ । विक्रिका लागि राखिएका हरिया र पहेंला केराका घरी खरिद गर्न यात्रु तँछाडमछाड गर्दै पुग्छन् ।

 

केरा खेतीबाट मनग्य आम्दानी हुने भएपछि गजुरी गाउँपालिकाका बस्ती यतिबेला केरा खेतीले भरिएका छन् । रातमाटे, कटुवाखोला, भूमेडाँडा, डाँडागाउँ लगायतका दुई सय किसान परिवार केरा खेतीमै आश्रित छन् । यहाँ २ सय रोपनी बढि क्षेत्रफलमा व्यवसायिक केरा खेती गरिएको छ ।

 

आफ्नै जन्मथलोमा परिवारसँग बसेर काम गर्न पाउनु नै जीवनको सबैभन्दा ठूलो खुसी मान्छन् यहाँका किसान । दैनिक ३ देखि ५ हजारसम्म आम्दानी गरेका किसान बर्षभरिमा ६० लाखसम्म कमाउने गर्छन् । अहिले प्रतिदर्जन केराको ६० देखि एक सय २० रुपैयाँका दरले बिक्री हुने गरेको ।

 

धादिङ गजुरीका किसान केरा खेतीबाट मनग्ये आम्दानी समेत गर्छन् । दुई सय किसान केरा खेतीबाट जिविकोपार्जन गर्दै आएका छन् । परम्परागत अन्नबालीभन्दा केराखेतीमा फाइदा देखेका गजुरी आसपासका किसानले दुई सय रोपनी जग्गालाई राम्रैसँग उपयोग गरेका छन् ।

 

यहाँ एक घरी काँचो केरा चार देखि पाँच सय रुपैयाँका दरले पाइन्छ । यसरी किन्दा दर्जनको २० देखि ३० रुपैयाँ पर्न जान्छ । राजमार्गको छेउमा अहिले २५ जनाभन्दा बढीले केराको व्यापार गर्छन् । अन्य बालीको तुलनामा निकै फाइदा हुने भएकाले लामो समयदेखि केरा व्यवसायमा लागेको किसानको भनाई छ ।

 

पछिल्लो समय भारतीय केरा आयातसँगै किसानलाई निराश पारेको छ । स्वदेशी उत्पादनलाई बजार प्रवद्र्धन गर्नुपर्ने भएपनि सरकारले त्यसप्रति चासो नदिएको किसानको गुनासो छ ।

 

हुम्लामा कात्तिकमै हिमपात

हिमाली जिल्ला हुम्लामा आज बिहानबाट हिमपात शुरु भएको छ । गएका वर्षहरूमा पुस महीनाबाट हिमपात शुरु हुने गर्दथ्यो भने यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ ।

 

आइतबार बिहानबाट शुरु भएको हिमपात यो वर्षको पहिलो पटकको हिमपात हो । हिमपातसँगै हुम्लामा चिसो बढ्दै गएको छ भने तापक्रम माइनसमा झरेको छ । शनिबार दिउँसोबाट आकाशलाई बादलले ढाकेको थियो भने आइतबार बिहान ७ बजेबाट हुम्लामा हिमपात हुन थालेको हो ।

 

यो वर्ष कात्तिकमा परेको हिमपातले बालीनाली घर नभित्र्याएका कारण किसान चिन्तित बनेका छन् । कात्तिकमा परेको हिमपातले फलफूलमा समेत असर पुग्ने भएको सिमकोट निवासी कमल भण्डारीले बताए । आइतबार सिमकोटको तापक्रम माइनस ६ डिग्रीमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस
सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायबाट हुने

गण्डकी पुग्यो एमालेको समृद्धिका लागि संकल्प यात्रा

    झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म मृद्धिका लागि संकल्प यात्रा अघि बढाएको नेकपा एमाले अध्यक्ष

नेपाललाई असफल देश बनाउन खोजिएको छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थामाथि औंला ठड्याउनेविरुद्ध सबै

न्यूरोडबाट तस्करीको ८ किलो सुन बरामद

    काठमाडौंको न्यूरोडमा तस्करीको सुन गाल्ने एक कारखानामा प्रहरीले छापा मारेको छ