तपाइँलाइ थाहा नभएका ब्रुस लीबारे यस्ता छन् ११ रोचक तथ्य



 

३२ वर्षकै उमेरमा ब्रुस लीको निधन भएको थियो । तर, छोटो समयमै उनले धेरैको मन जिते । हलिउडमा चिनियाँ मार्सल आर्टस् ‘कुङ फू’ भित्र्याउने श्रेय ब्रुस लीलाई जान्छ । उनी संसारकै उत्कृष्ट मार्सल आर्टिस्टमध्ये एक हुन् ।

 

हलिउड फिल्ममा मुख्य भूमिका निभाउने पहिलो एसियन–अमेरिकनका रूपमा पनि उनी चर्चित छन् । अमेरिकाको सान फ्रान्सिस्को, चाइनाटाउनस्थित अस्पतालमा १९४० नोभेम्बर २७ मा जन्मिएका ब्रुस लीको स्थायी घर हङकङ हो । उनका बाबु पनि हङकङका चर्चित कलाकार थिए ।

 

लिट्टिल ड्रयागन –

ब्रुस लीको खास नाम ली जुन फ्यान हो । उनी ‘लिटिल ड्र्यागन’ भनेर पनि चिनिन्छन् । यसको कारण, उनी चीनको ड्र्यागन वर्ष, ड्र्यागन दिन र ड्र्यागन घन्टामै जन्मिएका थिए । यस्तो समयमा जन्मिनेहरू सफल हुने विश्वास चिनियाँ समाजमा छ ।डान्स च्याम्पियन – हाई किक, खतरनाक पन्च र छिट्टै खुट्टा चलाउन सक्ने खुबीका कारण उनी संसारकै उत्कृष्ट मार्सल आर्टिस्टहरूमध्ये एक मानिन्छन् ।

 

उनी डान्समा पनि अब्बल मानिन्थे । १९५८ मा उनले हङकङको प्रतिष्ठित चा चा डान्सिङ प्रतियोगिताको उपाधि जितेका थिए । उनको ल्याटिन डान्स निकै राम्रो थियो । यही वर्ष उनले इन्टरस्कुल बक्सिङ प्रतियोगिता पनि जितेका थिए ।

 

बालकलाकार –

उनले सानै उमेरबाट सफलताको भ-याङ चढेका थिए । त्यसैले त मृत्युको दशकौँसम्म पनि विश्वप्रसिद्ध छन् । १३ वर्षकै उमेरमा उनले मार्सल आर्टस् सुरु गरे । १८ वर्षको उमेरमा अमेरिका जानुअघि नै उनले हङकङमा २० वटा फिल्ममा अभिनय गरिसकेका थिए । पहिलोपटक क्यामेरा फेस गर्दा उनको उमेर केवल तीन महिना थियो । उनी धेरै फिल्ममा बालकलाकारका रूपमा देखिए ।

 

ठूलो सपना –

हङकङमा प्रसिद्ध भइसकेपछि ब्रुस ली १९ वर्षको उमेरमा आफ्नो जन्मथलो फर्किएका थिए । अमेरिका जाँदा उनीसँग खल्तीमा १ सय डलर मात्रै थियो । तर, अमेरिकाभर मार्सल आर्टस् स्कुल खोल्ने उनको सपना थियो । उनले आफू पुगेका सबै स्थानमा मार्सल आर्टस् स्कुल खोलेका छन् ।

 

हेयर स्टाइलिसको कमाल –

ब्रुस लीले १९५९ बाट अमेरिकामा मार्सल आर्टस् सिकाउन थालेका थिए । हलिउडका चर्चित हेयर स्टाइलिस्ट जे श्रीब्रिङसँगको भेट ब्रुस लीका लागि महत्वपूर्ण साबित भयो । १९६४ मा क्यार्लिफोनियामा भएको ‘लङ विच कराते च्याम्पियनसिप’ पहिलोपटक ब्रुस लीलाई श्रीब्रिङले देखेका थिए ।

 

उनले तत्कालीन समयका चर्चित फिल्म तथा टेलिभिजन निर्माता विलियन डोजिरसँग ब्रुस लीलाई भेटाइदिए । यसपछि ब्रुस लीले एउटा सिरियलमा पनि अभिनय गरे । उक्त सिरियल प्रसारणमा चाहिँ आएन । तर, ब्रुस ली हलिउड कलाकारहरूसँगको सम्पर्कमा पुगे । यसपछि हलिउडमा मार्सल आर्टस्को नयाँ इतिहास कोरियो ।

 

बहुआयामिक व्यक्तित्व –

ब्रुस ली ‘जितकुन्डो’ मार्सल आर्टस्का संस्थापक हुन् । परम्परागत मार्सल आर्टस्लाई नयाँ स्वरूप दिने श्रेय उनैलाई जान्छ । उनी अध्ययनशील थिए । आफ्नो पुस्तकालयमा दुई हजारभन्दा धेरै पुस्तक राखेका थिए ।

 

उनी कविता पनि लेख्ने गर्थे । उनको कविताको अंश ‘बी फर्मलेस, सेपलेस लाइक वाटर’ निकै चर्चित छ । उनी मार्सल आर्टस्को अभ्यासका दौरान दैनिक रूपमा पाँच हजार पन्च प्रहार गर्थे ।

 

गान्धी र पादरीभन्दा प्रसिद्ध –

बोस्निया–हर्जिगोभिनास्थित मोस्टार सहरमा सालिक बनाउने क्रममा एकपटक विवाद निम्तिएको थियो । केही व्यक्ति महात्मा गान्धीको सालिक बनाउने पक्षमा थिए भने कोही क्याथोलिक धर्मगुरुको शालिक बनाउने पक्षमा । यस्तोमा सबैले मिलेर ब्रुस लीको सालिक बनाउने निर्णय लिए । उनको सालिक निर्माणले एकताको सन्देश दिने स्थानीयको बुझाइ थियो ।

 

मृत्युपछि अविस्मरणीय फिल्म –

ब्रुस लीले अभिनय गरेका धेरै फिल्ममध्ये पाँच फिल्म सर्वाधिक चर्चामा रहन्छन् । १९७१ मा रिलिज भएको ‘द बिग बोस’ ले उनलाई सुपरस्टार बनाएको थियो । लगत्तै अर्को वर्ष ‘फिस्ट अफ फुरी’ र ‘वे अफ द ड्र्यागन’ रिलिज भए । ‘इन्टर द ड्र्यागन’ ब्रुस लीको निधनको ६ दिनपछि मात्रै रिलिज भएको थियो । ‘द गेम अफ डेथ’ उनको निधनको पाँच वर्षपछि मात्रै रिलिज भयो ।

 

विवाह र सन्तान –

१९६४ मा ब्रुस लीको विवाह लिन्डा इमेरीसँग भएको थियो । मार्सल आर्टस् सिकाउने क्रममा इमेरीसँग उनको भेट भएको थियो । यो जोडीका दुई सन्तान थिए । छोरा ब्रान्डन ली मार्सल आर्टिस्ट तथा कलाकार नै हुन् । १९९३ मा २८ वर्षकै उमेरमा ब्रान्डनको निधन भयो । छोरी सान्नोन ली हलिउडकी कलाकार, मार्सल आर्टिस्ट तथा व्यवसायी हुन् ।

 

ग्रेट गामाका फ्यान –

ब्रुस ली चर्चित कुस्तीबाज गुलाम मोहम्मद बक्सका ठूला फ्यान थिए । झन्डै ५० वर्षसम्म कुस्ती खेलेका बक्स सधैँ अपराजित रहे । उनले ओलम्पिक च्याम्पियन हेभिवेट बक्सर मोहम्मद अलीसँग रिङमा भिड्ने इच्छा राखेका थिए ।

 

तर, उनको इच्छा अधुरै रह्यो । सन् २०१४ मा होस्टन बक्सिङ हल अफ फेमले गरेको भोटिङमा ब्रुस ली ‘सिनेमाका सबैभन्दा उत्कृष्ट फाइटर’ ठहरिएका थिए । मतदान गर्ने व्यक्ति फाइटर वा मार्सल आर्टिस्ट थिए ।

 

प्रभावशाली व्यक्तित्व –

चर्चित टाइम म्यागेजिनले सार्वजनिक गरेको २०औँ शताब्दीका प्रभावशाली १ सय व्यक्तित्वको सूचीमा ब्रुस लीको नाम समावेश छ । ‘मोर्टल कोम्ब्याट’ का लिउ काङ, ‘स्ट्रिट फाइटर’ का फिई लङ, ‘टेक्कन’का ल लगायत भिडियो गेमका काल्पनिक पात्रहरू ब्रुस लीबाट प्रभावित भएर तयार गरिएका हुन् ।

 

लस एन्जलसस्थित चाइनाटाउनमा सन् २०१३ मा ब्रुस लीको सात फुट अग्लो सालिक अनावरण गरिएको थियो । उक्त सालिक चीनको गोन्जाओमा तयार गरेर ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको